चन्द्रागिरि ट्याब बैंकिङ सेवा शुभारम्भ : प्रविधियुक्त सेवा विस्तारमा जोड  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रागिरि ट्याब बैंकिङ सेवा शुभारम्भ : प्रविधियुक्त सेवा विस्तारमा जोड  

काठमाडौंको थानकोटमा रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले नयाँ आर्थिक वर्ष सुरु भएसँगै सदस्यहरुका लागि चन्द्रागिरि ट्याब बैंकिङ सेवाको शुभारम्भ गरेको छ । सेवा कार्यालय तथा सेवा केन्द्रबाट सदस्यहरुलाई प्रवाह गरिने सम्पूर्ण सेवा अब ट्याब बैंकिङको माध्यम मार्फत सदस्यहरु भएकै ठाउँबाट गर्न सकिने साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले जानकारी गराउनुभयो ।

चन्द्रागिरि ट्याब बैंकिङ सेवा सदस्यहरुलाई सेवा लिन दिन कार्यालयसम्मै धाउनुपर्ने झन्झटलाई कम गर्ने फूल फेजको प्रविधिमैत्री सेवाको रुपमा रहेको छ, यसको मुल लक्ष्य विस्तारै शाखा रहित सेवा सञ्चालन गर्न सक्षम बनाउने हो, उहाँले भन्नुभयो । सेवा सुभारम्भ भएको आज पहिलो दिन नै चन्द्रागिरि लघुवित्त समूहका १५ प्रतिशत सदस्यहरुले चन्द्रागिरि ट्याब बैंकिङ सेवा लिनुभएको छ । उक्त सेवाले हाल संस्थाको कुल सदस्यहरुमध्ये कम्तिमा १५% सदस्यहरुलाई तुरुन्तै लाभान्वित गर्ने र क्रमशः आवश्यकता अनुसार सेवा विस्तार गरिने योजना संस्थाको रहेको उहाँले बताउनुभयो । 

आ.व. ०८१/०८२ को सालतमामी सन्तोषजनक रुपमा सम्पन्न गरि साकोस सञ्चालक समितिको २०८२/०३/३० को निर्णय बमोजिम आजै कार्यसम्पादन लक्ष्य तथा कार्यविवरण हस्तान्तरणको कार्यक्रम समेत सम्पन्न भएको साकोसले जनाएको छ ।

कार्यक्रममा साकोसका अध्यक्ष शिवशंकर मानन्धरले आ.व. २०८२/८३ को समग्र कार्यसम्पादन लक्ष्य तथा कार्यविवरण प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको थियो भने प्रमुख कार्यकारी अधिकृतले विभागीय प्रमुख र सेवाकेन्द्र प्रमुखहरु मार्फत मातहतका कर्मचारीहरुमा हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा अध्यक्ष मानन्धर र प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेमोनिक लोगो अनावरण र ट्याब कारोवार प्रमाणिकरण गरी उक्त सेवाको शुभारम्भ गर्नु भएको थियो ।

संस्थाका सचिव शरद कुँवरले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक भानु प्रकाश ढकाल र अध्यक्ष शिव शंकर मानन्धरले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप