नेफ्स्कूनको आयोजनामा चितवनमा सहकारीका समसामयिक विषयमा अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको आयोजनामा चितवनमा सहकारीका समसामयिक विषयमा अन्तरक्रिया

भरतपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले सोमबार चितवनको भरतपुरमा सहकारीका समसामयिक विषयकेन्द्रित अन्तरक्रिया गरेको छ । अन्तरक्रिया कार्यक्रममा चितवन र नवलपरासी जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट ४७ जना व्यवस्थापन प्रमुखहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा संघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, सञ्चालक गोपाल प्रसाद गौतम, प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा सहित कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

नेफ्स्कूनका अध्यक्ष ढकालले सहकारीका समसामयिक पछिल्ला घटनाक्रम, सहकारी विधेयक, राष्ट्र बैंकद्वारा जारी नयाँ निर्देशनले समेटेका विषयवस्तु र बचत तथा ऋणको कारोबार गर्ने सहकारी संघ संस्थाहरुका लागि सहकारी नियमन प्राधिकरण गठनका सन्दर्भमा अभियानको सुझाव संकलन गर्ने उद्देश्यसहित छोटो बसाई आयोजना गरिएको बताउनुभयो । सहकारी सञ्चालनमा देखिएका चुनौति तथा असहजताहरुलाई सहज बनाउन, बचत तथा ऋण सहकारी संघ संस्थाहरुको सुरक्षण र व्यवस्थापनका लागि सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गरेको विषय प्रष्ट पार्दै प्राधिकरणको भूमिकालाई प्रभावकारी बनाउन अभियानको राय सुझाव पनि उत्तिकै जरुरी हुने उहाँले बताउनुभयो । दिगो र सुरक्षित साकोस अभियान निर्माणका लागि नीतिगत सबलता आवश्यक पर्ने हुँदा नेफ्स्कूनले निरन्तर सरोकारवालाहरुसँग वहश पैरवी गरिरहेको र सदस्य साकोसहरुको अनुगमन सुपरिवेक्षणको कामलाई पनि तीब्र रुपले अगाडि बढाइरहेको उहाँको भनाई थियो । 


नेफ्स्कूनका सञ्चालक गोपाल प्रसाद गौतमले सहकारी संस्था सञ्चालनमा सुशासन सबैभन्दा महत्वपूर्ण पक्ष रहेको बताउनुभयो । उहाँले सदस्यकेन्द्रित सेवा प्रवाह र वित्तीय सुशासन सहकारी संस्थाको गहन पाटो भएको विचार व्यक्त गर्नुभयो ।  

संघका सिइओ सापकोटाले सहकारी क्षेत्रभित्रका वर्तमान चुनौती, अवसर, नीति र सुधारको विषयमा आफ्ना विचार राख्दै संघले समस्याको समाधानका उपायहरु खोजी गरिरहेको, निरन्तर सरोकारवालाहरुसँग वहश तथा पैरवी गरिरहेको जानकारी गराउनुभयो । सहकारी ऐन संशोधनमा नेफ्स्कूनले निरन्तर पैरवी गर्दै सहकारीमैत्री ऐन निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । कोभिड शुरु भएदेखिनै विश्व आर्थिक मन्दीको प्रभावले नेपालको अर्थतन्त्र समस्यामा पार्यो, त्यसको प्रत्यक्ष असर सहकारीमा पनि पर्यो । अहिले सहकारीले सामना गरिरहेको कानुनी, प्राविधिक र वित्तीय व्यवस्थापनको पाटोमा नेफ्स्कूनले निरन्तर अनुगमन तथा सुपरिवेक्षको कामलाई अगाडि बढाएको छ, सहकारीको दिगो विकासका लागि पारदर्शिता र सुशासन कायम गर्न कार्यक्रम मार्फत अर्थात एमआईएस सिस्टम मार्फत नियमित मोनिटरिङ गरिरहेको उहाँले बताउनुभयो । अन्तरक्रियामा सहभागी सहकारीकर्मीहरुले विद्यमान कानुनी असहजता, राष्ट्र बैंकद्वारा जारी नयाँ निर्देशन तथा मापदण्ड, तरलता गणनाको विषय, सहकारी नियमन प्राधिकरणको भूमिका, नेफ्स्कूनको आगामी रणनीतिहरुका सम्बन्धमा जिज्ञासा राख्नुभएको थियो । सहभागीहरुबाट प्राप्त जिज्ञासाहरुको सम्बोधन संघका सिईओ सापकोटाले गर्नुभएको थियो ।


लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप