बुडोल सामुदायिक साकोसको २६ औं वार्षिकोत्सव सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बुडोल सामुदायिक साकोसको २६ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । बनेपा नगरपालिका वडा नम्बर ६ मा मुख्य कार्यालय रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले माघ १६ गते बुधबार विविध कार्यक्रम आयोजना गरी २६ औं वार्षिकोत्सव मनाएको छ ।

संस्थाका अध्यक्ष कैलाश केसीको अध्यक्षता, राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लको प्रमुख आतिथ्यता तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाको विशिष्ट आतिथ्यतामा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका बरिष्ठ उपाध्यक्ष जिबसराज खड्का, जिल्ला सहकारी संघ काभ्रेका कोषाध्यक्ष अर्जुन सापकोटा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष सागर कपाली लगायतको उपस्थिति थियो । कार्यक्रममा संस्थाले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट बाल बचतकर्ता, संरक्षित पुँजी फिर्ता कोषबाट अधिकतम् रकम प्राप्त गर्ने ८ जना सदस्यहरुलाई र संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा नियमित रक्तदान गर्ने २ जना रक्तदाताहरुलाई सम्मान गरेको थियो । 

त्यसैगरी संस्थाले दश जोड दुई उत्तीर्ण गर्ने २६ जना, स्नातक तह उत्तीर्ण गर्ने ४ जना र स्नातकोत्तर तह उत्तीर्ण गर्ने ४ जना गरी ३४ जनाले संस्थाबाट ‘बुसा शैक्षिक सम्मान’ प्राप्त गरेका थिए । त्यसैगरी संस्थाले २० वर्षभन्दा बढी सेवा गर्ने अधिकृत इन्दिरा कार्की केसीलाई दीर्घसेवा पदक र बरिष्ठ सहायक सागर कुँबरलाई आर्थिक वर्ष ०८०र०८१ को लागि उत्कृष्ट कर्मचारी वर्ष २०८० द्वारा सम्मानित गरेको छ । 

सोही अवसरमा संस्थाले फरक क्षमता ९अपाङ्गता० भएका १५ जना सदस्यहरुलाई सहयोग उपलब्ध गराउने कार्यक्रम शुरुवातको घोषणा समेत गरेको छ । समारोहमा संस्थाले २६ वर्ष प्रवेशको अवसरमा यस अघि नै सञ्चालन गरेको विद्यालयस्तरिय हाजिरीजवाफ प्रतियोगिताका बिजेताहरुलाई समेत पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो । 

संस्था २०८१ पुष मसान्तसम्ममा संस्थामा कुल १९ हजार १०३ जना शेयर सदस्य र ७ हजार ९५६ बाल बचतकर्ताहरु गरी २७ हजार ५९ जना रहेका छन् । संस्थाको शेयर पूँजी १६ करोड ९२ लाख, कूल बचत १ अर्ब ७० करोड रुपैयाँ, लगानी १ अर्ब ३७ करोड र कुल संस्थागत पुँजी १७ करोड १ लाख रहेको छ। संस्थाको कूल सम्पत्ति २ अर्ब ११ करोड ३५ लाख पुगेको छ । साकोसले टुकुचा जागरण सेवाकेन्द्र, बनेपा जनमैत्री सेवाकेन्द्र, पाँचखाल सेवाकेन्द्र र धुलिखेल सेवा केन्द्रमार्फत सदस्यहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

३ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

४ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

४ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

७ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

८ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप