बाबियाखर्क साकोसको पूर्व नेतृत्व विकास तालिम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बाबियाखर्क साकोसको पूर्व नेतृत्व विकास तालिम सम्पन्न 

काठमाडौं । सहकारी संस्थामा कुशल र दिगो नेतृत्व विकास गर्ने उद्देश्यका साथ बाबियाखर्क बचत तथा ऋण सहकारी संस्था लि.ले तीन दिवसीय पूर्व नेतृत्व विकास तालिम सम्पन्न गरेको छ । 

जेठ ३० देखि असार १ गतेसम्म भक्तपुरको नगरकोटमा सञ्चालित तालिम साकोसको आयोजना र नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक सहजीकरणमा सम्पन्न भएको हो । तालिमले नेतृत्व तहमा आउन चाहने वा नेतृत्व क्षमताको विकास गर्न चाहने व्यक्तिहरूका लागि आवश्यक सीप, दृष्टिकोण र व्यवहारिक क्षमता विकासमा महत्वपूर्ण टेवा पुगेको साकोसले जनाएको छ । 

नेफ्स्कूनको पूर्व अध्यक्ष साथै सल्लाहकार समेत रहनुभएका साकोसका अध्यक्ष ऋषि राज घिमिरेल तालिमको उद्देश्य माथि प्रकाश पार्दै सहकारीको प्रभावकारी सञ्चालन तथा कुशल व्यवस्थापनका लागि नेतृत्व सीपको विकास गर्न तालिमले उत्प्रेरणा दिने विचार व्यक्त गर्नुभयो । सहकारी सञ्चालनमा सक्षम नेतृत्वको अपरिहार्यताबारे जानकारी गराउँदै अध्यक्ष घिमिरेले संस्थागत सुशासन, पारदर्शिता र उत्तरदायित्वका पक्षमा सशक्त बनाउन तालिमले महत्वपूर्ण ज्ञान प्रदान गर्ने विचार व्यक्त गर्नुभयो । 

तालिममा साकोसका २१ जना सदस्यहरुको सहभागिता रहेको थियो । तालिमको पहिलो दिन सदस्यहरुले भक्तपुरमा अवस्थित सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को अध्ययन भ्रमण समेत गर्नुभएको थियो । उक्त अध्ययन भ्रमणको अवसरमा सिद्धि गणेश साकोसका अध्यक्ष रुद्र नारायण लाखाले सहकारीको विकासमा नेतृत्वको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गर्दै सहकारी व्यक्तिले नभई बिधिले सञ्चालन गर्नपर्नेमा जोड दिनुभएको थियो ।  

तालिमको सहजीकरण नेफ्स्कूनका बरिष्ठ तालिम अधिकृत कोमलराज अधिकारी र अधिकृत उमेश कोइरालाले गर्नुभएको थियो । तीन दिन सञ्चालित उक्त तालिममा सैद्धान्तिक विषय प्रस्तुतीकरण, सहभागितामूलक कार्यशाला, समूह कार्य तथा छलफल, प्रयोगात्मक कक्षा लगायतका विधिहरु प्रयोगमा ल्याइएको थियो ।  

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप