गण्डकी महिला साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण...
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गण्डकी महिला साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण...

गोरखा ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले गण्डकी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको  नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम स्क्यान अन्तर्गत स्थलगत सुपरिवेक्षण मिति असोज ३१ गते सम्पन्न गरेको छ ।

बि. स. २०५० सालमा बिधिवत रुपमा दर्ता भई संचालन भएको गण्डकी महिला साकोसको विनियम, आन्तरिक कार्यविधि,कर्जा, बचत, ब्याजदर, वार्षिक योजना, सम्पत्ति शुद्धिकरण निवारण नीति पालना , नियामक निकायको निर्देशन कार्यान्वयन, भाखा नाघेका ऋण असुली, पूँजी प्रयाप्तता अनुपात लगायत समग्र आर्थिक अवस्था र सहकारीले प्रदान गरिरहेको सेवा–सुविधाको मूल्यांकन गरिएको थियो ।

सहकारी संस्थाहरूको पारदर्शिता, उत्तरदायित्व, सदस्य हितको सुनिश्चितता, जोखिम न्यूनीकरण, सुशासन र दिगोपनामा अभिवृद्धि गर्नका लागि नेफ्स्कूनले देशभरका सहकारी संस्थाहरूमा प्रभावकारीरूपमा स्थलगत अनुगमन कार्यक्रम अगाडि बढाइरहेको छ । स्क्यान कार्यक्रम अन्तर्गत प्रोबेशन कार्यक्रममा आबद्ध यस साकोसमा कानुनी, वित्तीय, ऋण, तरलता तथा सञ्चालन र सुशासन सम्बन्धी जोखिमहरूमा केन्द्रित रही जोखिम न्यूनीकरणका लागि विभिन्न सुधारात्मक सुझावहरू प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष देबिमाया खनालले स्थलगतका क्रममा प्राप्त सुझावबाट संस्थाको नीति निर्माण, सुशासन व्यवस्थापनमा सहयोग मिलेको तथा अझै निरन्तर स्थलगत र गैर स्थलगत सुपरिवेक्षण गरी मार्गदर्शनको अपेक्षा रहेको र सो कार्यान्वयनमा गण्डकी महिला साकोस प्रतिवद्ध रहेको बताउनु भएको थियो । 

नेफ्स्कून कार्यक्रम अधिकृत बिनोद ढकालले स्थलगत सुपरिवेक्षण गर्नुभएको थियो । गण्डकी महिला साकोसका संचालक समिति, लेखा समिति  र व्यवस्थापनका अन्य कर्मचारीहरूको समेत उपस्थिति रहेको सुपरिवेक्षणमा यस पश्चात कार्यक्रमले सहकारीलाई दिगो रुपमा सञ्चालन गर्न, नियमहरुको परिपालना गर्न र सहकारी संस्थाको कार्यप्रणाली सुदृढ बनाउन महत्वपुर्ण भुमिका खेलेकाले समितिले धारणा राख्नुभएको थियो । स्कयान कार्यक्रम मार्फत आवश्यक सुधारका विषयमा सुझावहरू प्रस्तुत गरिए र ती सुझावहरू कार्यान्वयन गर्ने निर्णय भएको छ । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप