तिलाकर्णाली साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
तिलाकर्णाली साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण

कैलाली ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारी क्षेत्रमा सुशासन, दिगोपन र वित्तीय अनुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नियमित स्थलगत सुपरिवेक्षण कार्यलाई निरन्तरता दिएको छ। सोही कार्यक्रम अन्तर्गत घोडाघोडी ०२,नयाँबजार,कैलालीस्थित तिलाकर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड मा मंसिर १ गते स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ।

सुपरिवेक्षणको उद्देश्य सहकारीहरूलाई राज्य तथा नियामक निकायसँग समन्वय गर्दै नीति, निर्देशिका, मापदण्ड र कार्यविधिको प्रभावकारी कार्यान्वयनमा सक्षम बनाउनु, सदस्यहरूको आर्थिक सशक्तिकरणलाई प्रोत्साहन गर्नु र बचतकर्तामा विश्वास अभिवृद्धि गर्नु रहेको छ। निरीक्षणमा संस्थाको पुँजी पर्याप्तता, ऋण व्यवस्थापन, सदस्यता प्रणाली, आन्तरिक सुशासन, लेखा प्रणाली, MIS अद्यावधिक, सम्पत्ति शुद्धिकरण निवारण नीति (AML/CFT) र भाखा नाघेका ऋण असुलीका विषयहरू मूल्यांकन गरिएको थियो। निरीक्षणका क्रममा सहकारीका बचत, ऋण, लेखापरीक्षण, लगानी, सेवा–सुविधा, सदस्य सहभागिता, नेतृत्वको पारदर्शिता तथा निर्णय प्रक्रियाका पक्षहरू समेत समग्र रूपमा मूल्यांकन गरिएको थियो। स्क्यानका सूचकमा आधारित अभ्यासमार्फत सहकारीको अवस्था विश्लेषण गर्दै वित्तीय जोखिम व्यवस्थापन र आन्तरिक सुधारका लागि आवश्यक सुझावहरू प्रदान गरिएको थियो।

नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत प्रबिण अधिकारी र  साकोसको तर्फबाट व्यवस्थापक लाल बहादुर भण्डारी लगायत उच्च ब्यबस्थापनको सहभागितामा सुपरिवेक्षण सम्बन्धी सुझाव र टिप्पणीहरू लाई आगामी दिनमा पल्स मापदण्डअनुसारका सूचकहरूलाई निरन्तरता दिने र सुधारका बुँदाहरूलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरिएको छ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप