नेफ्स्कूनले BDS कार्यक्रम मार्फत सहकारीका सदस्यहरूको जीवन रुपान्तरणका लागि अन्तर्राष्ट्रिय संङ्घ सङ्गठनसँग सहकार्य गर्दै,
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनले BDS कार्यक्रम मार्फत सहकारीका सदस्यहरूको जीवन रुपान्तरणका लागि अन्तर्राष्ट्रिय संङ्घ सङ्गठनसँग सहकार्य गर्दै,

काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून) ले व्यवसाय विकास सेवा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनका लागि जर्मनीको अन्तर्राष्ट्रिय संस्था AWO International, Regional Office, Nepal सँग सानेपा, ललितपुरको क्षेत्रीय कार्यालयमा सहकार्य गरेको छ ।

सहकारीहरूमा व्यवसाय विकास सेवा कार्यक्रम मार्फत व्यवसाय सेवा डेक्स स्थापना गरेर पाँच आधार (इच्छाशक्ति, स्थान, प्रविधि, पूँजि र बजार) लाई केन्द्रमा राख्दै निरन्तर व्यवसायिक परामर्श, वित्तीय पहुँच र बजार सञ्जालमा प्राविधिक सहजीकरण दिई सहकारीका सदस्यहरूलाई दिगो र सफल उद्यमी वनाउन सङ्घले यस आर्थिक बर्ष देखि यो कार्यक्रम सञ्चालन गरिरहेको छ । वित्तीय सहकारी संस्थाले सम्भाव्य उद्यमीहरूलाई व्यवसाय विकास सेवा (BDS) कार्यक्रम मार्फत “उत्पादन देखि उपभोक्ता” वा “सेवा देखि ग्राहक” सम्मको सम्पूर्ण प्रक्रियामा प्राविधिक तथा समन्वयात्मक भूमिकामा सङ्घसँग AWO International, Regional Office, Nepal को सहकार्य रहने विषय सङ्घका प्रमुख कार्यकारी अधिृकत डा. शिवजी सापकोटा, क्षेत्रीय निर्देशक सुरेन्द्र गौतम र संघका बरिष्ठ अधिकृत नविन राज दाहालले कार्यक्रमको अवधारणा प्रस्तुत गर्नुभयो । 

यसैक्रममा सङ्घका प्रमुख कार्यकारी अधिकृतले वित्तीय सहकारी संस्थाहरूमा भाखा नाघेको ऋणलाई अन्त्य गरी स्वदेशमानै पूँजिको सही सदुपयोग गरिने विषय राख्नु भयो । साथै यस छलफलमा नेपाल सरकारको १६औँ पञ्चवर्षीय योजनाका रणनीतिहरूको नतिजामुखी कार्यान्वयनका लागि सङ्घले यस आर्थिक बर्ष २०८२।०८३ देखि व्यवसाय विकास सेवा कार्यक्रमलाई वजारसँग जोडन जस्तै जोरसार, चतहरा, सिन्धुली, हेटौडा, चितवन, नवलपरासी, कपिलवस्तु दाङ, बर्दिया, सुर्खेत, अछाम, दिपायल, डडेलधुरा हुदै झुलाघाटसम्मको करिडोर केन्द्रित रही उक्त राजमार्गमा पर्ने वचत तथा ऋण सहकारी संस्थाहरूसँग साझेदारी गरिनेछ । यस कार्यक्रमले नेपाल सरकारको १६आँै पञ्चवर्षीय योजनाको समष्टिगत आर्थिक आधारहरूको सवलीकरण र उच्च आर्थिक बृद्धिका देहाय रणनीतिक क्षेत्रहरू, रूपान्तरण कार्यनीतिहरू र कार्यक्रमहरूको नतिजामूखी अभ्यासमा बचत तथा ऋण सहकारी अभियान केन्द्रित गरी सहकार्य गरेको छ ।

रणनीतिक क्षेत्रहरू ः उत्पादन तथा उत्पादकत्व बृद्धि, उपभोग, बचत तथा पूँजि निर्माण, उद्योग क्षेत्रको प्रर्बर्धन र सहकारी क्षेत्रको व्यवस्थापन

रूपान्तरण कार्यरणनीतिहरूः उत्पादन र रोजगारी सिर्जना लक्षित मौद्रिक तथा वित्तीय स्रोत परिचालन गर्ने, स्वदेशी विदेशी पूँजि र प्रविधिको उपयोग गर्ने, उत्पादनमूलक उद्योगको विकास र संरक्षण गर्ने, र निर्यात प्रवद्र्धन र आयत व्यवस्थापनमा प्राथमिकता दिने ।

प्रमुख कार्यक्रमहरू ः पूर्वाधार विकास र लगानी अभिबृद्धि कार्यक्रम, नवपर्वद्धन र उद्यमशिलता विकास कार्यक्रम, प्रतिस्पर्धि वजार तथा आपूर्ति वजार सुदृढीकरण कार्यक्रम, र आयात प्रतिस्थापन र निर्यात प्रर्बर्धन कार्यक्रम

व्यवसाय विकास सेवा (BDS) कार्यक्रमले विशेषरूपमा सदस्यका लगानीलाई उत्पादक, व्यावसायिक र नतिजामूलक बनाउँदै सदस्यहरूको जीवन रूपान्तरणमार्फत दिगो रोजगार, आयमा बृद्धि साथै युवाहरूलाई स्वदेशमानै उद्यमी देखि उद्योगी वनाउने कार्यमा जोड दिनेछ । 

यस छलफलमा सङ्घका प्रमुख कार्यकारी अधिकृत, AWO International, Regional Office, Nepal का क्षेत्रीय निर्देशक, प्रशासन तथा वित्त निर्देशक लगायत सङ्घका बरिष्ठ अधिकृत नविन राज दाहाल, DSIK Germany प्रतिनिधि मिस लाउराको उपस्थिति रहेको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४० दिन अगाडि

पाठकबाट थप