जनसचेतन साकोस दोलखामा बचत खेल तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनसचेतन साकोस दोलखामा बचत खेल तालिम सम्पन्न

दोलखा । जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि.मैनापोखरीको आयोजना र जर्मन स्पार्कसेन्स्टिफ्टुङ्ग (German Sparkassenstiftung) को सहयोग तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक सहजीकरणमा दुई दिवसीय बचत खेल तालिम सम्पन्न भएको छ । 

कर्मचारी लक्षित बचत खेल तालिम आयोजनाले कर्मचारी र साकोसका सदस्यहरु दुवैमा वित्तीय साक्षरता र सशक्तिकरणप्रति जागरुग बनाउने विश्वास रहेको साकोसले जनाएको छ ।

श्रावण ११ र १२, दुई दिनसम्म सञ्चालित बचत खेल तालिमले सहभागीहरूबीच बचत व्यवहार, वित्तीय योजना, र समूह गतिशीलतामा व्यावहारिक अन्तर्दृष्टि प्रदान गर्नुको साथै वित्तीय निर्णय लिन सहजता प्रदान गरेको विश्वास सहभागीहरुले व्यक्त गरेका थिए । 

तालिमको मुख्य उद्देश्य कर्मचारीहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्नुका साथै उनीहरुलाई व्यवहारिक रूपमा बचत र खर्च व्यवस्थापनका सिप बारे प्रशिक्षण गराई सदस्यहरुलाई सिप हस्तान्तरण गर्न सक्ने बनाउनु हो । तालिमको प्राविधिक सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत सोबिता मैनाली र सूर्य प्रसाद तिमल्सिनाले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप