रामेछापको जुनेली साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रामेछापको जुनेली साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका ८, रामेछाप स्थित जुनेली बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) कार्यान्वयनका लागि औपचारिक रूपमा सम्झौता गरी मंसिर १२ गते आबद्ध भएको छ।

सुशासनका लागि महत्वपूर्ण कदम: सम्झौतापत्रमा मंसिर १२ गते एक कार्यक्रमका बिच नेफ्स्कून र संस्थाका प्रतिनिधिहरूले हस्ताक्षर गर्नुभएको हो। यस कार्यक्रमले संस्थालाई स्वनियमन तथा गुणस्तर सुनिश्चितताका अन्तर्राष्ट्रिय मापदण्डहरू पालना गर्दै वित्तीय सुशासन कायम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत सुमनराज घिमिरे,साकोसको तर्फबाटः अध्यक्ष उमेश विक्रम थापा को हस्ताक्षर समारोह नेफ्स्कून मन्थली सेवा केन्द्रका इन्चार्ज सुर्य बहादुर थापा एवम् संस्थाका सञ्चालक समिति र व्यवस्थापन समूहको रोहवरमा सम्पन्न भएको थियो।

सदस्य सुरक्षा र सन्तुष्टिको प्रतिबद्धताः कार्यक्रम अधिकृत सुमनराज घिमिरेले सम्झौतापछि सञ्चालक तथा व्यवस्थापनलाई स्क्यान कार्यक्रमको महत्व र यसले संस्थाको व्यावसायिकतामा पार्ने सकारात्मक प्रभावका बारेमा अभिमुखीकरण गर्नुभएको थियो। संस्थाका अध्यक्ष उमेश विक्रम थापाले स्क्यान कार्यक्रमले निर्दिष्ट गरेका मार्गदर्शन कार्यान्वयनमा कुनै कमी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सदस्य सुरक्षा र सन्तुष्टि सहितको सुशासित संस्था निर्माणका लागि व्यवस्थापन र सञ्चालक सदैव लागि पर्ने व्यक्त गर्नुभयो।

संस्थाका उपाध्यक्ष ढाल विक्रम कार्कीले स्क्यान कार्यक्रममा आबद्ध हुन पाउँदा संस्था उत्साहित भएको र यसले संस्थालाई थप व्यवस्थित र जिम्मेवार बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। स्क्यान कार्यक्रम नेफ्स्कूनद्वारा सञ्चालित एक नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम हो। यो कार्यक्रम बचत तथा ऋण सहकारी संस्थाहरूको वित्तीय सुशासन, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चितता गरी सदस्यहरूको बचतलाई सुरक्षित र स्वस्थ बनाउने विशिष्ट उद्देश्यका साथ लागू गरिएको छ। यो नेफ्स्कूनको पूर्ववर्ती स्तरीकरण कार्यक्रम (जस्तै: एक्सेस, प्रोवेसन) को परिमार्जित र एकीकृत स्वरूप हो।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप