बाँके । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सघं लिमिटेड (नेफ्स्कून) ले सहकारीहरुका लागि ल्याएको नियमित निरिक्षण अनुगमन (स्क्यान) कार्यक्रममा बाँके सदस्य सेवा कार्यालय अन्तरर्गत कोहलपुर १२, बाँकेमा रहेको शान्ती स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडसंग स्क्यान कार्यक्रममा असोज ३१ गते आबद्धता जनाएको छ ।
संघको ३८औं स्थापना दिवसको दिन सार्वजनिक भएको नियमित निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान) ले संघका सबै सदस्य संघ संस्थाहरुलाई अनुगमन तथा निरिक्षण गरी आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ । सहकारी ऐन २०७४ को व्यवस्था बमोजिम संघद्धारा यो कार्यक्रमको शुरुवात गरिएको थियो ।
साकोसका व्यवस्थापक मुना शाही, सहायक व्यवस्थापक सावित्रा शाही, नेफ्स्कूनको तर्फबाट बाँके सदस्य सेवा कार्यालय ईन्चार्ज यम बहादुर डाँगी तथा अनुगमन सहजकर्ता प्रकाश लुहारको रोहबरमा कोहलपुर( १२ चप्परगौडी (बाँके) स्थित शान्ती स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तर्फबाट अध्यक्ष नारायणी ओली र संघको तर्फबाट कार्यक्रम अधिकृत प्रविण अधिकारीको हस्ताक्षरमा सम्झौता भएको थियो ।
२४ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
१३ दिन अगाडि
४ दिन अगाडि
१३ दिन अगाडि
१० दिन अगाडि
१२ दिन अगाडि