बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोषको २६औं सञ्चालन समिति बैठक सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोषको २६औं सञ्चालन समिति बैठक सम्पन्न

काठमाडौं । स्थिरीकरण कोषको २६औं सञ्चालन समितिको बैठक नेफ्स्कूनको केन्द्रीय कार्यालयमा असोज २२ गते कोषका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको छ । सहकारी ऐन, २०७४ को दफा १०३ र सहकारी नियमावली, २०७५ को नियम ७४ अनुसार बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष खडा भई निरन्तर क्रियाशिल छ । 

बैठकमा स्थिरीकरण कोषको हालसम्मको प्रगति, नीति तथा कार्यक्रम, चालू आर्थिक वर्ष २०८१।०८२ को व्यवस्थापन प्रतिवेदन र आगामी चौथो परामर्श बैठक मिति २०८२ पुस ०५ गते शनिवार हुने विषयलाई सहमती जनाउनु भयो । कोष व्यवस्थापक नविन राज दाहालबाट हालसम्म देशभरका ३२५ बचत तथा ऋण सहकारी संस्थाहरूले रू.२४ करोड ७९ लाख ३९ हजार योगदान गर्नुभएको र कोषले आ.व.२०८२।०८३ देखि २०८६।०८७ सम्मको पाँच वर्षिय रणनीतिक योजना वनाई ५ रणनीति उद्देश्यहरू र २५ वटा कार्यनीतिहरू तर्जुमा गरी यस आर्थिक वर्षदेखि निरन्तर कार्यान्वयन गरिएको विषय सवै सञ्चालन समितिमा जानकारी तथा प्रस्तुत गर्नुभएको थियो । 

नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मिति २०७६ मंसिर ५ गतेको मन्त्री स्तरीय निर्णयवाट बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यबिधि, २०७६ जारी भई कोष स्थापनाको कानूनी आधार स्थापित भएको छ । कोषले पाँच वर्षिय रणनीतिक योजनामा “बचत तथा ऋण सहकारी संस्थाहरूको सम्भावित जोखिम व्यवस्थापन गरी सहकारी क्षेत्रमा स्थिरता सुनिश्चित गर्न” ध्येय र यसको परिपूर्तिका लागि “सक्षम, सुदृढ र सबल कोष” परिकल्पना तय गरेको छ । यस पञ्चवर्षिय योजनामा १. बचत तथा ऋण सहकारी संस्थाहरूलाई आबद्धताका लागि उत्प्रेरित गर्ने, २. बचत तथा ऋण सहकारी संस्थाहरूको जोखिम सुपरिवेक्षण गरी व्यवस्थापनका लागि सहजीकरण गर्ने, ३. बचत तथा ऋण सहकारी संस्थाहरूका लागि संरक्षणात्मक कार्यक्रमहरू सञ्चालन गर्ने, ४. स्रोत सङ्कलन तथा प्रभावकारी परिचालनका दीगो उपायहरू अवलम्बन गर्ने, र ५. संस्थागत विकास र जोखिम व्यस्थापनका लागि सरोकारवालाहरूसँग आवश्यक सहकार्य गर्ने रणनीतिक उद्देश्यहरू तय गरी यस आर्थिक वर्षदेखि कार्य थालनी गरेको छ । नेफ्स्कूनमा सदस्य भएका संस्थाहरूमा कोषको औचित्यता र साकोसको सुरक्षा कवजको रूपमा कोष रहनेछ साथै क) कोषमा आबद्ध हुन चाहने संस्थाहरूको आबद्धतालाई निरन्तरता सहजीकरण, ख) आबद्ध हुन चाहने संस्थाहरूको आवेदन बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यबिधि, २०७६ (संशोधन) बमोजिम बिश्लेषण, ग) स्थिरीकरण कोषमा सहभागिताको दर बृद्धि गर्न निरन्तर रूपमा नेफ्स्कूनको स्तरीकरण कार्यक्रम मार्फत स्थलगत अनुशिक्षण, घ) कोष खडा भएका बखत र सो पछि आबद्धताका लागि बार्षिक योगदान गरेका संस्थाहरूलाई सहभागिताको प्रमाण पत्र प्रदानका लागि नेफ्स्कूनसँग सघन अनुगमन, ङ) स्थिरीकरण कोषमा सहभागी संस्थाहरूलाई नियमित रूपमा जोखिम बिश्लेषण गर्न तोकिएका ढाँचाहरू सम्बन्धमा आवश्यक अभिमुखीकरण तथा अनुशिक्षण, च) स्थिरीकरण कोषमा सहभागी भएका बचत तथा ऋण सहकारीहरूको स्वजोखिम बिश्लेषण, छ) पूँजि पर्याप्तता बिश्लेषण तथा सहकारी विभागवाट जारी बचत तथा ऋण सहकारी संस्थाहरूको जोखिम बिश्लेषणका आधारहरूमा जोखिम स्तर व्यवस्थापन गर्न सहभागिता प्रमाणपत्र पाउँने संस्थाको बिशेष निगरानी, ज) स्थिरीकरण कोषमा आबद्ध भएको र झ) ठुलो योगदानको रूपमा रहेको नेफ्स्कूनको एसियाली ऋण महासंघको सहयोगमा गुणस्तर सुनिश्चितताको कार्यक्रममा सहभागी गराई विशेष निगरानी जस्ता कार्यहरू गरिरहेको विषय छलफल भएको थियो । 

यस वैठकमा कोषको वढोत्तरीमा बचत तथा ऋण सहकारी अभियानले अपनत्व लिनु पर्ने विषयमा कोषका सदस्य सचिव डा. शिवजी सापकोटाले वैठक सञ्चालनका क्रममा प्रस्तुत गर्नु भएको थियो । यसै क्रममा अर्थ मन्त्रालयबाट प्रतिनिधि देवनारायण पौडेल र सहकारी विभागका प्रतिनिधि शशी कुमार लम्सालबाट कोष नेफ्स्कूनमा रहने र सहकारी ऐनको आशय पनि त्यही रहेको विषयमा जोड दिनु भयो । कोषका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोषको कार्यविधिमा संशोधनको सवालहरूका विषयमा मिति २०८२ पुस ०५ गते दिवा ११ः०० वजे हुने परामर्श वैठकमा सवै साकोसको आवाजलाई समेटी विगतमा दिएका सुझावको पनि आत्मासाथ गरी संशोधन गर्न पहल गरिने विषयमा जोड दिनु भयो । कोषको कार्यविधि संशोधनका लागि अर्थ मन्त्रालय, सहकारी विभागका प्रतिनिधिहरूले पनि यस विषयमा नीतिगत सहजीकरण गरिने प्रतिवद्धता दिनु भयो । यस कार्यविधि संशोधनमा कोषका सदस्य तथा विन्दवासिनी साकोसका अध्यक्ष शान्ता कुमार श्रेष्ठबाट पनि सवै सञ्चालन समिति सदस्यले अपनत्व लिई साकोस अभियानमा पनि सल्लाह सुझाव संकलन गरिनुपर्छ भन्ने विषय राखिनु भयो । कोषमा योगदान गर्नुहुने बचत तथा ऋण सहकारी संस्थालाई नियमित रूपमा जोखिम सुपरिवेक्षणका लागि विषेश निगरानीमा राखिएको र नेफ्स्कूनको स्तरीकरण कार्यक्रममा जोडदै लगिएको विषय नेफ्स्कूनका विभागीय प्रमुख दुर्गा प्रसाद ढकालले राख्नु भएको थियो । 

अन्तमा कोषका अध्यक्ष ढकालले वैठकको सञ्चालनको क्रममा योजनाको नीतिगत अनुकूलताको लागि नेपाल सरकारको प्रतिनिधि निकायको भुमिका उच्चत्तम रहेको र यसलाई सम्बन्धित मन्त्रालय, विभाग, प्राधिकरण, नेपाल राष्ट्र वैक लगायतका सवै सरकारी निकायबाट अनुकूलन कानूनी वातावरणमा अर्थपूर्ण सहजीकरण रहनु पर्ने सन्दर्भ जोडदै राष्ट्रिय सहकारी नियमन प्राधिकरणको प्रतिनिधि ज्ञाननाथ ढकाल र राष्ट्रिय सहकारी महासंघ नेपालका प्रतिनिधि गोपीकृष्ण भण्डारीलाई नयाँ सदस्यको रुपमा स्वागत गर्दै वैठकमा उपस्थित सवैलाई धन्यवाद सहित समापन गर्नु भएको थियो ।  

भर्खरै
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१३ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

१ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१३ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

पाठकबाट थप