दौतरीबलिया सहकारीले मनायो १७औं वार्षिकोत्सव
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दौतरीबलिया सहकारीले मनायो १७औं वार्षिकोत्सव

सुन्दरहैंचा । मोरङको सुन्दरहरैँचा–४ मा रहेको दौतरी बलिया बचत तथा ऋण सहकारी संस्था लि.को १७ औँ वार्षिक उत्सव कार्यक्रम चैत्र १० गते सम्पन्न भएको छ । 

सहकारी संस्थाका अध्यक्ष उमेश वस्तीको सभाअध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन आर्थिक मामिला तथा योजना मन्त्रालय कोशी प्रदेश मन्त्री रामबहादुर मगरले गर्नुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथिमा सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुरागाई, नेफ्स्कूनका सञ्चालक लक्ष्मी सापकोटा र अन्य अतिथिहरुमा विभिन्न सहकारी संस्थाका अध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र नागरिक समाजका प्रतिनिधिहरु साथै सेयर सदस्यहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री थापाले सहकारीको लगानी उत्पादनशिल क्षेत्रमा जोडिनुपर्ने बताउनुभयो । संस्थाले उत्पादन गरेका वस्तु खरिद विक्रिका लागि बजार व्वस्थापनमा जोडिएर सहकारीका सदस्यहरुलाई आयमुलक व्यवसाय सृजना गर्न सहकारी लाग्नुपर्नेमा उहाँको जोड थियो । 

सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाईले सहकारी सामुहिक विकासको घर हो, यसले सामुहिक उत्पादन प्रणालीमा जोड दिएर नेपालले आत्मनिर्भर अर्थतन्त्र विकास गर्न टेवा पुर्याउन सक्ने बताउनुभयो । 

कार्यक्रममा अन्य सहभागी वक्ताहरुले सहकारीको १७औँ वार्षिक उत्सव सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित जनसमुदायहरुलाई स्वागत मन्तव्यद्वारा स्वागत सम्बोधन संस्थाकी उपाध्यक्ष मञ्जु बस्नेतले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव सीता भट्टराई कडरियाले गर्नुभएको थियो । साकोसका अध्यक्ष उमेश वस्तीले संस्थाका बारेमा संक्षिप्त परिचय गराउनुभएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिक सम्मान तथा पुरस्कार वितरण साथै विभिन्न शीर्षक अन्तरगत पुरस्कार वितरण तथा सम्मान गरिएको थियो । 

कार्यक्रममा संस्थाको सामाजिक कार्य अन्तर्गत मिलिजुली परिवारलाई १५ थान कुर्सी हस्तान्तरण गरिएको थियो । बार्षिकउत्सव समारोहलाई मनोरजनात्मक बनाउन राष्ट्रिय लोक गायक महेश बुढाथोकीले गीत मार्फत सदस्यहरुलाई भरपुर सांगितीक मनोरञ्जन प्रदान गर्नुभएको थियो । 

२०६३ सालमा स्थापना भई दिगो वित्तीय सेवा र संस्थागत सुशासनलाई मुख्य प्राथमिकतामा राख्दै अगाडि बढेको साकोसमा हाल १ हजार १ सय ३९ महिला सदस्य, ७ सय २ पुरुष सदस्य र २ सय ४४ बाल बचत कर्ता सदस्यहरु आबद्ध छन् ।  कुल सम्पत्ती २५ करोड ९ लाख १४ हजार ८ सय ३८ रहेको संस्थाको शेयर पुँजी ३ करोड १८ लाख ७३ हजार ९ सय पुगेको छ । कुल बचत १७ करोड ६८ लाख ३२ हजार ९६ रुपैंया रहेको सहकारीले सदस्यहरुमा १९ करोड ५६ लाख ९२ हजार ४ सय ४ ऋण लगानी गरेको छ।

ृ

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप