धनगढीमा सहकारीका समसामयिक विषयमा वृहत अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धनगढीमा सहकारीका समसामयिक विषयमा वृहत अन्तरक्रिया

सुदूरपश्चिम । कैलालीको धनगढी मा नेफ्स्कूनद्वारा बचत तथा ऋण सहकारी संघ संस्थाका प्रतिनिधिहरुसँग सहकारीका समसामयिक विषयमा वृहत अन्तरक्रिया गरिएको छ । जेठ २९ गते नेफ्स्कूनकी सञ्चालक दिप्ती शाहीको अध्यक्षतामा आयोजित अन्तरक्रियामा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल प्रमुख व्यक्तित्वका रुपमा रहनुभएको थियो । 

अन्तरक्रिया कार्यक्रममा सहकारीका समसायिक नितिगत बिषयहरुका बारेमा छलफल  गरिएको थियो । सो अवसरमा नेफ्स्कूनका अध्यक्ष ढकालले सदस्य संस्थाका प्रतिनिधिहरुलाई सदस्य केन्द्रित भएर कार्य गर्न अनुरोध गर्नुभएको थियो । उहाँले अहिलेको समयमा सबैतिर ऋण असुलीमा समस्या छ, यसको समाधानका लागि ऋण असुली प्रक्रिया सम्बन्धी तालिमहरु लिने, नियमित सदस्य भेटघाट गर्ने लगायतका कार्यक्रमहरु तय गर्न सुझाउनुभएको थियो । त्यसैगरि सहकारी संस्थाको कारोबार प्रमाणिकरण गर्न, सहकारीको साधारणसभा, करचुक्ता जस्ता विषय समयमा सम्पन्न गर्न र नेफ्स्कूनको एमआईएस सिस्टममा सहभागी भई नियमित रिपोटिङ गर्न अनुरोध समेत गर्नुभएको थियो । 

राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी मापदण्डको विषयले समेटेका सहकारी सञ्चालन सम्बन्धी असहज व्यवस्था र संघहरुको तरलता गणनाको विषयलाई लिएर नेफ्स्कूनले निरन्तर वहश पैरवी गरिरहेको र समस्या समाधानका लागि छिट्टै सम्बन्धित निकायबाट संम्बोधन हुने पूर्ण विश्वास रहेकोले निर्धक्कका साथ संस्था सञ्चालन र संघहरुसँगको कारोबारमा निरन्तरता दिन सकिनेमा अध्यक्ष ढकालले विश्वस्त पार्नुुभएको थियो । 

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य एवम् सुदुरपश्चिम प्रदेश सहकारी संघका अध्यक्ष माधव प्रसाद जोशी, जिल्ला बचत संघ कैलालीका अध्यक्ष सुरेन्द्र बडुवाल, जिल्ला सहकारी संघका लेखा सुपरिवेक्षण समिति सदस्य मनमोहन विष्ट, कञ्चनपुर सदस्य सेवा कार्यालय ब्यवस्थापन उप सतिति सदस्यहरु सुरत बहादुर बोगटी, मदन राज रेग्मी, सिएमसी कैलालीका अध्यक्ष लाल बहादुर भण्डारी, कञ्चनपुर म्यानेजर्स क्लबका पदाधिकारी, कैलाली म्यानेजर्स क्लबका पदाधिकारी सहित विभिन्न ३५ वटा बचत तथा ऋण सहकारी संघ संस्थाबाट ४७ जनाको उपस्थिति रहेको थियो । 

नेफ्स्कूनकी सञ्चालक दिप्ती शाहीले सहकारी संस्थाहरु सुशासनमा रहि वित्तिय कारोबार गनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले संस्थालाई समस्या तथा अप्ठ्यारो पर्दा जहिले पनि संघ र सञ्चालकको साथ सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप