विकू साकोसद्वारा संस्थागत सिकाइ तथा विकासको नवीन थालनी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विकू साकोसद्वारा संस्थागत सिकाइ तथा विकासको नवीन थालनी

काठमाडौं । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले तनहुँ कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संस्थागत विकास तथा क्षमता अभिबृद्धिमा सहयोग गर्ने भएको छ । सहकारीहरुबीच सहकार्यको सिद्धान्तलाई व्यहारमा परिणत गर्न विकू साकोसले यो नविन कार्य थालनी गरेको हो ।

यस सम्बन्धमा आज विकू साकोसको केन्द्रीय कार्यालयमा द्धिपक्षीय सहमति भएको छ । विकू साकोसले तनँहु कालिका साकोसको नीति निर्माण, योजना तर्जुमा, सुशासन, समिति–उपसमितिको क्षमता अभिबृद्धि, संस्थागत विकास, व्यवस्थापनको व्यवसायिकता विकासका क्षेत्रमा निरन्तर सहयोग गर्ने गरी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

विकू साकोसका अध्यक्ष प्रेमप्रसाद सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यता तथा संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटासँगै संस्थाका निवर्तमान अध्यक्ष ओमप्रसाद सापकोटा, पूर्व अध्यक्ष नारायण सापकोटा, गैँडाकोट नगरपालिकाका सहकारी शाखा प्रमुख देवेन्द्र गौतम, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष विद्या कोइराला, नवलपुर जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष बद्रीनाथ नेपाल, विकूका लेखा सुपरिवेक्षण समिति संयोजक कमल सुवेदी, सहकारी समन्वय मञ्च गैँडाकोटका संयोजक बाबुराम खनालले विकू सहकारी, समग्र सहकारीको विद्यालय भएको बताउनु भएको थियो । कार्यक्रममा तनहुँ बचत तथा ऋण सहकारी संस्था लि. का समिति तथा उप समितिका पदाधिकारीहरुको उपस्थिति थियो । 

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले भन्नुभयो “विकूले जस्तो अपनत्व र अभिभावकत्व लिएर संस्थाहरु अगाडि बढे समस्या हुँदैन” । नवलपुरको विकू र तनहुँको तनहुँकालिका साकोसबीचको सहकार्यले वित्तीय अवस्थामात्र नभई दुबै स्थानको समाज, संस्कृति र भूगोलको अनुभवले पनि नयाँ रुप पाउने बताउनुभयो । सहकारीको क्षेत्रमा फरक र राम्रो अभ्यासको थालनी भएको अध्यक्ष ढकालले बताउनुभयो । विकू साकोसबाट नेफ्स्कूनले पनि धेरै कुरा सिकेर अघि बढेको समेत उहाँले बताउनुभयो ।

विकू साकोसका अध्यक्ष प्रेमप्रसाद सापकोटाले विकूले सहकारी जन्माउने मात्र काम नगरी हुर्काउने र बढाउने पनि भूमिका खेल्ने बताउनुभएको छ । साना–साना काम गरेरै नै ठुलो सफलता हासिल गर्न सकिने हुँदा अनुशासित भएर संस्थालाई अगाडी बढाउँदा सफलता र सदस्यको विश्वास जित्न सकिने उहाँको भनाइ छ ।

यस्तै, तनहुँ कालिका साकोसका अध्यक्ष माधव न्यौपानेले विकूको ख्याती, अनुभव, नयाँ पन, शुसाशन, सृजनशिलता, प्रविधि, सदस्य केन्द्रियता, जस्ता अतिनै सफल अभ्यास र प्रयोग गर्दै अगाडी बढेको नेपालकै प्रतिष्ठित र अनुकरणीय संस्था संगको सहयोग हाम्रालागि ऐतिहासिक र गौरबको विषय हो भन्नु भयो । कार्यक्रममा विकू साकोसका निवर्तमान अध्यक्ष ओमप्रसाद सापकोटा, पूर्व अध्यक्ष नारायण सापकोटा, गैँडाकोट नगरपालिकाका सहकारी शाखा प्रमुख देवेन्द्र गौतम, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष विद्या कोइराला, नवलपुर जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष बद्रीनाथ नेपाल, विकूका लेखा सुपरिवेक्षण समिति संयोजक कमल सुवेदी, सहकारी समन्वय मञ्च गैँडाकोटका संयोजक बाबुराम खनालले विकू सहकारी, समग्र सहकारीको विद्यालय भएको बताउनुभएको थिए ।

विकूले सहकारीलाई फरक र अनुशासित माध्यम सँगै नीति, बिधि र पद्धतिबाट अगाडी बढ्न सिकाएको र सबै सहकारी यही अभ्यासबाट अघि बढ्न सके सदस्यको विश्वास जित्न सक्ने उहाँहरुको धारणा छ । सरोकारवालाहरुले विकू सहकारीको पाठशाला मात्र नभएर नियामक निकायको पनि पाठशाला जस्तै बनेको बताउनुभएको थियो ।

विकू साकोसका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले नेफ्स्कूनद्धारा सञ्चालित सदस्य सेवा तथा गुणस्तरको सुनिश्चितता कार्यक्रममा संलग्न भई अन्तर्राष्ट्रिय ब्राण्ड प्राप्त गरेका संस्थाहरुले आफ्नो असल अभ्यास मार्फत अन्य संस्थाको संस्थागत विकासमा सहयोग गर्नु पर्ने अवधारण अनुसार शुरुवाती कार्यको अगुवाई विकू बचत तथा ऋण सहकारी संस्था लि.ले गरेको दाबी गर्नुभयो । 

संस्थाका सचिव गोविन्द कँडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सहजीकरण प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलले गर्नुभएको थियो ।
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१९ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४१ दिन अगाडि

पाठकबाट थप