पाल्पामा सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान अभिमुखिकरण कार्यक्रम सप्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पाल्पामा सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान अभिमुखिकरण कार्यक्रम सप्पन्न 

पाल्पा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजना र जिल्ला बचत संघ पाल्पाको समन्वयमा अनुशिक्षण तथा स्क्यान अभिमुखिकरण कार्यक्रम मंसिर ९  गते पाल्पाको तानसेनमा सम्पन्न भएको छ ।

जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगदीश भट्राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख व्यक्तित्व नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल,नेफ्स्कून सञ्चालक सदस्य ज्ञानु पौड्याल रहेको कार्यक्रमको स्वागत मन्तब्य जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भुपती पाण्डेले गर्नुभएको थियो । 

४५ जनाको सहभागितामा संचालन भएको उक्त कार्यक्रममा सहभागीहरूको जिज्ञासालाई सम्बोधन गर्दै  अध्यक्ष चन्द्रप्रसाद ढकाल ले  वर्तमान सहकारी कानुनको कार्यान्वयनको अवस्था बचत ऋणको मुख्य कारोबार गर्ने सस्थाहरुले प्राधिकरणले जारी गरेको अभिलेखिकरणको प्रक्रियामा सबै साकोस जानुपर्ने र वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखिएका चुनौतिका विषयमा र कानुनको परिपालना गरि, आफ्ना क्षमता विकास गर्नु पर्ने र MIS मा नियमित रूपमा मासिक प्रतिवेदन पठाई आफ्ना संस्था को जोखिमस्तर मापन गरी संस्था लाई अझ प्रभावकारी बनाउन जोड दिनुभयो।

नेफ्स्कून सञ्चालक सदस्य ज्ञानु पौडयालले सस्थाको छवि विकासमा सदस्य केन्द्रित भएर कारोबार गर्नुपर्ने ,कर्मचारीको क्षमता विकास भए सस्था सञ्चालनमा राम्रो हुने र स्कयान कार्यक्रममा सबैलाई आवद हुन जोड दिनुभयो । जिल्ला बचत संघका अध्यक्ष जगदीश भट्राईले आफ्ना सदस्यहरूको बचतको सुरक्षा र संस्था लाई दिगो बनाउनको लागि स्क्यान कार्यक्रम प्रभावकारी रहने कुरा व्यक्त गर्नुभएको थियो।

नेफ्स्कून कार्यक्रम अधिकृत सौभाग्य भट्टराईले सहकारीको मर्यादा, मूल्य र सिद्धान्तहरूको व्यावहारिक प्रयोग र नेफ्स्कुनले प्रयोगमा ल्याएको MIS System र स्क्यान कार्यक्रम का विषयमा प्रस्तुतीकरण गर्नु भयेको थिए भने कार्यक्रम संञ्चालन र ब्यबस्थापन ब.सहायक कल्पना भण्डारीले गर्नुभएको थियो।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप