विकू साकोसद्वारा संस्थागत सिकाइ तथा विकासको नवीन थालनी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विकू साकोसद्वारा संस्थागत सिकाइ तथा विकासको नवीन थालनी

काठमाडौं । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले तनहुँ कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संस्थागत विकास तथा क्षमता अभिबृद्धिमा सहयोग गर्ने भएको छ । सहकारीहरुबीच सहकार्यको सिद्धान्तलाई व्यहारमा परिणत गर्न विकू साकोसले यो नविन कार्य थालनी गरेको हो ।

यस सम्बन्धमा आज विकू साकोसको केन्द्रीय कार्यालयमा द्धिपक्षीय सहमति भएको छ । विकू साकोसले तनँहु कालिका साकोसको नीति निर्माण, योजना तर्जुमा, सुशासन, समिति–उपसमितिको क्षमता अभिबृद्धि, संस्थागत विकास, व्यवस्थापनको व्यवसायिकता विकासका क्षेत्रमा निरन्तर सहयोग गर्ने गरी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

विकू साकोसका अध्यक्ष प्रेमप्रसाद सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यता तथा संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटासँगै संस्थाका निवर्तमान अध्यक्ष ओमप्रसाद सापकोटा, पूर्व अध्यक्ष नारायण सापकोटा, गैँडाकोट नगरपालिकाका सहकारी शाखा प्रमुख देवेन्द्र गौतम, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष विद्या कोइराला, नवलपुर जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष बद्रीनाथ नेपाल, विकूका लेखा सुपरिवेक्षण समिति संयोजक कमल सुवेदी, सहकारी समन्वय मञ्च गैँडाकोटका संयोजक बाबुराम खनालले विकू सहकारी, समग्र सहकारीको विद्यालय भएको बताउनु भएको थियो । कार्यक्रममा तनहुँ बचत तथा ऋण सहकारी संस्था लि. का समिति तथा उप समितिका पदाधिकारीहरुको उपस्थिति थियो । 

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले भन्नुभयो “विकूले जस्तो अपनत्व र अभिभावकत्व लिएर संस्थाहरु अगाडि बढे समस्या हुँदैन” । नवलपुरको विकू र तनहुँको तनहुँकालिका साकोसबीचको सहकार्यले वित्तीय अवस्थामात्र नभई दुबै स्थानको समाज, संस्कृति र भूगोलको अनुभवले पनि नयाँ रुप पाउने बताउनुभयो । सहकारीको क्षेत्रमा फरक र राम्रो अभ्यासको थालनी भएको अध्यक्ष ढकालले बताउनुभयो । विकू साकोसबाट नेफ्स्कूनले पनि धेरै कुरा सिकेर अघि बढेको समेत उहाँले बताउनुभयो ।

विकू साकोसका अध्यक्ष प्रेमप्रसाद सापकोटाले विकूले सहकारी जन्माउने मात्र काम नगरी हुर्काउने र बढाउने पनि भूमिका खेल्ने बताउनुभएको छ । साना–साना काम गरेरै नै ठुलो सफलता हासिल गर्न सकिने हुँदा अनुशासित भएर संस्थालाई अगाडी बढाउँदा सफलता र सदस्यको विश्वास जित्न सकिने उहाँको भनाइ छ ।

यस्तै, तनहुँ कालिका साकोसका अध्यक्ष माधव न्यौपानेले विकूको ख्याती, अनुभव, नयाँ पन, शुसाशन, सृजनशिलता, प्रविधि, सदस्य केन्द्रियता, जस्ता अतिनै सफल अभ्यास र प्रयोग गर्दै अगाडी बढेको नेपालकै प्रतिष्ठित र अनुकरणीय संस्था संगको सहयोग हाम्रालागि ऐतिहासिक र गौरबको विषय हो भन्नु भयो । कार्यक्रममा विकू साकोसका निवर्तमान अध्यक्ष ओमप्रसाद सापकोटा, पूर्व अध्यक्ष नारायण सापकोटा, गैँडाकोट नगरपालिकाका सहकारी शाखा प्रमुख देवेन्द्र गौतम, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष विद्या कोइराला, नवलपुर जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष बद्रीनाथ नेपाल, विकूका लेखा सुपरिवेक्षण समिति संयोजक कमल सुवेदी, सहकारी समन्वय मञ्च गैँडाकोटका संयोजक बाबुराम खनालले विकू सहकारी, समग्र सहकारीको विद्यालय भएको बताउनुभएको थिए ।

विकूले सहकारीलाई फरक र अनुशासित माध्यम सँगै नीति, बिधि र पद्धतिबाट अगाडी बढ्न सिकाएको र सबै सहकारी यही अभ्यासबाट अघि बढ्न सके सदस्यको विश्वास जित्न सक्ने उहाँहरुको धारणा छ । सरोकारवालाहरुले विकू सहकारीको पाठशाला मात्र नभएर नियामक निकायको पनि पाठशाला जस्तै बनेको बताउनुभएको थियो ।

विकू साकोसका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले नेफ्स्कूनद्धारा सञ्चालित सदस्य सेवा तथा गुणस्तरको सुनिश्चितता कार्यक्रममा संलग्न भई अन्तर्राष्ट्रिय ब्राण्ड प्राप्त गरेका संस्थाहरुले आफ्नो असल अभ्यास मार्फत अन्य संस्थाको संस्थागत विकासमा सहयोग गर्नु पर्ने अवधारण अनुसार शुरुवाती कार्यको अगुवाई विकू बचत तथा ऋण सहकारी संस्था लि.ले गरेको दाबी गर्नुभयो । 

संस्थाका सचिव गोविन्द कँडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सहजीकरण प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलले गर्नुभएको थियो ।
 
भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

१० घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न
श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

१ दिन अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१३ दिन अगाडि

पाठकबाट थप