दौतरीबलिया सहकारीले मनायो १७औं वार्षिकोत्सव
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दौतरीबलिया सहकारीले मनायो १७औं वार्षिकोत्सव

सुन्दरहैंचा । मोरङको सुन्दरहरैँचा–४ मा रहेको दौतरी बलिया बचत तथा ऋण सहकारी संस्था लि.को १७ औँ वार्षिक उत्सव कार्यक्रम चैत्र १० गते सम्पन्न भएको छ । 

सहकारी संस्थाका अध्यक्ष उमेश वस्तीको सभाअध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन आर्थिक मामिला तथा योजना मन्त्रालय कोशी प्रदेश मन्त्री रामबहादुर मगरले गर्नुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथिमा सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुरागाई, नेफ्स्कूनका सञ्चालक लक्ष्मी सापकोटा र अन्य अतिथिहरुमा विभिन्न सहकारी संस्थाका अध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र नागरिक समाजका प्रतिनिधिहरु साथै सेयर सदस्यहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री थापाले सहकारीको लगानी उत्पादनशिल क्षेत्रमा जोडिनुपर्ने बताउनुभयो । संस्थाले उत्पादन गरेका वस्तु खरिद विक्रिका लागि बजार व्वस्थापनमा जोडिएर सहकारीका सदस्यहरुलाई आयमुलक व्यवसाय सृजना गर्न सहकारी लाग्नुपर्नेमा उहाँको जोड थियो । 

सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाईले सहकारी सामुहिक विकासको घर हो, यसले सामुहिक उत्पादन प्रणालीमा जोड दिएर नेपालले आत्मनिर्भर अर्थतन्त्र विकास गर्न टेवा पुर्याउन सक्ने बताउनुभयो । 

कार्यक्रममा अन्य सहभागी वक्ताहरुले सहकारीको १७औँ वार्षिक उत्सव सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित जनसमुदायहरुलाई स्वागत मन्तव्यद्वारा स्वागत सम्बोधन संस्थाकी उपाध्यक्ष मञ्जु बस्नेतले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव सीता भट्टराई कडरियाले गर्नुभएको थियो । साकोसका अध्यक्ष उमेश वस्तीले संस्थाका बारेमा संक्षिप्त परिचय गराउनुभएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिक सम्मान तथा पुरस्कार वितरण साथै विभिन्न शीर्षक अन्तरगत पुरस्कार वितरण तथा सम्मान गरिएको थियो । 

कार्यक्रममा संस्थाको सामाजिक कार्य अन्तर्गत मिलिजुली परिवारलाई १५ थान कुर्सी हस्तान्तरण गरिएको थियो । बार्षिकउत्सव समारोहलाई मनोरजनात्मक बनाउन राष्ट्रिय लोक गायक महेश बुढाथोकीले गीत मार्फत सदस्यहरुलाई भरपुर सांगितीक मनोरञ्जन प्रदान गर्नुभएको थियो । 

२०६३ सालमा स्थापना भई दिगो वित्तीय सेवा र संस्थागत सुशासनलाई मुख्य प्राथमिकतामा राख्दै अगाडि बढेको साकोसमा हाल १ हजार १ सय ३९ महिला सदस्य, ७ सय २ पुरुष सदस्य र २ सय ४४ बाल बचत कर्ता सदस्यहरु आबद्ध छन् ।  कुल सम्पत्ती २५ करोड ९ लाख १४ हजार ८ सय ३८ रहेको संस्थाको शेयर पुँजी ३ करोड १८ लाख ७३ हजार ९ सय पुगेको छ । कुल बचत १७ करोड ६८ लाख ३२ हजार ९६ रुपैंया रहेको सहकारीले सदस्यहरुमा १९ करोड ५६ लाख ९२ हजार ४ सय ४ ऋण लगानी गरेको छ।

भर्खरै
घण्टीमाइ साकोस बाराको स्थलगत सुपरिवेक्षण सम्पन्न
घण्टीमाइ साकोस बाराको स्थलगत सुपरिवेक्षण सम्पन्न

८ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत द गोर्खाज  साकोसको स्थलगत सुपरिवेक्षण
स्क्यान कार्यक्रम अन्तर्गत द गोर्खाज  साकोसको स्थलगत सुपरिवेक्षण

८ घण्टा अगाडि

सूर्यदर्शन साकोस झापाको स्थलगत सुपरिवेक्षण सम्पन्न
सूर्यदर्शन साकोस झापाको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ घण्टा अगाडि

चुरेसंरक्षण महिला सहकारीमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
चुरेसंरक्षण महिला सहकारीमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

९ घण्टा अगाडि

शेयर सदस्यहरुका लागि सहकारी शिक्षा तालिम मार्फत सुन्दर अमरगढी साकोसले मनायो चौथो वार्षिक साधारण सभा
शेयर सदस्यहरुका लागि सहकारी शिक्षा तालिम मार्फत सुन्दर अमरगढी साकोसले मनायो चौथो वार्षिक साधारण सभा

१ दिन अगाडि

संगम साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण
संगम साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण

१ दिन अगाडि

बारा  स्थित सप्तरंगी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
बारा  स्थित सप्तरंगी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

सिमरा महिला साकोस बाराको स्थलगत सुपरिवेक्षण सम्पन्न
सिमरा महिला साकोस बाराको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
सूर्यदर्शन साकोस झापाको स्थलगत सुपरिवेक्षण सम्पन्न
सूर्यदर्शन साकोस झापाको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ घण्टा अगाडि

चुरेसंरक्षण महिला सहकारीमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
चुरेसंरक्षण महिला सहकारीमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

९ घण्टा अगाडि

घण्टीमाइ साकोस बाराको स्थलगत सुपरिवेक्षण सम्पन्न
घण्टीमाइ साकोस बाराको स्थलगत सुपरिवेक्षण सम्पन्न

८ घण्टा अगाडि

नयाँ दिल्लीमा Co–op कुम्भ २०२५ अन्तर्राष्ट्रिय सम्मेलन, नेपालका नेफ्स्कून अध्यक्ष चन्द्रप्रसाद ढकालको सहभागिता
नयाँ दिल्लीमा Co–op कुम्भ २०२५ अन्तर्राष्ट्रिय सम्मेलन, नेपालका नेफ्स्कून अध्यक्ष चन्द्रप्रसाद ढकालक...

४ दिन अगाडि

सहकारीमा योग्यता तथा उपयुक्तता परीक्षण सम्बन्धि तालिम सम्पन्न
सहकारीमा योग्यता तथा उपयुक्तता परीक्षण सम्बन्धि तालिम सम्पन्न

२ दिन अगाडि

प्रोवेसन कार्यक्रम अन्तर्गत गौरीशंकर साकोसको स्थलगत सुपरिवेक्षण...
प्रोवेसन कार्यक्रम अन्तर्गत गौरीशंकर साकोसको स्थलगत सुपरिवेक्षण...

३१ दिन अगाडि

एक्सेस कार्यक्रम अन्तर्गत जनकल्याण साकोसको स्थलगत सुपरिवेक्षण
एक्सेस कार्यक्रम अन्तर्गत जनकल्याण साकोसको स्थलगत सुपरिवेक्षण

३६ दिन अगाडि

विकू साकोसद्धारा स्कुलमा देउसी भैलो कार्यक्रम...
विकू साकोसद्धारा स्कुलमा देउसी भैलो कार्यक्रम...

२८ दिन अगाडि

पाठकबाट थप