साकोस लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न

काठमाडौं । आर्थिक बर्ष २०८२/०८३ लाई मध्यनजर गरी नेफ्स्कून कलंकी सदस्य सेवा कार्यालयको आयोजनामा नेफ्स्कूनका सदस्य संघ संस्थाहरुको लागि सञ्चालित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न भएको छ । जेठ ३० र ३१ गते दुई दिन सञ्चालन भएको तालिममा विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट २२ जनाको उपस्थिति रहेको थियो । तालिम प्रशिक्षक नेफ्स्कूनका तालिम अधिकृत श्यामराजा तिमिल्सीनाले अन्तरक्रियात्मक, समूहकार्य (अभ्यास र प्रस्तुतीकरण), सैद्धान्तिक र प्रश्नोत्तर विधि प्रयोग गरि प्रभावकारी तालिम सञ्चालन गर्नुभएको थियो । 

आर्थिक समूह, योजना समूह, निर्माण समूह र बजेट समूह गरि ४ समुहमा विभाजित सहभागीहरुले आ आफ्ना जिम्मेवारी र प्रस्तुतीकरणहरु कुशलतापूर्वक सम्पन्न गर्नुभएको थियो । 

तालिमको उद्घाटन संघका महासचिव घनश्याम अधिकारीले गर्नुभएको थियो । तालिमका अवसरमा बोल्दै महासचिव अधिकारीले समग्रमा अहिलेको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी मापदण्डको विषय, त्यसमा विद्यमान असहज व्यवस्थाहरुको संशोधनका लागि सम्बन्धित सरोकार निकायसँग संघद्वारा गरिएको वहश तथा पैरवी, बचत तथा ऋण सहकारीको विद्यमान चुनौति तथा आगामि कार्यदिशाका सम्बन्धमा जानकारी गराउनुभएको थियो । 

तालिम सहजकर्ता तिमिल्सीनाले 'योजना भएको मुर्खले योजना विनाको प्रतिभालाई हराउन सक्छ' भन्ने अमेरिकी उद्योगपति वारेन एड्वार्ड बफेटको भनाईलाई जोड्दै भविष्यमा गर्ने कामको रुपरेखा अहिलेनै नवनाएमा काम गर्न अन्योलता सिर्जना भई सफलता हासिल गर्न नसकिने बताउनुभएको थियो । तालिममा सहकारी पत्रकार समेत रहनुभएका जनधन बचत तथा ऋण सहकारी संस्थाको प्रतिधित्व गर्दै प्रशिक्षार्थी रुपमा सहभागी कृष्ण बस्नेतले पनि सहकारीको कुशल व्यवस्थापन र योजना तथा बजेट निर्माणको महत्वका विषयमा आफ्ना भनाईहरु राख्नुभएको थियो । 

तालिम समापन पश्चत निर्माण समूहले प्रतिवेदन लेखन गरी प्रस्तुतीकरण समेत गरेको थियो । तालिम कार्यक्रम सञ्चालन तथा व्यवस्थापन सहजीकरण नेफ्स्कून कलंकी सदस्य सेवा कार्यालयका प्रमुख मनोज कार्की लगायत अन्य कर्मचारीहरुले गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप