ग्लोबन मनी विक २०२५ : युवासँग बुसा कार्यक्रम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ग्लोबन मनी विक २०२५ : युवासँग बुसा कार्यक्रम 

'Think before you follow, wise money tomorrow' "अनुसरण गर्नुअघि सोचौं, भोलिका लागि समझदारीपूर्ण वित्तीय निर्णय गरौं" भन्ने थिमका साथ काभ्रेको बनेपा-बुडोलमा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले विद्यालय तहमा युवासँग बुसा कार्यक्रम गरि सप्ताहव्यापी ‘ग्लोबल मनी विक – २०२५’ मनाएको छ । 

विभिन्न विद्यालयमा अध्ययनरत बालबालिका र युवाहरुलाई लक्षित गरी संस्थाले चैत्र ४ गतेदेखि १० गतेसम्म सञ्चालन गरेको विद्यालयमा बुसा कार्यक्रम मार्फत ३३१ जनालाई वित्तीय सारक्षता प्रदान गरेको हो । कार्यक्रममार्फत बालबालिका, किशोरकिशोरीहरू र युवाहरूलाई संस्थाले श्रव्य दृश्य सामग्रीको प्रस्तुतीमार्फत वित्तीय बजार, वित्तीय संस्था र यसका प्रकारहरु, बचतको महत्व, पैसाको प्रयोग, ऋणको परिचय, व्यक्तिगत बजेट निर्माण, सहकारीको परिचय, जंक फुडको प्रयोग र यसले पार्ने नकारात्मक असर लगायतका विषयमा प्रशिक्षण गराएको थियो ।

संस्थाको व्यवस्थापनमा सञ्चालित कार्यक्रममा श्री पूर्ण सञ्जिवनी लंखनामाई धुलिखेलको कक्षा ११ र १२ मा अध्ययनरत ३६ जना, ए.बि.एम स्कुल बनेपाको कक्षा ११ मा अध्ययनरत ६५ जना, प्रगति प्रभात स्कुल बनेपाको कक्षा ११ मा अध्ययनरत ५६ जना, सिद्धार्थ मा.वि. बनेपाको कक्षा ११ मा अध्ययनरत ५१ जना, श्री पञ्चकन्या आधारभूत विद्यालय धुलिखेलको कक्षा ६, ७ र ८ मा अध्ययनरत ४५ जना, निस्ट स्कूल बनेपाको कक्षा ११ मा अध्ययनरत ५० जना र संस्थाको मुख्य कार्यालयको सभाहलमा २८ जना युवाहरुमाझ गरेको कार्यक्रमबाट समेत गरी जम्मा ३३१ जना विद्यार्थीहरुको सक्रिय सहभागिता जनाएका थिए । कार्यक्रमपश्चात पृष्ठपोषण लिने क्रममा विद्यालयहरुबाट संस्थाले निकै व्यवहारिक शिक्षाको माध्यमबाट विद्यार्थीहरुलाई पैसाको व्यवस्थापन गर्न सिकाएको हुँदा कार्यक्रम निकै प्रभावकारी भएको र आगामी दिनहरुमा पनि यस्तो कार्यक्रमहरुको अपेक्षा रहेको भनी बताएका थिए ।

बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ आर्थिक सहयोग र विकास संगठनको संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक (Global Money Week-GMW) विश्वभर मनाउने गरिएको छ । यसै सन्दर्भ पारेर बुडोल सामुदायिक साकोसले वित्तीय सारक्षता सम्बन्धी विभिन्न कार्यक्रम गर्दै हरेक वर्ष ग्लोबल मनी विक मनाउँदै आएको छ ।

मार्च १७ देखि २३ सम्म विश्वाव्यापी रुपमा मनाईएको ग्लोबल मनी विकको यो तह्रौं संस्करण हो । यो अवधिमा विश्वभर खासगरी बालबालिका तथा युवाहरुमा सचेतनामुलक कार्यक्रमहरुमार्फत वित्तीय सचेतना अभिवृद्धि तथा वित्तीय जागरण ल्याउने अभियानका साथ विविध किसिमका चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न आव्हान गरिएको थियो । सो अवधिमा संघमा आबद्ध अधिकांश बचत तथा ऋण सहकारी संस्थाहरुले सदस्यहरुमा वित्तीय सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेका थिए ।  

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप