स्क्यान कार्यक्रम अन्तर्गत कृषक प्रेरणा साकोसको अनुगमन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्क्यान कार्यक्रम अन्तर्गत कृषक प्रेरणा साकोसको अनुगमन

सुर्खेत । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सघं लिमिटेड (नेफ्स्कून) द्वारा कृषक प्रेरणा  बचत तथा ऋण सहकारी संस्था लिमिटेड गुर्भाकोट १३,सुर्खेतको नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत स्थलगत अनुगमन असोज २८ गते सम्पन्न भएको छ ।

नेफ्स्कूनद्वारा सहकारी संस्थाहरुको पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितता, जोखिम न्यूनीकरण र सुशासन तथा दिगोपनामा अभिबृद्धिका लागी सहकारी संस्थाहरुमा स्थलगत अनुगमन प्रभाबकारीरुपमा अघि बढाइएको छ। संस्थाको स्तरीकरणका लागि  बिभिन्न बिषयहरु जस्तै कर्जा, बचत, ब्याजदर, बार्षिक योजना, सम्पति शद्धिकरण निवारण नितिको पालना, नियामकिय निकायहरुबाट दिएको निर्देशनको परिपालना, संस्थाको भाखा नाघेको ऋण असुलि, पुजी प्रयाप्तता अनुपात लगायत समग्र आर्थिक अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुबिधाको बिषयमा अनुगमन गरीएको थियो ।

स्क्यान कार्यक्रम अन्तर्गत प्रोबेसन कार्यक्रममा आबद्ध रहेको कृषक प्रेरणा साकोस को समग्र कानुनी जोखिम, बित्तिय जोखिम, ऋण जोखिम, तरलता जोखिम र संचालन तथा सुसाशन जोखिम मा केन्द्रित रही संस्थाको जोखिम न्यूनीकरण गर्ने सुझाब सहित अनुगमन गरिएको थियो ।

नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत प्रबिण अधिकारीले  संस्थाको स्थलगत अनुगमन गर्नु भएको थियो भने संस्थाको तर्फबाट सचिब भिमाधर चपाई, ब्यबस्थापक सिता कुमारी चपाई लगायत संचालक समिति र ब्यबस्थापनका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  स्थलगत अनुगमन पश्चात संस्थालाई सुधार गर्नुपर्ने बिषयहरु मा सुझाब प्रदान गरी उक्त सुझाबहरु कार्यान्वायन गर्ने सहमति सहित निर्णय गरिएको थियो । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप