बाबियाखर्क साकोसको पूर्व नेतृत्व विकास तालिम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बाबियाखर्क साकोसको पूर्व नेतृत्व विकास तालिम सम्पन्न 

काठमाडौं । सहकारी संस्थामा कुशल र दिगो नेतृत्व विकास गर्ने उद्देश्यका साथ बाबियाखर्क बचत तथा ऋण सहकारी संस्था लि.ले तीन दिवसीय पूर्व नेतृत्व विकास तालिम सम्पन्न गरेको छ । 

जेठ ३० देखि असार १ गतेसम्म भक्तपुरको नगरकोटमा सञ्चालित तालिम साकोसको आयोजना र नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक सहजीकरणमा सम्पन्न भएको हो । तालिमले नेतृत्व तहमा आउन चाहने वा नेतृत्व क्षमताको विकास गर्न चाहने व्यक्तिहरूका लागि आवश्यक सीप, दृष्टिकोण र व्यवहारिक क्षमता विकासमा महत्वपूर्ण टेवा पुगेको साकोसले जनाएको छ । 

नेफ्स्कूनको पूर्व अध्यक्ष साथै सल्लाहकार समेत रहनुभएका साकोसका अध्यक्ष ऋषि राज घिमिरेल तालिमको उद्देश्य माथि प्रकाश पार्दै सहकारीको प्रभावकारी सञ्चालन तथा कुशल व्यवस्थापनका लागि नेतृत्व सीपको विकास गर्न तालिमले उत्प्रेरणा दिने विचार व्यक्त गर्नुभयो । सहकारी सञ्चालनमा सक्षम नेतृत्वको अपरिहार्यताबारे जानकारी गराउँदै अध्यक्ष घिमिरेले संस्थागत सुशासन, पारदर्शिता र उत्तरदायित्वका पक्षमा सशक्त बनाउन तालिमले महत्वपूर्ण ज्ञान प्रदान गर्ने विचार व्यक्त गर्नुभयो । 

तालिममा साकोसका २१ जना सदस्यहरुको सहभागिता रहेको थियो । तालिमको पहिलो दिन सदस्यहरुले भक्तपुरमा अवस्थित सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को अध्ययन भ्रमण समेत गर्नुभएको थियो । उक्त अध्ययन भ्रमणको अवसरमा सिद्धि गणेश साकोसका अध्यक्ष रुद्र नारायण लाखाले सहकारीको विकासमा नेतृत्वको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गर्दै सहकारी व्यक्तिले नभई बिधिले सञ्चालन गर्नपर्नेमा जोड दिनुभएको थियो ।  

तालिमको सहजीकरण नेफ्स्कूनका बरिष्ठ तालिम अधिकृत कोमलराज अधिकारी र अधिकृत उमेश कोइरालाले गर्नुभएको थियो । तीन दिन सञ्चालित उक्त तालिममा सैद्धान्तिक विषय प्रस्तुतीकरण, सहभागितामूलक कार्यशाला, समूह कार्य तथा छलफल, प्रयोगात्मक कक्षा लगायतका विधिहरु प्रयोगमा ल्याइएको थियो ।  

भर्खरै
राष्ट्रिय सहकारी महासंघको का.मु. महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
राष्ट्रिय सहकारी महासंघको का.मु. महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त

६ घण्टा अगाडि

'सही समयमा जारी निर्देशन तथा मापदण्डहरु सहकारीको हितमा छन् '
'सही समयमा जारी निर्देशन तथा मापदण्डहरु सहकारीको हितमा छन् '

७ घण्टा अगाडि

सहकारी विभागको १०२ बुँदे निर्देशन, सुशासन प्रवर्द्धनमा जोड
सहकारी विभागको १०२ बुँदे निर्देशन, सुशासन प्रवर्द्धनमा जोड

७ घण्टा अगाडि

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा एक बर्षे उपलब्धि सार्वजनिक : के के काम भए सहकारीमा ?
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा एक बर्षे उपलब्धि सार्वजनिक : के के काम भए सहका...

२२ घण्टा अगाडि

गलत काममा मेरो संलग्नता प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार छु : मन्त्री बलराम अधिकारी
गलत काममा मेरो संलग्नता प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार छु : मन्त्री बलराम अधिकारी

२२ घण्टा अगाडि

सदस्मैत्री सेवा प्रवाह गर्दै सुखद सालतमामी गर्न सफल भएकोमा जनउत्थान साकोसद्वारा सदस्यहरुप्रति धन्यवाद ज्ञापन 
सदस्मैत्री सेवा प्रवाह गर्दै सुखद सालतमामी गर्न सफल भएकोमा जनउत्थान साकोसद्वारा सदस्यहरुप्रति धन्यवा...

१ दिन अगाडि

चन्द्रागिरि ट्याब बैंकिङ सेवा शुभारम्भ : प्रविधियुक्त सेवा विस्तारमा जोड  
चन्द्रागिरि ट्याब बैंकिङ सेवा शुभारम्भ : प्रविधियुक्त सेवा विस्तारमा जोड  

१ दिन अगाडि

नेफ्स्कूनद्वारा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्मालाई बधाई तथा शुभकामना
नेफ्स्कूनद्वारा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्मालाई बधाई तथा शुभकामना

३ दिन अगाडि

लोकप्रिय
सहकारी विभागको १०२ बुँदे निर्देशन, सुशासन प्रवर्द्धनमा जोड
सहकारी विभागको १०२ बुँदे निर्देशन, सुशासन प्रवर्द्धनमा जोड

७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्मालाई बधाई तथा शुभकामना
नेफ्स्कूनद्वारा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्मालाई बधाई तथा शुभकामना

३ दिन अगाडि

राष्ट्रिय सहकारी महासंघको का.मु. महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
राष्ट्रिय सहकारी महासंघको का.मु. महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त

६ घण्टा अगाडि

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा एक बर्षे उपलब्धि सार्वजनिक : के के काम भए सहकारीमा ?
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा एक बर्षे उपलब्धि सार्वजनिक : के के काम भए सहका...

२२ घण्टा अगाडि

काभ्रेस्थित आर्थिक विकास मित्र साकोसको २०औं स्थापना दिवसमा विविध कार्यक्रम
काभ्रेस्थित आर्थिक विकास मित्र साकोसको २०औं स्थापना दिवसमा विविध कार्यक्रम

५७५ दिन अगाडि

अर्थभूमि साकोसको ८औं वार्षिक साधारणसभा सम्पन्न, गास कटाएर जम्मा गरेको सदस्यको बचतलाई उत्पादन र आयमूलक काममा लगाउनुपर्नेमा जोड
अर्थभूमि साकोसको ८औं वार्षिक साधारणसभा सम्पन्न, गास कटाएर जम्मा गरेको सदस्यको बचतलाई उत्पादन र आयमूल...

६६४ दिन अगाडि

बिन्धवासिनी साकोसको आयोजनामा एक्सेस बागमती प्रथम समुहको २९औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
बिन्धवासिनी साकोसको आयोजनामा एक्सेस बागमती प्रथम समुहको २९औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यश...

६८४ दिन अगाडि

बागमती प्रदेश अन्तर्गत चितवनमा साकोस अभियानको नेतृत्व पुनर्जागरण सम्बन्धी कार्यक्रम सम्पन्न
बागमती प्रदेश अन्तर्गत चितवनमा साकोस अभियानको नेतृत्व पुनर्जागरण सम्बन्धी कार्यक्रम सम्पन्न

६८५ दिन अगाडि

पाठकबाट थप