विषहारामाई साकोसका सञ्चालक तथा कर्मचारीहरुका लागि क्षमता अभिवृद्धि तालिम  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विषहारामाई साकोसका सञ्चालक तथा कर्मचारीहरुका लागि क्षमता अभिवृद्धि तालिम  

महोत्तरी । बिषहारामाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सञ्चालक तथा कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गरेको छ । कार्यरत कर्मचारी र सञ्चालकहरुलाई सहकारीका मूल सिद्धान्त, कानुनी प्रावधानहरू र उत्तरदायित्वबारे जानकारी गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको साकोसले जनाएको छ । 

माईस्थान स्थित पञ्चधुरा होटलमा सञ्चालित तालिमको सहजीकरण नेफ्स्कूनका जनकपुर सदस्य सेवा कार्यालय प्रमुख राजेन्द्र ढकालले गर्नुभएको थियो । 

साकोसकी अध्यक्ष गणिता यादवले सञ्चालक तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिमले संस्थागत जिम्मेवारीवहन प्रति जवाफदेही बनाउने र कार्यसम्पादन प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सबल र दिगो सहकारी संस्था निर्माणका लागि तालिम तथा शिक्षाका कार्यक्रहरुलाई निरन्तरता दिने योजना साकोसको रहेको बताउनुभयो । 

तालिम कार्यक्रममा साकोसका उपाध्यक्ष प्रभु साह, सचिव रामनारायण साह, कोषाध्यक्ष वीरेन्द्र ठाकुर, लेखा सुपरिवेक्षण समिति संयोजक कमलेश यादव, पूर्व अध्यक्ष जितेन्द्र यादव, सञ्चालक सदस्यहरू, लेखा सुपरिवेक्षण सदस्यहरु, ऋण उपसमिति सदस्यहरु, व्यवस्थापक र अन्य कर्मचारीहरु गरि २६ जनाको उपस्थिति रहेको थियो ।

२०७१ सालमा २५ जना सदस्यबाट सुरु गरिएको विषहारामाई बचत तथा ऋण सहकारी संस्था लि. मा हाल २ हजर १२० सदस्यमार्फत १३ करोड ७० लाखको वित्तीय कारोबार रहेको छ भने साकोसले सदस्यहरुमाझ विविध साकाजिक सेवा र उत्तरदायित्वपूर्ण कार्यक्रमहरु समेत सञ्चालन गर्दै आईरहेको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप