मकवानपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सघं लि. (नेफ्स्कून) ले सहकारीहरुको लागि ल्याएको नियमित निरिक्षण अनुगमन (स्क्यान) कार्यक्रममा मकवानपुरका दुई महिला साकोस आबद्ध भएका छन् ।
महिला एकता साकोस भिमफेदी गाउँपालिका ०१ र महिला जागृति साकोस भिमफेदी गाउँपालिका ०६, मकवानपुर बीच कार्तिक १८ गते सम्झौता सम्पन्न भएको हो ।
महिला जागृति साकोसका व्यवस्थापक कोपिला थापा,सचिव निर्मला कुमारी थापा मगर तथा नेफ्स्कून मकवानपुर सदस्य सेवा कार्यालय ईन्चार्ज ज्योति महत,नेफ्स्कून चितवन सदस्य सेवा कार्यालय सहायक सुरेन्द्र श्रेष्ठको रोहवरमा प्रथम पक्ष संघको तर्फबाट कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिना र दोस्रो पक्ष साकोसको तर्फबाट अध्यक्ष चेतकुमारी पुडासैनीको हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो ।
महिला एकता साकोसका व्यवस्थापक सर्मिला ढुंगाना र नेफ्स्कून मकवानपुर सदस्य सेवा कार्यालय ईन्चार्ज ज्योति महत,नेफ्स्कून चितवन सदस्य सेवा कार्यालय सहायक सुरेन्द्र श्रेष्ठको रोहवरमा प्रथम पक्ष संघको तर्फबाट कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिना र दोस्रो पक्ष साकोसको तर्फबाट सचिव तारा जोशीको हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो ।
सहकारी ऐन २०७४ को व्यवस्था बमोजिम संघद्धारा यो कार्यक्रमको शुरुवात गरिएको थियो । यस कार्यक्रमले संघका सबै सदस्य संघ संस्थाहरुलाई अनुगमन तथा निरिक्षण गरी आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ ।
१ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
१३ दिन अगाडि
५ दिन अगाडि
३ दिन अगाडि
१२ दिन अगाडि