सहकारी उत्कृष्टताका लागि नेतृत्व कार्यशाला सञ्चालन हुँदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी उत्कृष्टताका लागि नेतृत्व कार्यशाला सञ्चालन हुँदै

काभ्रे । नेफ्स्कून म्यानेजर्स क्लबको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा दुईदिनसम्म सञ्चालन हुने   "Lead With Purpose: Lead for Credit Union Excellence"  कार्यशाला शुरु भएको छ । कात्तिक २३ र २४ गते सञ्चालन हुने कार्यशालाको पहिलो सत्रलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणका विज्ञ सदस्य डा. रमेश चौलागाईंले नियामकिय अनुकुलताका लागि बचत ऋण सहकारीको भूमिका विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरिरहनुभएको छ । 

कार्यशालामा मानव संसाधन सम्बन्धि कार्यपत्र समेत विषयविज्ञबाट प्रस्तुत हुने क्लबले जनाएको छ । वर्षको राष्ट्रिय उत्कृष्ट व्यवस्थापन प्रमुखको संयोजकत्वमा वर्ष उत्कृष्ट संस्थाको व्यवस्थापन प्रमुख र प्रदेश उत्कृष्ट व्यवस्थापन प्रमुखहरुको संयोजकत्वमा प्रदेश वर्ष उत्कृष्ट संस्थाको व्यवस्थापन प्रमुखहरु सहित गरि म्यानेजर्स क्लव गठन गर्दै बिभिन्न क्रियाकलापहरु गर्दै आइरहेको क्लबले वार्षिक रुपमा नेतृत्व हस्तान्तरण गर्ने कार्यक्रम पनि कार्यशालासँगै रहेको समेत क्लबले जनाएको छ । साकोस म्यानेजर्स क्लवमा साकोस अभियानमा उत्कृष्ट कार्यसम्पादन प्रस्तुत गरेका व्यवस्थापन प्रमुखहरु संलग्नता रहने गरेको छ साथै साकोस क्लवलाई मार्गदर्शन प्रदान गर्न क्युरीको समेत गठन गर्ने गरीएको हुन्छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप