चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सघं लिमिटेड (नेफ्स्कून) द्वारा पुल्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड को मंसिर १८ गते नियमित निरिक्षण तथा अनुगमनको स्थलगत सुपरिवेक्षण सम्पन्न भएको छ ।
नेफ्स्कूनद्वारा सहकारी संस्थाहरुको पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितता, जोखिम न्यूनीकरण र सुशासन तथा दिगोपनामा अभिबृद्धिका लागी सहकारी संस्थाहरुमा स्थलगत अनुगमन प्रभाबकारी रुपमा अघि बढाइएको हो । संस्थाको स्तरीकरणका लागि बिभिन्न बिषयहरु जस्तैः बचत, ऋण, ब्याजदर, बार्षिक योजना, सम्पति शुद्धिकरण निवारण नितिको पालना, नियामकिय निकायहरुबाट दिएको निर्देशनको परिपालना, संस्थाको भाखा नाघेको ऋण असुली, पूँजी प्रर्याप्तता अनुपात लगायत समग्र आर्थिक अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुविधाको बिषयमा सुपरिवेक्षण गरीएको थियो ।
नेफ्स्कून कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिनाद्धारा भएको स्थलगत सुपरिवेक्षणमा सुपरिवेक्षण पश्चात संस्थालाई सुधार गर्नुपर्ने बिषयहरुमा सुझाव प्रदान गरी उक्त सुझावहरुमा कार्ययोजना तय गरी कार्यान्वयन गर्ने प्रतिवद्धता संस्थाले गरेको छ । सुपरिवेक्षणमा संस्थाका सञ्चालक समिति, व्यवस्थापक र व्यवस्थापन तहका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
२२ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२२ घण्टा अगाडि
३ दिन अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
२१ दिन अगाडि
१० दिन अगाडि
१२ दिन अगाडि
१३ दिन अगाडि