सहकारीको स्वनियमनलाई थप व्यवस्थित गर्न सहकारीसम्बन्धी विधेयकः मन्त्री अधिकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको स्वनियमनलाई थप व्यवस्थित गर्न सहकारीसम्बन्धी विधेयकः मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीमा देखिएका समस्याहरुको तत्काल समाधान गर्नको लागि सहकारीसम्बन्धी प्रतिस्थापन विधेयक ल्याइएको बताउनुभएको छ । 

राष्ट्रिय सभाको आइतबारको बैठकमा मन्त्री अधिकारीले २०७४ मा बनेको सहकारी ऐनमा स्वनियमन संस्था हुँदाहुँदै पनि अनियमितता भएको उल्लेख गर्दै त्यसलाई व्यवस्थित गर्नको लागि विधेयक ल्याइएको बताउनुभएको हो । बैठकमा मन्त्री अधिकारीले प्रस्तुत गरेको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको थियो । उक्त प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सहकारीमन्त्री अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उद्देश्यका साथ विधेयक ल्याइएको स्पष्ट पार्नुभएको हो । 

उहाँले सहकारी ऐनमा रहेको त्रुटि र सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिले दिएको निर्देशन, सहकारी पीडितसँग सरकारले समय समयमा गरेको सहमति, सहकारीका विभिन्न निकायले दिएको सुझाव र सहकारीसम्बन्धी अन्तर्राष्ट्रिय मूल्यमान्यताको अधारमा विधेयक अघि सारिएको बताउनुभयो । 

‘स्वनियमनलाई अझै व्यवस्थित बनाउनुपर्छ भनेर उतिबेलैदेखि आवाज आएको र नियमन प्राधिकरण गठन गर्नुपर्छ भन्ने आवाज समेत आएको हुनाले यो विधेयक अघि सारिएको हो, उहाँले भन्नुभयो । सहकारी ऐनमा रहेको त्रुटि र सहकारीसम्बन्धी संसदीय विषेश छानविन समितिले दिएको निर्देशन, सहकारी पीडितहरुसँग सरकारले समय समयमा गरेको सहमति, सहकारीका विभिन्न निकायले दिएको सुझाव र सहकारीसम्बन्धी अन्तर्राष्ट्रिय मुल्यमान्यताको आधारमा समस्याको तत्काल समाधान खोज्नुपर्छ भनेर यो विधेयक ल्याइएको हो,’ मन्त्री अधिकारीले बताउनुभयो ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप