सदस्मैत्री सेवा प्रवाह गर्दै सुखद सालतमामी गर्न सफल भएकोमा जनउत्थान साकोसद्वारा सदस्यहरुप्रति धन्यवाद ज्ञापन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्मैत्री सेवा प्रवाह गर्दै सुखद सालतमामी गर्न सफल भएकोमा जनउत्थान साकोसद्वारा सदस्यहरुप्रति धन्यवाद ज्ञापन 

रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि.ले आ.व. २०८१/०८२ को सुखद सालतमामी भएको जनाएको छ । सदस्यमैत्री, समुदायमा आधारित र गुणस्तर प्रमाणिकृत जनउत्थान साकोसले १० करोड भन्दा माथि शुद्ध मुनाफा आर्जन गर्दै सुखद सालतमामी भएकोमा सम्पूर्ण सदस्यहरु, कर्मचारीहरु, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, विभिन्न उपसमितिहरु लगायत सरोकारवालाहरु सबैलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गरेको छ ।

शेयर सदस्यहरुको विश्वास र मायाले आज जनउत्थान साकोस यो अवस्थामा आईपुग्न सफल भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि मुनाफालाई भन्दा सदस्य सेवालाई प्राथमिकतामा राख्दै थप परिस्कृत गर्ने लक्ष्य सहित सँधै सदस्यहरुको दुख सुखमा सहयोगी बन्ने प्रतिबद्धता व्यक्त गरेको छ । साथै साकोसले नयाँ आर्थिक वर्षलाई थप सुखद र सदस्यमैत्री बनाउने उद्देश्य सहित कर्मचारीहरुलाई आफ्नो काम, कर्तव्य र अधिकारसँगै नयाँ आर्थिक वर्षको व्यावसायिक लक्ष्यहरु समेत उपलब्ध गराएको छ ।

जनउत्थान साकोसले केन्द्रीय कार्यालय साथै १० वटै सेवा केन्द्र प्रमुखहरुबाट आफु मातहतका कर्मचारीहरुलाई सम्बन्धित सेवा केन्द्र संयोजकको रोहोवरमा आ.व. २०८२/८३ को लागि वार्षिक कार्यविवरण हस्तान्तरण समेत गरेको छ । संस्थाले सबै खर्च कटाएर तथा आवश्यक कर्जा जोखिम कोषको व्यवस्था गरि Unaudited Report को आधारमा १० करोड प्लस शुद्ध मुनाफा गर्दै आर्थिक वर्ष २०८१।८२ को क्लोजिङ गर्न सफल भएको जनाएको हो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप