विराटनगरमा मिरा सफ्टवेयर सम्बन्धी अभिमुखिकरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विराटनगरमा मिरा सफ्टवेयर सम्बन्धी अभिमुखिकरण

मोरङ । विराटनगरमा सहकारीहरुका लागि मिरा सफ्टवेयर सम्बन्धी अभिमुखिकरण प्रदान गरिएको छ । असार २ गते सम्पन्न कार्यक्रममा विभिन्न ३७ सहकारीबाट ५५ जनाको सहभागिता रहेको थियो । विराटनगर स्थित राष्ट्रसेवक साकोसको सभाहलमा आयोजित कार्यक्रममा नेफ्स्कूनका सञ्चालक लक्ष्मी सापकोटा, कोशी प्रदेश बचत संघ सञ्चालक अमृत गुरुङ, जिल्ला सहकारी संघ सञ्चालक उमेश गुरुङ, जिल्ला बचत संघ मोरङका सञ्चालक गणेश प्रसाद निरौला, बिराटनगर महानगरपालिका का आर्थिक महालेखा शाखा प्रमुख प्रतिक गड्तौला, सहकारी शाखा प्रमुख चाँदनी राई , रोजी कार्की लगायतको उपस्थिति रहेको थियो । 

नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमिल्सिनाले स्वागत गर्दै कार्यक्रमको औचित्य तथा उद्देश्य, मिरा सफ्टवेयरका विशेषताहरुबारे बताउदै साकोस अभियानको सफट्वेयर सबैले प्रयोग गर्न अनुरोध गर्नु भयो । मिराको सबै भन्दा ठुलो प्रयोगकर्ता नेफ्स्कून रहेको र आवश्यक सबै कुराको एक मात्र सोलुसनको रुपमा मिराले काम गर्न सक्ने विषयलाई उहाँले जोड दिनुभएको थियो । 

नियोसिस प्रा. लि.का सिईओ मनोज तिवारीले प्रविधिको पुरानो ईतिहास देखि वर्तमान प्रविधिमा भएको फरकता, मिराका फायदा, Saas Model (software as a service) को रुपमा नेपालकै पहिलो र उच्चतम सुरक्षा प्रणाली सँगै Advance Architecture को प्रयोग गरिएको, मिरा क्याउड सफट्वेयर सबै भन्दा सस्तो रहेको बताउनुभयो ।

अन्तरक्रियात्मक रुपमा सम्पन्न कार्यक्रममा विराटनगर महानगरपालिकाकी सहकारी शाखा प्रमुख चादँनी राई लगायत उपस्थित कर्मचारी र सहभागी वक्ताहरुले मिरा सफ्टवेयरका सबल पक्षहरु र यसको लागतलाई हेर्दा सफ्टवेयर प्रभावकारी र सरल रहेको पाइएको विचार व्यक्त गर्दै आगामी आर्थिक बर्षमा सफ्टवेयर परिवर्तन गर्न चाहनेहरुका लागि मिरा सफ्टवेयर उपयुक्त सोलुसन भएको विचार व्यक्त गर्नुभएको थियो । 

नेफ्स्कून सञ्चालक लक्ष्मी सापकोटाले मिरा सफ्टवेयर प्रविधिमा One stop solution भएको, यसको विशेषता र सबल पक्षलाई हेर्दा विश्वस्त हुन सकिने पर्याप्त आधारहरु भएकोले हामी सबैलेनै ढुक्कका साथ मिरा सफ्टवेयर प्रयोग गर्न सकिने विचार व्यक्त गर्नुभएको थियो । 

कार्यक्रम समापन सँगै नेफ्स्कून विराटनगर सेवा केन्द्र अन्तर्गतका १५ वटा बचत तथा ऋण सहकारी संस्थाहरुले मिरा सफट्वयर प्रयोगका लागि आफूहरु तयार रहेको विचार प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रमको दोस्रो चरणमा विराटनगरकै मिरा सफ्टवेयर प्रयोगकर्ता सहकारीका प्रतिनिधिहरुसँग सफ्टवेयर सम्बन्धी छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

७ वटै प्रदेश अन्तर्गत ६६ जिल्लामा विस्तार भएको मिरा सफ्टवेयरले हालसम्म ५१८ सहकारीमा एकीकृत प्रविधि सेवाको पहुँच पुर्याउन सफल भएको छ ।  

कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन सुनसरी सदस्य सेवा कार्यालय प्रमुख रिसभ राज रेग्मी, नेफ्स्कून विराटनगर सेवा केन्द्र प्रमुख विन्दा भट्टराई र प्राविधिक सहयोग कर्मचारी मिलन कोइरालाले गर्नुभएको थियो ।  

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२३ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२३ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप