शेयर सदस्यहरुका लागि सहकारी शिक्षा तालिम मार्फत सुन्दर अमरगढी साकोसले मनायो चौथो वार्षिक साधारण सभा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
शेयर सदस्यहरुका लागि सहकारी शिक्षा तालिम मार्फत सुन्दर अमरगढी साकोसले मनायो चौथो वार्षिक साधारण सभा

सदस्यहरुका लागि सहकारी शिक्षा सहित सुन्दर अमरगढी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एकीकरण पश्चातको चौथो  बार्षिक साधारणसभा कार्तिक २९ गते सम्पन्न भएको छ । 

संस्थाका अध्यक्ष तेज बहादुर ऐरको अध्यक्षतामा भएको साधारण सभामा स्वागत मन्तव्य संस्थाका निमित्त उपाध्यक्ष भवानी अवस्थीले र कार्यक्रम संचालन संस्थाका सचिब प्रेम बहादुर महरले गर्नुभएको थियो । सहकारीका अध्यक्ष ऐरले सहकारीको नियमितताका लागी धेरै चुनौतीहरु रहेको बताउनु भयो । उहाँले व्यवसायीकरणमा ऋण लगानी नहुँदा असुलीमा अफ्ठ्यारो हुनु, ऋणी सदस्यहरुलाई व्यवसायीकरण गराउन नसक्नु, एकै सदस्य धेरै सहकारीहरुमा आवद्ध हुनु लगायतका मुख्य चुनौतीहरु सहकारीमा रहेको बताए । उनका चालु आर्थिक वर्षसम्म यस्ता समस्याहरु सहकारीमा देखिएपनि आगामी दिनमा कम हुने बताए । संस्थालाई माथी उकास्न कर्मचारीहरुको भुमिका महत्वपुर्ण हुने भएकाले आगामी दिनहरुमा तालीम तथा गोष्ठीको आयोजना गरी कर्मचारीहरुको क्षमता अभिवृद्धि गरिने बताउनु भएको थियो  ।

साधारणसभामा सदस्यहरूका लागि सहकारी शिक्षा कार्यक्रम समेत समावेश गरिएको थियो । कार्यक्रममा सहकारीको परिचय र उद्देश्य,सहकारीको मूल सिद्धान्त, लक्ष्य र महत्व, सहकारीका सिद्धान्तहरू,सदस्यहरूको अधिकार र कर्तव्य,नियम पालन र जिम्मेवारी, बचत तथा ऋण सम्वन्धी जानकारी,ऋण लिँदा ध्यान दिनुपर्ने कुराहरू र  गलत लगानीबाट जोगिने उपाय जस्ता बिषय बस्तुमा केन्दित भएर प्रतुतिकरण गरिएको थियो । उक्त सहकारी शिक्षा कार्यक्रमलाई नेफ्स्कूनका डडेल्धुरा सेवा केन्द्र ईन्चार्ज योगेश बोहराले सहजिकरण गर्नु भएको थियो ।
संस्थामा आर्थिक वर्ष २०८१।०८२ मा १ हजार ३ सय ४४ शेयर सदस्यहरु र करिब १ करोड ६४ शेयर पूँजी रहेको प्रतिवदेनमा उल्लेख गरिएको छ । सहकारीको आर्थिक वर्ष २०८१।०८२ को असार मसान्त सम्म १० करोड भन्दा बढी कुल सम्पत्ती रहेको छ र संस्थाले गत आ व मा ३० लाख ६८ हजार ३ सय ४० पैसा १४ रुपैया खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

संस्थाको एकीकरण पश्चातको चौथो वार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सचिब प्रेम महरले संस्थाले आर्थिक क्षेत्रमा गरेको कारोबार र प्रगतीका बारेमा जानकारी दिएका हुन । संस्थाले उक्त आर्थिक वर्षमा ५ करोड ६४ लाख ९४ हजार ६ सय २९ पैसा ७५ बचत गरेको संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार संस्थाले उक्त आर्थिक वर्षमा ८ करोड २० लाख ३६ हजार १ सय १५ पैसा ४१  रुपैया ऋण लगानी गरेको बताउनु भयो । 

संस्थाको वार्षिक प्रतिवेदन, वित्तीय विवरण, लेखापरीक्षण प्रतिवेदन तथा आगामी वर्षका योजनाहरू प्रस्तुत गरिएका थिए । सदस्यहरूले सहकारीको पारदर्शिता, सेवा गुणस्तर र जिम्मेवार सञ्चालनका विषयमा सुझाव तथा विचार व्यक्त गर्नुभएको थियो । संस्थाका पदाधिकारीहरूले एकीकरणपछि सहकारीको सेवा दायरा, आर्थिक गतिविधि र संस्थागत क्षमता थप मजबुत हुँदै गएको जानकारी दिए। साथै, आगामी वर्षहरूमा सदस्यमुखी कार्यक्रम, प्राविधिक सुधार र समुदाय विकासमा केन्द्रित भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । साधारणसभा अनुशासित, सहभागीमूलक र सफल रूपमा सम्पन्न भएको संस्थाका प्रबन्धक  तुलाराम पनेरुले जनाएका छन ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप