सहकारी अभियानमा बचत खेल तालिम र लघु व्यवसाय खेल तालिमको नौलो प्रस्तुतीमा प्रशिक्षकहरू प्रशिक्षित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी अभियानमा बचत खेल तालिम र लघु व्यवसाय खेल तालिमको नौलो प्रस्तुतीमा प्रशिक्षकहरू प्रशिक्षित

काठमाडौँ । नेफ्स्कून र DSIK Germany को साझेदारीमा सञ्चालित “Transformation towards a sustainable, resilient agricultural system and towards a social-ecological financial system कार्यक्रम अन्तर्गत बचत खेल तालिम र लघु व्यवसाय खेल तालिममा सङ्घका १४ जना प्रशिक्षकहरूलाई प्रमाणीकरण गरिएको छ ।

यस जर्मनी संस्थाले प्रमाणीकरण गर्नु पूर्व एउटा प्रशिक्षकले कम्तिमा ३ वटा तालिमहरूमा सहजीकरण गरेको हुनुपर्ने नियम थियो । उक्त तालिम सहजीकरण गर्नुभएका प्रशिक्षकहरूलाई यस गोष्ठीमा लिखित परीक्षा, प्रस्तुतीकरण, व्यक्तिगत मुल्याकंनको अंक आधारमा उतिर्ण प्रशिक्षकहरूलाई प्रशिक्षित गरिएको थियो । यसमा वचत खेलमा कूल लिखित अंक ६५ र प्रस्तुतीकरण साथै व्यक्तिगत मुल्याकंनमा अंक ३५ गरी जम्मा १०० मार्क राखिएको थियो । साथै लघु व्यवसाय खेलमा लिखित अंक ९५ र प्रस्तुतीमा अंक ५ गरी कूल अंक १०० रहेको थियो । यस परीक्षामा सङ्घका १४ जना प्रशिक्षकहरूले उत्कृष्ट अंक सहित उतिर्ण भई तालिमको प्रमाणीकरणको प्रमाणपत्र प्राप्त गर्नु भयो । नेपालमा बचत खेल तालिम र लघु व्यवसाय खेल तालिममा देहायका प्रशिक्षकहरूले मात्र तालिम सहजीकरण गर्न पाउने गरी सङ्घ र म्क्क्ष्प् न्भचmबलथ विच लिखित सहमती समेत भएको छ । 
देहाय प्रमाणित प्रशिक्षकहरू ः
१.    कोमल राज अधिकारी, बरिष्ठ अधिकृत
२.    रिता सुवेदी, अधिकृत
३.    सुमनराज घिमिरे, अधिकृत
४.    विदुर खड्का, अधिकृत
५.    प्रकाश अधिकारी, अधिकृत
६.    उमेश कोइराला, अधिकृत
७.    संदिपराज ढकाल, अधिकृत
८.    राजन सुवेदी, अधिकृत
९.    सोविता मैनाली, अधिकृत
१०.    श्यामराजा तिमल्सिना, अधिकृत
११.    सुर्य तिमल्सिना, अधिकृत
१२.    शौभाग्य भट्टराई, अधिकृत
१३.    रविन्द्र श्रेष्ठ, अधिकृत
१४.    राम प्रसाद सापकोटा, अधिकृत
बचत खेल तालिमले सहकारी संस्थाका शेयर सदस्यहरूलाई वचत गर्ने बानी, सम्मानित जीवन विताउदै कसरी वचत गर्न सकिने विषयमा विषेश जोड दिएको छ । समूह खेल विधिबाट वचत गर्ने बानी, परिवारमा आम्दानी खर्चको योजना वनाउने बानी लगायतका विषयवस्तुहरू समावेश गरिएका छन् । यो खेल तालिम नितान्त अन्र्तनिहित महसुशीकरण गराउनेमा केन्द्रित छ ।

लघु व्यवसाय खेल  तालिमले सम्भाव्य उद्यमीहरूलाई व्यवसाय सञ्चालन गर्दा कसरी गरिनुपर्छ, विक्रय कला, खरिद कला, विक्रय र खरिदको विश्लेषण, आम्दानीको पुन लगानी, साथै व्यवसाय बढोत्तरीमा अपनाउने पर्ने विधि र कलाको विषयमा व्यक्तिगत खेलमार्फत अन्र्तनिहित महसुशीकरण गराउनेमा केन्द्रित छ । 

यस तालिमको प्रमाणीकरणका लागि DSIK Germany को तर्फबाट प्राविधिक विज्ञ Dr. Carla D.S. Virtudazo, Mr. Alberto P. Capati र नेपालको लागि राष्ट्रिय प्रतिनिधि: Ms. Laura बाट मुल्याकंन गर्नुभएको थियो । यस तालिम बचत तथा ऋण सहकारी अभियानको लागि नौलो प्रस्तुती र अहिलेको आवश्यकता पनि हो । 

यस कार्यशाला कार्यक्रममा सवै प्रशिक्षकहरूलाई प्रमाणित प्रमाणपत्र प्रदान गरिरहँदा सङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले वहाँहरूलाई सदैव उत्कृष्ट र गुणस्तरीय सेवा दिनुहुनेछ भन्ने शुभकामना दिनुभयो । साथै साकोस अभियानलाई तालिम तथा शिक्षामा सहजीकरण गरिरहँदा यस तालिममार्फत व्यक्तिगत सदस्यहरूको जीवन रूपान्तरणमा टेवा पुर्याउने विषयमा समेत जोड दिनु भएको थियो । यस कार्यक्रममा सवै प्रशिक्षकहरूलाई शुभकामना दिनेक्रममा सङ्घका सञ्चालक समिति सदस्य नवराज अर्यालले पनि तालिम शिक्षामा यस सहयोगी निकायमार्फत दिएको अतुलनीय प्राविधिक ज्ञान साकोस अभियानमा आफैमा उत्कृष्ट रहेको विषयमा जोड दिनु भएको थियो । 

सङ्घका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले सङ्घले यस तालिममा नयाँ विधि, प्रकृया, मोडुलर र शेयर सदस्य केन्द्रित रहेकोले पक्कै पनि प्रशिक्षित प्रशिक्षकले साकोस अभियानमा नयाँ आयाममा तालिम प्रवाहीकरण गर्ने विषयमा म प्रतिवद्ध छु भन्दै सहयोगी निकायले जसरी सङ्घलाई दीर्घकालिन साझेदारीमार्फत साकोस अभियानमा सहयोगलाई निरन्तरता गर्ने प्रतिवद्धता आफैमा उपलब्धिको रूपमा रहेको जानकारी गराउनु भयो । अव साकोस अभियानले यस तालिमको विषयगत विज्ञ सहजकर्ताको माग गरी तालिम सञ्चालन गर्न सकिने समेत जानकारी गराउँनु भयो ।

यस कार्याशालामा सङ्घका कार्यक्रम तथा विकास शाखाका प्रतिनिधि नविन राज दाहालले यस तालिमको सम्पूर्ण सहकार्य तथा समन्वय गर्नु भएको थियो । यस तालिम DSIK Germany को तर्फबाट दोभासेको रुपमा गिरिराज भट्टराईले गर्नु भएको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप