साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला चितवनमा सम्पन्न....
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला चितवनमा सम्पन्न....

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)को आयोजनामो चितवनको भरतपुरमा साकोस जोखिम व्यवस्थापन कार्यशाला असोज २८ गते सम्पन्न भएको छ ।

संघले यसै आर्थिक वर्ष देखी लागु हुने गरी सञ्चालनमा ल्याएको नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत रहेर चितवन र नवलपुरमा रहेका संस्थाहरुलाई लक्षित गरी यस कार्यक्रम सञ्चालन गरेको हो । 

नेफ्स्कून सञ्चालक समिति सदस्य गोपाल प्रसाद गौतमको सयोजकत्वमा सञ्चालन भएको कार्यक्रमको उद्घाटन सत्रमा शुभकामना तथा स्वागत मन्तव्य राख्ने क्रममा चितवन जिल्ला बचत संघका अध्यक्ष विद्या कोइरालाले हाल नेफ्स्कूनले साकोसहरुको सवलिकरणको लागि निर्माण गरी सञ्चालन गरेको नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) ले संघ तथा संस्थाहरुलाई दिगो बनाउनको लागि सहयोग पुग्ने कुरा राख्नुभयो । हाल विभिन्न नियमनकारी निकायहरुले जारी गरेको मार्गदर्शन तथा मापदण्ड कार्यन्वयनको लागि यस कार्यक्रमले थप सहयोग पुर्याउने जानकारी दिदै हाल जारी भएको निर्देशन तथा मापदण्डहरुमा ऐन संग बाझिने विषयहरुसमेत रहेकाले संसोधनकालगि अभियानले पहल गर्नुपर्ने कुरा राख्दै ऐन कानुनको परिपालना गर्दै ढुक्क भएर अविचलित रुपमा कार्य गर्नको लागि सहभागि साकोसहरुलाई अनुरोध गर्नुभएको थियो । 

नवलपुर जिल्ला बचत संघ का अध्यक्ष बद्रीनाथ नेपालले कार्यक्रममा सुभकामना मन्तव्य राख्दै यस कार्यशाला बाट सिकेका हरेक विषयहवस्तुहरुलाई संस्थामा लगेर अक्षरस पालना गर्न तथा अरु संस्थाहरुलाई समेत सिकाउनको लागि सुझाव दिनुभएको थियो । अहिले जारि भएको मापदण्ड तथा परिपत्रले संस्थालाई काम गर्न केही असहज भएको महसुस भएता पनि दिर्घकालिन रुपमा संस्थाको विकासमा सहयोग पुग्ने विश्वास सहित पालना गर्दै अघि बढ्नुपर्ने कुरा राख्नुभएको थियो ।

नेफ्स्कूनले आफ्ना सदस्य संघ संस्थाहरुको निरिक्षण तथा अनुगमन गरि सबल बनाउने उद्देश्यलाई प्राथमिकता दिई यस स्क्यान कार्यक्रम ल्याएको कुरा राख्नुभयो । यस कार्यक्रममा सम्पुर्ण सहकारीहरु सहभागि भई सबल र सक्षम साकोस बनाउनुपर्ने धारणा राख्नुभयो । हाल संस्थाहरुको साधारण सभाको सिजन भएकाले साधारण सभालाई सदस्यमूखी बनाई सञ्चालन गर्नको लागि समेत सुझाव दिदै कार्यक्रममा सक्रिय सहभागि हुन, सिकेका विषयवस्तुहरुलाई संस्थामा प्रयोग गर्नको लागि सुझाव दिदै नेफ्स्कूनकाले लागि कुनै सल्लाह तथा सुझावहरु भएमा निरन्तररुमा राख्नको लागि नेफ्स्कून सञ्चालक समिति सदस्य गोपाल प्रसाद गौतमले अनुरोध गर्नुभएको थियो ।

संघले आवद्ध सदस्य संघ संस्थाहरुको नियमित रुपमा निरीक्षण तथा अनुगमन गरी जोखिम स्तर निर्धारण, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चित गर्न विगत वर्षहरुमा सञ्चालित एक्सेस, प्रोवेसन तथा कर्वस कार्यक्रमहरुको सिकाईका आधारमा थप परिमार्जन सहितको कार्यक्रमको रुपमा यस कार्यक्रमलाई ल्याइएको हो । स्क्यानले संस्थाहरुको नियमित निरीक्षण तथा अनुगमन गरी देखिएको जोखिम व्यवस्थापन गर्न आवश्यक ज्ञान तथा सीप प्रदान गर्ने गरी सदस्यहरुको लागत सहभागितामा सञ्चालन हुने गरी कार्यक्रमको डिजाइन भएको छ । कार्यक्रममा संघमा आवद्ध सबै सदस्यहरुलाई सहभागि गराउने लक्ष संघको रहेको छ । 

विहान ८ बजे देखी बेलुका ५ वजे सम्म सञ्चालन भएको उक्त कार्यक्रमको सहिजकरण संघका वरिष्ठ अधिकृत प्रेमनाथ वाग्ले र अधिकृत श्यामराजा तिमल्सिनाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नेफ्स्कून सदस्य सेवा कार्यालय प्रमुख यमकला सुवेदीले गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापनमा संघका कर्मचारी केदार अधिकारी, सुरेन्द्र श्रेष्ठ तथा सन्तोष अधिकारीको सहभागिता रहेको थियो । कार्यक्रममा चितवन र नवलपुर पुर्वका १०० भन्दा बढीको सहभागिता रहेको थियो ।

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

१ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

२ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

५ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

५ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

५ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

६ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

Notice
Notice

१० दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२५ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२३ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३३ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३३ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप