बागमती प्रदेशको दोस्रो ‘पाम’ कार्यशाला चितवनमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बागमती प्रदेशको दोस्रो ‘पाम’ कार्यशाला चितवनमा सम्पन्न

काठमाडौं । प्रोवेसन बागमती प्रदेश समूह (क्लष्टर) को दोस्रो कार्यकुशलता तथा सिकाइ व्यवस्थापन (पाम) कार्यशाला चैत्र ११ गते चितवनको भरतपुरमा सम्पन्न भएको छ । अन्तरक्रियात्मक मोडलमा सञ्चालित ‘पाम’ कार्यशालामा २५ बचत तथा ऋण  सहकारी संस्थाबाट अध्यक्ष, पदाधिकारी, कार्यदलका संयोजक र व्यवस्थापक गरि ४८ जनाको सहभागिता थियो ।

कार्यक्रमको अध्यक्षता नेपाल बचत तथा ऋण केन्द्रीय सहकरी संघ लि.(नेफ्स्कून) की उपाध्यक्ष शान्ति अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा संघका सञ्चालक गोपाल प्रसाद गौतम, प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, बरिष्ठ कार्यक्रम अधिकृत भरत न्यौपाने लगायत संघका कर्मचारीहरुको उपस्थिति थियो । 

कार्यक्रम उद्घाटन सत्रलाई सम्बोधन गर्दै संघका उपाध्यक्ष शान्ति अधिकारीले दिगो वित्तीय सेवा र संस्थागत सुशासन कायम गर्न नेफ्स्कूनद्वारा प्रवर्द्धित प्रोबेशन कार्यक्रम बहुउपयोगी रहेको बताउनुभयो । उहाँले बचत तथा ऋण सहकारी अभियानमा कहि कतैबाट प्रश्न चिन्ह खडा नहुने गरि काम गर्न अनुरोध गर्दै साकोस र साकोसबिच तथा साकोस र नेफ्स्कूनबिचको सामुहिक ऐक्यबद्धता कायम गरेर अगाडि बड्न सहभागीहरुलाई अनुरोध गर्नुभयो । सहकारी क्षेत्रमा अहिलेको समय  भनेको संस्था सुरक्षित राख्ने र दिगो संस्था निर्माण गर्ने समय हो, हामीले सदस्य जागरणका कार्यक्रमहरु, वित्तीय साक्षरता कक्षाहरु सञ्चालन गर्ने र सदस्य क्रियाशिलतामा निरन्तरता ल्याउने खालका कामहरु गर्नुपर्छ, उहाँले भन्नुभयो । 

नेफ्स्कूनका सञ्चालक गोपाल प्रसाद गौतमले कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्दै प्रोवेसन कार्यक्रमले संस्थालाई दिगो र संस्थागत सुशासन कायम गर्न सहयोग पुर्याएको जानकारी गराउँदै कार्यशालमा तोकिएका जिम्मेवारीहरु पूर्ण रुपमा कार्यान्वयन गरेर अगाडि बड्न सहभागी साकोसकर्मीहरुलाई अनुरोध गर्नुभयो । 

संघका प्रमुख कार्यकारी अधिकृत डा.शिबजी सापकोटाले ‘पाम’ कार्यशालाको उद्देश्य र मोडालिटीमा गरिएको परिवर्तनबारे जानकारी गराउँदै दिगो साकोस सञ्चालनको मार्गचित्र सम्बन्धमा सहजीकरण गर्नुभएको थियो । संघका बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपानेले पर्ल्सका मुख्य बिषयहरुमा छलफल सहित समसामयिक बिषयहरुको प्रस्तुतीकरण गर्नुभएको थियो भने कार्यक्रम अधिकृत बिनोद ढकालले पर्ल्सका सूचकहरु सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रमका सहभागीहरुले ‘पाम’ कार्यशालाले जिम्मेवारी कार्यान्वयनमा थप उर्जा सञ्चार गरेको प्रतिक्रिया व्यक्त गर्नुभएको थियो । 

यस कार्यक्रममा संघको चितवन सदस्य सेवा  व्यवस्थापन उपसमितिका सदस्यहरु, २५ वटा साकोसवाट ४८ जना र संघको कर्मचारी सहित ५५ जनाको सहभागीता रहेको छ । 

कार्यक्रमको सञ्चालन संघका कार्यक्रम अधिकृत बिनोद ढकालले गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनक चितवन सदस्य सेवा कार्यालयका ईन्चार्ज यमकला सुबेदी, बरिष्ठ व्यवसाय सहायक गणेश ढकाल पनि सहभागी हुनुहुन्थ्यो ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

४ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

९ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप