ग्लोवल मनी विक २०२५ :  साकोसका वित्तीय शिक्षा तथा सदस्य अन्तरक्रिया कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ग्लोवल मनी विक २०२५ :  साकोसका वित्तीय शिक्षा तथा सदस्य अन्तरक्रिया कार्यक्रम

काठमाडौं । थानकोटस्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ग्लोवल मनी विक २०२५, को सप्ताहव्यापी कार्यक्रम मनाउने सन्दर्भमा सदस्यहरुका लागि वित्तीय शिक्षा तथा सदस्य अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्यो । त्यसैगरि पोखराको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.ले पनि विविध कार्यक्रम सहित युवा लक्षित वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरेको थियो ।

विशेष गरि नेपालका बचत तथा ऋण सहकारी संस्थाहरु लगायत नेफ्स्कूनले पनि सप्ताहव्यापी वित्तीय साक्षरता र बचत खेल (SAVINGS GAME) तालिम कक्षाहरु सञ्चालन गरेको थियो । नेफ्स्कूनले मार्च १७ देखि २३ सम्म बचत संघमा आबद्ध सदस्यहरुलाई वित्तीय निर्णय लिँदा तथा वित्त सम्बन्धी हरेक क्रियाकलापमा विश्वसनीय स्रोतको पहिचान गरि सोचविचार गरेर मात्र निर्णय लिन आव्हान सहित बचतका ७ सिद्धान्तहरुबारे हरेक दिन एक एक वटा सूचना आधिकारिक फेसबुक पेजमार्फत प्रकाशन गरेको थियो भने विभिन्न जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थामा पुगेर बचत खेल तालिम सञ्चालन गरेको थियो । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभागले पनि बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ Organization for Economic Cooperation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि शुरु भएको ग्लोबल मनी विक मनाउन सम्बन्धित सरोकारवालाहरुलाई आव्हान गर्दै कार्यक्रमका फोटो सहितका विवरणहर उपलब्ध गराउन अनुरोध गरेको थियो । 

त्यसैगरि काभ्रेपलाञ्चोकको विन्धबासिनी बचत तथा ऋण सहकारी संस्था लि., काभ्रेपलाञ्चोकको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि., बर्दियाको सिको बचत तथा ऋण सहकारी संस्था लि., रुपन्देहीको कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था लि., नवलपरासीको तिलकपुर महिला बचत तथा ऋण सहकारी संस्था लि., नवलपरासीको किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुनसरीको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि., रौतहटको श्री विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. लगायत संघमा आबद्ध अधिकांश बचत तथा ऋण सहकारी संस्थाहरुले वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरेका थिए ।  

'Think before you follow, wise money tomorrow' भन्ने थिमका साथ ‘ग्लोबल मनी विक – २०२५’ मार्च १७ देखि २३ सम्म प्रारम्भ भएको थियो । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो तेह्रौं संस्करण हो । यो अवधिमा विश्वभर खासगरी बालबालिका तथा युवाहरुमा सचेतनामुलक कार्यक्रमहरुमार्फत वित्तीय सचेतना अभिवृद्धि तथा वित्तीय जागरण ल्याउने अभियानका साथ विविध किसिमका चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न आव्हान गरिएको थियो । सो अनुरुप नै नेपाल राष्ट्र बैंक लगायत विभिन्न वित्तीय संघ, संस्था र निकायहरुले वित्तीय सचेतना अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गरेका थिए । 

वित्तीय व्यवस्थापनका विविध पाटोमा खासगरी बालबालिका र युवाहरुलाई सचेतनामूलक कार्यक्रमहरुमार्फत ग्लोवल मनी विक  अभियानले जागरण पैदा गराउने काम गर्दै आएको छ । 

प्रविधिको द्रुत विकाससँगै बाईप्रडक्टका रुपमा भित्रिएका इन्टरनेटसँग सम्बन्धित पैसाको जोखिमहरु न्यूनीकरणका लागि पनि यो अभियान प्रभावकारी रुपमा सञ्चालन हुँदै आएको छ ।

भर्खरै
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

२२ घण्टा अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

१ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

२ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस मधेश प्रदेश जनकपुरमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस मधेश प्रदेश जनकपुरमा सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कर्णाली प्रदेश सुर्खेतमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कर्णाली प्रदेश सुर्खेतमा सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस लुम्बिनी प्रदेश दाङमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस लुम्बिनी प्रदेश दाङमा सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

२२ घण्टा अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

२ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

५ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२१ दिन अगाडि

सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१० दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१२ दिन अगाडि

नेफ्स्कूनद्वारा प्रभात महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा प्रभात महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१३ दिन अगाडि

पाठकबाट थप