मधेस प्रदेशमा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मधेस प्रदेशमा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न 

महोत्तरी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजनामा महोत्तरीको बर्दिबासमा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला मंसिर १६ गते सम्पन्न भएको छ । 

संघले यसै आर्थिक वर्ष देखी लागु हुने गरी सञ्चालनमा ल्याएको नियमित निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत मधेस प्रदेशबाट कार्यक्रममा आबद्ध संस्थाहरुलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा मधेस प्रदेशका ८ जिल्ला बाट  ४९ भन्दा वढि साकोसका सञ्चालक तथा कर्मचारी गरी १०६ भन्दा बढीको सहभागिता रहेको थियो ।

कार्यशालामा नेफ्स्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रम अन्तर्गत बाराका अध्यक्ष सतेन्द्र प्रसाद ठाकुर, व्यवस्थापन उपसमिति सदस्यहरू गंगा वलाम्पाकी, युगोल किशोर पञ्जियार, रामनारायण शाहको उपस्थिति रहेको थियो । उपस्थित महानुभावहरूलाई स्वागत गंगा वलाम्पाकीले गर्नु भएको थियो भने सतेन्द्र प्रसाद ठाकुरले व्यानर बाचन गरि कार्यक्रम शुभारम्भ गर्नु भएको थियो । कार्यक्रम शुभारम्भ मन्तव्यको क्रममा  सबै साकोसले जोखिम विश्लेषण गरि सुरक्षित हुनुपर्ने बताउदै प्राविधिक बिषयको सहजिकरणको लागि वरिष्ठ अधिकृत प्रेमनाथ वाग्ले लाई मञ्च हस्तान्तरण गर्नु भएको थियो ।

सहजिकरणको शुरुवातमा बरिष्ठ अधिकृत प्रेमनाथ वाग्ले ले नेफ्स्कूनले यसै आर्थिक वर्ष देखी सञ्चालनमा ल्याएको नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) को बारेमा सहभागिहरुलाई प्रस्ट पार्नुभएको थियो । संघमा आवद्ध सदस्य संघ संस्थाहरुको नियमित रुपमा निरीक्षण अनुगमन गरी जोखिम स्तर निर्धारण, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चित गर्न विगत वर्षहरुमा सञ्चालित एक्सेस, प्रोवेसन तथा कर्वस कार्यक्रमहरुको सिकाईका आधारमा थप परिमार्जन सहितको कार्यक्रमको रुपमा यस कार्यक्रमलाई ल्याइएको हो । य ले संस्थाहरुको नियमित निरीक्षण अनुगमन गरी देखिएको जोखिम व्यवस्थापन गर्न आवश्यक ज्ञान तथा सीप प्रदान गर्ने गरी सदस्यहरुको लागत सहभागितामा सञ्चालन हुने गरी यो कार्यक्रमको डिजाइन भएको छ । कार्यक्रममा संघमा आवद्ध सबै सदस्यहरुलाई सहभागि गराउने लक्ष संघको रहेको छ । 

कार्यक्रम समापनको अवसरमा सहभागीहरूको प्रतिनिधित्व गरी बडहरी साकोस धनुषाका व्यवस्थापक निर्जला लुईटेल र स्वस्तीक साकोस सर्लाहीका व्यवस्थापक बिनोद थापाले कार्यक्रम  उपलब्धी मुलक रहेको र  स्क्यान कार्यक्रम साकोसहरुको सुरक्षा र सवलताको लागि महत्वपुर्ण रहेकोले  सबै संस्थाहरु आवद्ध भएर कार्यान्वयन गर्नु पर्ने विचार राख्दै महत्वपूर्ण सुझाव समेत प्रदान गर्नु भएको थियो । सबै सहभागीहरूले कार्यशाला एवम् स्क्यान कार्यक्रम प्रभावकारी र महत्वपुर्ण रहेको प्रतिक्रिया व्यक्त गर्नु भएको थियो ।
 
कार्यक्रम समापन गर्दै व्यवस्थापन उपसमिति सदस्य युगोल किशोर पञ्जियारले नियामक निकायबाट कानुनी प्रावधान थप गरेकोले स्क्यानले सो बिषयलाई समेत महत्त्वका साथ समेटेकोले सबै साकोसहरूले प्राथमिकतामा राखेर कार्यान्वयन गरेमा जोखिम व्यवस्थापनमा सहजता हुने विचार राख्नु भयो ।

कार्यक्रमको सहिजकरण संघका वरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले गर्नुभएको थियो । कार्यक्रम संचालन कार्यक्रम अधिकृत रामकृष्ण भट्टराईले गर्नु भएको थियो भने व्यवस्थापन जनकपुर सदस्य सेवा कार्यालय ईञ्चार्ज राजेन्द्र ढकाल, सहजकर्ता श्याम बुढाथोकी, रम्भु पंडित र रामानन्द प्रसाद यादवले गर्नु भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप