राष्ट्र बैंकद्वारा जारी निर्देशन सम्बन्धमा मन्त्री र प्राधिकरणका सदस्यसँग नेफ्स्कूनको छुट्टाछुट्टैै भेट 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राष्ट्र बैंकद्वारा जारी निर्देशन सम्बन्धमा मन्त्री र प्राधिकरणका सदस्यसँग नेफ्स्कूनको छुट्टाछुट्टैै भेट 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले नेपाल राष्ट्र बैंकद्वारा जारी नयाँ निर्देशन तथा मापदण्डमा उल्लेखित संघहरुको तरलता गणनाको विषय सम्बन्धमा आज मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा प्राधिकरणका प्रतिनिधिहरुसँग छुट्टाछुट्टैै भेट गरेको छ । नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सदस्य गुरुप्रसाद पौडेल, सहकारी मन्त्रालयका सहसचिव एवं प्राधिकरणका सदस्य मदन कोइराला र प्राधिकरणका सचिव रविन ढकाललाई कार्यकारी निर्देशक पौडेलको कार्यकक्षमा भेट गरि संघहरुको वित्तीय कारोबार सहजीकरणका सम्बन्धमा छलफल गर्नुभएको हो । 

छलफलका क्रममा प्राधिकरणका दुवै सदस्यहरुले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनलाई प्राधिकरण मार्फत सहकारीको मर्म र भावना अनुरुप थप व्याख्या सहित पुनः जारी गर्न सकिने साथै नेपाल राष्ट्र बैंकको आगामी निर्देशनमा उक्त विषयलाई समावेश गरी सहकारी क्षेत्रको हित हुनेगरी गृहकार्य गर्न समेत बैंकको तर्फबाट आफुहरु तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको संघका सिइओ सापकोटाले साकोस आवाजलाई जानकारी गराउनुभयो । 

त्यस्तै आजै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई भेटी जारी निर्देशनले बचत तथा ऋण सहकारी क्षेत्र विशेष गरी संघहरुमा आवद्धता, आर्थिक कारोबार र तरलताको विषयलाई अत्यन्त जटिल बनाएको र त्यस तर्फ नीतिगत निकास दिई नेपालको समग्र बचत तथा ऋण सहकारी अभियानलाई जोगाउन संघका अध्यक्ष ढकालले अनुरोध गर्नुभएको थियो । भेटका क्रममा मन्त्री अधिकारीले सहकारी नियमन प्राधिकरण मार्फत संघहरुको वित्तीय कारोबारका सम्बन्धमा उपयुक्त निकास निकालिने विषयमा आश्वस्त पार्नुभएको संघका सिइओ सापकोटाले जानकारी गराउनु भयो ।

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले चैत्र ४ गते गरेको निर्णय अनुसार चैत्र २१ गते बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूका लागि निर्देशन तथा मापदण्ड, २०८१ जारी गरेसँगै सहकारी क्षेत्रमा द्विविधा उत्पन्न भएको छ । यसै विषयलाई लिएर नेफ्स्कूनले संघहरुको वित्तीय कारोबार सहजीकरणका लागि सरोकारवाला निकायहरुसँग निरन्तर वहश पैरवी गरिरहेको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप