लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको संयुक्त सहभागिता सहित भोलि नेपालगञ्जमा प्रदेशस्तरीय साकोस गोष्ठी हुँदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको संयुक्त सहभागिता सहित भोलि नेपालगञ्जमा प्रदेशस्तरीय साकोस गोष्ठी हुँदै

बाँके । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजनामा भोलि बाँकेको नेपालगञ्जस्थित कल्पत्रु होटलमा प्रदेशस्तरीय साकोस गोष्ठीको तयारी पुरा भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको संयुक्त सहभागिता रहने गोष्ठीमा साकोस प्रतिनिधिहरुको उत्साहजनक सहभागिता हुने भएको छ । 

“सञ्जाल सबलीकरणका लागि एकता र सहकार्य”  विषयवस्तुको मुख्य थिम सहित आयोजना हुने गोष्ठीले सहकारीहरुबीच सुदृढ सञ्जाल निर्माण गरि साझा समस्याहरुको समाधानमा सहज हुने अपेक्षा गरिएको छ । सबल सञ्जालले मात्रै सदस्यहरुलाई गुणस्तरीय सेवा दिन सहकारीहरूलाई सक्षम बनाउने हुँदा सहकारीहरुबीच प्रतिस्पर्धाभन्दा पनि सहकार्यको भावना विकासलाई जोड दिइनेछ । एकता र सहकार्यबाटै संस्थागत दिगोपन र सहकारी प्रतिको विश्वसनीयता अभिवृद्धि गराउन र अभियानको गुणात्मक विकासमा ठोग योगदान पुर्याउने अभिप्राय गोष्ठीको रहेको संघले जनाएको छ । 

वैशाख ३१, अर्थात भोलि बुधबार नेपालगञ्जमा आयोजित गोष्ठीको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको प्रमुख आतिथ्यतामा हुनेछ । नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपालगञ्ज उप महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, भेरीगंगा नगरपालिकाका प्रमुख एवं नेफ्स्कूनका पुर्व सञ्चालक यज्ञ प्रसाद ढकाल, राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सचिव एव प्रवक्त रविन ढकाल, लुम्बिनी प्रदेश सरकार, सहकारी दर्ता अधिकारीको कार्यालयका प्रमुख मधुकृष्ण पौड्याल, राष्ट्रिय सहकारी महासंघका सञ्चालक प्रेम प्रसाद सुवेदी, नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, नेफ्स्कूनका कोषाध्यक्ष दिपक थापा, सञ्चालक सदस्य ज्ञानु पौड्याल, विर बहादुर राउत, लेखा सुपरिवेक्षण समिति सदस्य हेमराज विष्ट, प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष एवं नेफ्स्कूनका पुर्व सञ्चालक कृष्ण नेपाल, सुदुरपश्चिम प्रदेश बचत संघका अध्यक्ष एवं नेफ्स्कूनका पूर्व सञ्चालक माधव जोशी, नेपालगञ्ज उपमहानगरपालिका का सहकारी शाखा प्रमुख प्रविण कुमार राना, पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, सिए राजन अधिकारी लगायतको आतिथ्यता रहनेछ । 

त्यसैगरि कार्यक्रमका अन्य अतिथिहरुमा लुम्बिनी प्रदेशका जिल्ला बचत संघहरु क्रमशः अर्घाखाँची, बाँके, बर्दिया, दाङ, गुल्मी, कपिलवस्तु, नवलपरासी (पश्चिम भाग–परासी), पाल्पा, प्यूठान, रोल्पा र रुपन्देहीका अध्यक्षहरु, कर्णाली प्रदेशका जिल्ला बचत संघ जुम्ला र सुर्खेतका अध्यक्षहरु, सुदुरपश्चिम प्रदेशका जिल्ला बचत संघ अछाम, बैतडी, डडेलधुरा, दार्चुला, कैलाली र कञ्चनपुरका अध्यक्षहरु सहित तीनवटै प्रदेशका बचत तथा ऋण सहकारी संघ संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति एवं व्यवस्थापन प्रमुखहरु गरि २५० भन्दा बढिको सहभागिता रहने संघले जनाएको छ ।  

एक दिवसीय उक्त गोष्ठीको पहिलो सत्र, ‘साकोस अभियानको प्रवद्र्धन र हितका लागि आगामी कार्यदिशा’ विषयमा नेफ्स्कूनका सिईओ डा.शिवजी सापकोटाले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ भने कार्यपत्रमाथि टिप्पणी लुम्बिनी प्रदेश सरकारका सहकारी दर्ता अधिकारीको कार्यालयका प्रमुख मधुकृष्ण पौड्यालले गर्नुहुनेछ । सत्रको अध्यक्षता नेफ्स्कूनका सञ्चालक ज्ञानु पौड्यालले गर्नुहुनेछ । 
त्यसैगरी दोस्रो सत्रमा ‘सुशासन र आन्तरिक नियन्त्रण प्रणाली प्रवद्र्धनमा लेखा सुपरिवेक्षण समितिको भूमिका’का विषयमा चार्टर्ड एकाउण्टेन्ट् (सिए) राजन अधिकारीको प्रस्तुती रहनेछ भने कार्यपत्रमाथि टिप्पणी नेपालगञ्ज उपमहानगरपालिका का सहकारी शाखा प्रमुख प्रविण कुमार रानाले गर्नुहुनेछ । सत्रको अध्यक्षता नेफ्स्कूनका कोषाध्यक्ष दिपक थापाले गर्नुहुनेछ । 

तेस्रो सत्र ‘बचत तथा ऋण सहकारीको संस्थागत विकासमा सरकार र अभियानको साझा सवाल’ विषयमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सचिव एवं प्रवक्ता रविन ढकालको कार्यपत्र प्रस्तुत हुनेछ । कार्यपत्रमाथि टिप्पणी लुम्बिनी प्रदेश सहकारी विकास वोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोखरेलले गर्नुहुनेछ । सत्रको अध्यक्षता नेफ्स्कूनका सञ्चालक विर बहादुर राउतले गर्नुहुनेछ । 

अन्तर्राष्ट्रिय सहकारी वर्ष, २०२५ को सन्दर्भमा वित्तीय सुशासन, जोखिम व्यवस्थापन र संस्थागत दिगोपन साथै “सञ्जाल सबलीकरणका लागि एकता र सहकार्य”  विषयवस्तुको मुख्य थिम सहित प्रदेशस्तरीय साकोस गोष्ठी आयोजना गरेको नेफ्स्कूनले साकोस प्रतिनिधिहरुको उत्साहजनक सहभागिताकाबीच वैशाख २५ र २८ मा कोशी र मधेश प्रदेशस्तरीय साकोस गोष्ठी भव्यरुपमा सम्पन्न गरेको छ । 

भर्खरै
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 

१४ घण्टा अगाडि

उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन
उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन

१५ घण्टा अगाडि

महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१६ घण्टा अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

३ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

३ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

३ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

४ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

७ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

३ दिन अगाडि

दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 

१४ घण्टा अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

३ दिन अगाडि

महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१६ घण्टा अगाडि

Notice
Notice

११ दिन अगाडि

उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन
उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन

१५ घण्टा अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२७ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२५ दिन अगाडि

पाठकबाट थप