नेफ्स्कूनले BDS कार्यक्रम मार्फत सहकारीका सदस्यहरूको जीवन रुपान्तरणका लागि अन्तर्राष्ट्रिय संङ्घ सङ्गठनसँग सहकार्य गर्दै,
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनले BDS कार्यक्रम मार्फत सहकारीका सदस्यहरूको जीवन रुपान्तरणका लागि अन्तर्राष्ट्रिय संङ्घ सङ्गठनसँग सहकार्य गर्दै,

काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून) ले व्यवसाय विकास सेवा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनका लागि जर्मनीको अन्तर्राष्ट्रिय संस्था AWO International, Regional Office, Nepal सँग सानेपा, ललितपुरको क्षेत्रीय कार्यालयमा सहकार्य गरेको छ ।

सहकारीहरूमा व्यवसाय विकास सेवा कार्यक्रम मार्फत व्यवसाय सेवा डेक्स स्थापना गरेर पाँच आधार (इच्छाशक्ति, स्थान, प्रविधि, पूँजि र बजार) लाई केन्द्रमा राख्दै निरन्तर व्यवसायिक परामर्श, वित्तीय पहुँच र बजार सञ्जालमा प्राविधिक सहजीकरण दिई सहकारीका सदस्यहरूलाई दिगो र सफल उद्यमी वनाउन सङ्घले यस आर्थिक बर्ष देखि यो कार्यक्रम सञ्चालन गरिरहेको छ । वित्तीय सहकारी संस्थाले सम्भाव्य उद्यमीहरूलाई व्यवसाय विकास सेवा (BDS) कार्यक्रम मार्फत “उत्पादन देखि उपभोक्ता” वा “सेवा देखि ग्राहक” सम्मको सम्पूर्ण प्रक्रियामा प्राविधिक तथा समन्वयात्मक भूमिकामा सङ्घसँग AWO International, Regional Office, Nepal को सहकार्य रहने विषय सङ्घका प्रमुख कार्यकारी अधिृकत डा. शिवजी सापकोटा, क्षेत्रीय निर्देशक सुरेन्द्र गौतम र संघका बरिष्ठ अधिकृत नविन राज दाहालले कार्यक्रमको अवधारणा प्रस्तुत गर्नुभयो । 

यसैक्रममा सङ्घका प्रमुख कार्यकारी अधिकृतले वित्तीय सहकारी संस्थाहरूमा भाखा नाघेको ऋणलाई अन्त्य गरी स्वदेशमानै पूँजिको सही सदुपयोग गरिने विषय राख्नु भयो । साथै यस छलफलमा नेपाल सरकारको १६औँ पञ्चवर्षीय योजनाका रणनीतिहरूको नतिजामुखी कार्यान्वयनका लागि सङ्घले यस आर्थिक बर्ष २०८२।०८३ देखि व्यवसाय विकास सेवा कार्यक्रमलाई वजारसँग जोडन जस्तै जोरसार, चतहरा, सिन्धुली, हेटौडा, चितवन, नवलपरासी, कपिलवस्तु दाङ, बर्दिया, सुर्खेत, अछाम, दिपायल, डडेलधुरा हुदै झुलाघाटसम्मको करिडोर केन्द्रित रही उक्त राजमार्गमा पर्ने वचत तथा ऋण सहकारी संस्थाहरूसँग साझेदारी गरिनेछ । यस कार्यक्रमले नेपाल सरकारको १६आँै पञ्चवर्षीय योजनाको समष्टिगत आर्थिक आधारहरूको सवलीकरण र उच्च आर्थिक बृद्धिका देहाय रणनीतिक क्षेत्रहरू, रूपान्तरण कार्यनीतिहरू र कार्यक्रमहरूको नतिजामूखी अभ्यासमा बचत तथा ऋण सहकारी अभियान केन्द्रित गरी सहकार्य गरेको छ ।

रणनीतिक क्षेत्रहरू ः उत्पादन तथा उत्पादकत्व बृद्धि, उपभोग, बचत तथा पूँजि निर्माण, उद्योग क्षेत्रको प्रर्बर्धन र सहकारी क्षेत्रको व्यवस्थापन

रूपान्तरण कार्यरणनीतिहरूः उत्पादन र रोजगारी सिर्जना लक्षित मौद्रिक तथा वित्तीय स्रोत परिचालन गर्ने, स्वदेशी विदेशी पूँजि र प्रविधिको उपयोग गर्ने, उत्पादनमूलक उद्योगको विकास र संरक्षण गर्ने, र निर्यात प्रवद्र्धन र आयत व्यवस्थापनमा प्राथमिकता दिने ।

प्रमुख कार्यक्रमहरू ः पूर्वाधार विकास र लगानी अभिबृद्धि कार्यक्रम, नवपर्वद्धन र उद्यमशिलता विकास कार्यक्रम, प्रतिस्पर्धि वजार तथा आपूर्ति वजार सुदृढीकरण कार्यक्रम, र आयात प्रतिस्थापन र निर्यात प्रर्बर्धन कार्यक्रम

व्यवसाय विकास सेवा (BDS) कार्यक्रमले विशेषरूपमा सदस्यका लगानीलाई उत्पादक, व्यावसायिक र नतिजामूलक बनाउँदै सदस्यहरूको जीवन रूपान्तरणमार्फत दिगो रोजगार, आयमा बृद्धि साथै युवाहरूलाई स्वदेशमानै उद्यमी देखि उद्योगी वनाउने कार्यमा जोड दिनेछ । 

यस छलफलमा सङ्घका प्रमुख कार्यकारी अधिकृत, AWO International, Regional Office, Nepal का क्षेत्रीय निर्देशक, प्रशासन तथा वित्त निर्देशक लगायत सङ्घका बरिष्ठ अधिकृत नविन राज दाहाल, DSIK Germany प्रतिनिधि मिस लाउराको उपस्थिति रहेको थियो ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१९ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२० घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप