सुनसरीमा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुनसरीमा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न

सुनसरी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि। (नेफ्स्कून) सदस्य सेवा कार्यालय सुनसरीको आयोजनामा एक दिवशीय साकोस जोखिम ब्यबस्थनपन ३६० कार्यशाला सुनसरीको इटहरीमा २०८२ आश्विन ३० गते सम्पन्न भएको छ  ।

नेफ्स्कूनका महासचिब घनश्याम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आफ्नो मन्तब्य राख्दै सदस्यहरुको निरन्तर अभ्यासलाई अनुशरण गरी स्क्यान कार्यक्रम ल्याएको हुँदा यसमा सबै साकोसहरु आउनको लागि अनुरोध गर्नुभएको थियो । रिसभ राज रेग्मीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तब्य नेफ्स्कून संचालक सदस्य एबं सुनसरी सदस्य सेवा कार्यालय ब्यबस्थापन उप समिति संयोजक  लक्ष्मी सापकोटाले गर्नुभएको थियो। 

कार्यक्रमको उद्घाटन सत्रमा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रेम प्रकाश कोइरालाले आफ्नो मन्तब्य दिदै साझेदारी संघहरु लाई स्क्यान कार्यक्रममा कसरी लैजाने साथै अभियानमा उत्पन्न चुनैतीहरुका बिषयमा नेफ्स्कूनले मार्गनिर्देश गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । साथै कार्यक्रमको उद्घाटन सत्रमा आफ्ने शुभकामना मन्तब्य राख्दै कोशी प्रदेश बचत तथा ऋण सहकारी संघको अध्यक्ष हरी प्रसाद सुबेदीले देश अहिले तरल अवस्थामा रहेको बेला आफ्ना सदस्य संस्थाहरुलाई जोखिममा आधारित सुपरिबेक्षण कार्यक्रम स्क्यान कार्यक्रम फलदायी हुने कुरामा जोड दिनुभएको थियो । 

सुनसरी,मोरङ,धनकुटा, उदयपुर जिल्लाका बचत संघ र साकोसहरु बाट सञ्चालक तथा कर्मचारीहरुको उपस्थिति रहेको कार्यशालाको सहजिकरण नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा, नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपाने तथा अधिकृत शौभाग्य भट्टराईले गर्नुभएको थियो । कार्यक्रममा कोशी प्रदेशका ४ जिल्लाका ६५ साकोसबाट जम्मा १२० जनाको उपस्थिति रहेको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप