नेफ्स्कूनद्धारा सञ्चालित सिटिइभिटि अन्तर्गतको म्यानेजर्स कोर्षको अनुभव
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्धारा सञ्चालित सिटिइभिटि अन्तर्गतको म्यानेजर्स कोर्षको अनुभव

शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) बाट मान्यता प्राप्त छोटो अवधिको तालिम कार्यक्रम अन्तरगत सहकारी व्यवस्थापक कोर्षको (सातौं व्याच) सचालन भईरहेको छ । कुल ६०० घण्टाको कोर्षमध्ये ९६ घण्टा सैद्धान्तिक कक्षा, ३४४ घण्टाको व्यवहारिक कक्षा र १६० घण्टा कार्यगत अभ्यास गर्नुपर्ने व्यवस्था रहेको यो कोर्षमा ८० प्रतिशत व्यवहारीक २० प्रतिशत सैद्भान्तिक ९६ घण्टाको सैद्धान्तिक कक्षामध्ये १८ घण्टा अर्थात ३ दिनको कक्षालाई भौतिक रुपमा सञ्चालन गरिने र अभौतिक कक्षा जुम मार्फत विहान ७ः०० बजेदेखि ९ः०० बजेसम्म सञ्चालन गरिदै आएको छ । ५०४ घण्टाको व्यवहारिक कक्षाका लागि विभिन्न परियोजना कार्यहरु सम्पन्न गर्न लगाई सो को परिक्षण समेत गरिने भएकाले यो कार्यक्रम धेरै प्रभाबकारी भएको कुरा बताउने केही प्रतिनिधि मुलुक व्यवस्थापकहरूको अनुभबलाई जस्ताको त्यस्तै साकोस आवाजमा साभार गरिएको छ । 

 १.व्यवस्थापक कोर्षले क्षमता अभिवृद्धि गर्नमा सहयोग 
नेपाल सरकारले जारी गरेको तीन खम्बे अर्थनिति को तेस्रो खम्बा को रूपमा रहेको सहकारी क्षेत्रका संस्थाहरूलाई दिगो र उत्कृष्ट बनाउँदै देशको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नका निम्ति, संस्थामा सक्षम नेतृत्व र कुशल व्यवस्थापनको महत्त्वपूर्ण भूमिका हुन्छ। साथै, संस्थाका सदस्यहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै, पारदर्शी र प्रभावकारिता पक्ष लाई सबल बनाउनका निम्ती नेफ्स्कून ले संचालन गर्दै आएको CTEVT बाट सम्बन्धन प्राप्त सहकारी व्यवस्थापक कोर्षले व्यवस्थापकको क्षमता अभिवृद्धि गर्नका लागि निकै प्रभावकारी देखिएको छ।
२.कोर्षको संरचना र त्यसको प्रभाव
नेफ्स्कून द्वारा संचालन गरिएको यस कोर्षमा पन्ध्र वटा मोड्युलहरू समावेश गरिएको छ।जसले संस्थाको संरचना, रणनीति, कानुनी दायर, सेवा प्रवाह र मानव संसाधन व्यवस्थापन जस्ता विभिन्न पाठ्यक्रममा गहिरो र व्यावहारिक ज्ञान प्रदान गर्दछ। यसमा सैद्धान्तिक र व्यावहारिक दुवै शैलीमा प्रशिक्षण गरिएको हुँदा, कोर्सले सकारात्मक प्रभाव पारिरहेको छ। 
३. उत्कृष्ट प्रशिक्षक हरू द्वारा प्रशिक्षण 
सहकारी क्षेत्रमा लामो समयदेखि कार्यरत बौद्विक व्यक्तित्वहरूले, यस कोर्षको विभिन्न मोड्युलहरूमा सहजिकरण गर्नाले, कोर्सको सिकाइ प्रभावकारी भइरहेको छ। 
४.नेतृत्व विकास
यो कोर्षले व्यवस्थापकको नेतृत्वदायी भुमिका विकास गरी, संस्थामा मानव संसाधनको सही व्यवस्थापन गर्दै, संस्थाको उद्देश्य प्राप्त गर्नमा महत्त्वपूर्ण भूमिका खेल्दछ। 
५.संस्थागत सुधार गर्नमा महत्वपूर्ण भुमिका
यस कोर्षले व्यवस्थापकहरूलाई दक्ष बनाइ, संस्थामा भइरहेको कमी कमजोरी सुधार र विभिन्न योजनाहरू निर्माण गर्नमा सहयोग गर्छ।साथै, संस्थाको आन्तरिक कार्यबिधि निर्माण, रणनीतिक योजना निर्माण, र ऐन कानुनहरूको पालन गर्नमा पनि मद्दत गर्छ।                                                                     

                                                                                                         रोेशन बहादुर सिंह
                                                                                                                अधिकृत
                                                                                          बछलेश्वरी साकोस, कोटेश्वर काठमाण्डौ

प्रशिक्षण – कोर्सका प्रशिक्षकहरू अनुभवी र सहयोगी थिए। सिकाइका सबै विषयहरू सजीलो भाषामा स्पष्ट रूपमा बुझाइयो। व्यवहारिक सामग्री – सहकारी व्यवस्थापन, वित्तीय योजना, नेतृत्व, पारदर्शिता र सदस्य व्यवस्थापनजस्ता अत्यन्तै उपयोगी विषयहरू समेटिएका थिए। सिकाइको  वातावरण – कक्षा मैत्रीपूर्ण थियो र साथीहरूबीच अनुभवहरू आदान–प्रदान गर्न पाउँदा सिकाइ अझै प्रभावकारी भयो। आत्मविश्वासमा वृद्धि – कोर्सपछि सहकारी कसरी सञ्चालन र व्यवस्थापन गर्ने भन्ने बारेमा दृढ ज्ञान र आत्मविश्वास बढ्यो। उपयोगी – सहकारी क्षेत्रमा काम गर्न, नेतृत्व भूमिकामा जान वा आफ्नो सहकाखरी सुधार गर्न चाहनेहरूको लागि अत्यन्त लाभदायक कोर्स। समग्र मूल्यांकन – यो कोर्स अत्यन्त उपयोगी, व्यावहारिक र परिणाममुखी छ।                                                                                                                                                             

                                                                                                    निरज राजपुत्र
                                                                                                सामुदायिक साकोस
                                                                                                  न्युरोड,काठमाडौं

म्यानेजर कोर्ष धेरै राम्रो छ । मेरो अनुभवमा म्यानेजर कोर्ष सम्पूर्ण व्यवस्थापकज्यूहरुले लिनुपर्ने कोर्ष रहेछ । यसबाट एउटा संस्था के–कसरी संचालन गर्न सकिन्छ भनेर सिक्ने आधार हो । एक कुशल व्यवस्थापकमा हुनुपर्ने गुणहरुको बारेमा जान्ने मौका मिलेको छ ।  सैद्धान्तिक कक्षा सँगै प्रयोगात्मक कक्षा बढि हुनेभएकोले सिकाई झन राम्रो भएको । व्यवस्थापकको बौद्धिक विकासमा टेवा पुगेको छ ।   
                                                                                                                  कमला लामा
                                                                                                                   व्यवस्थापक
                                                                                                              मित्रपार्क–७, काठमाण्डौं 

                                                                                                       नव दीपज्योति महिला उत्थान साकोस

१.नियमनकारी अनुपालनमा सुधारस् सहकारी ऐन, नियम तथा बचत तथा ऋण कारोबार निर्देशिका सम्बन्धी गहन ज्ञान प्राप्त हुने, जसले संस्थालाई कानुनी परिधिभित्र रही सुरक्षित सञ्चालन गर्न मद्दत गर्छ।
​२. संस्थागत सुशासन र जोखिम व्यवस्थापनस् उत्कृष्ट सुशासन (Good Governance) का अभ्यासहरू अवलम्बन गर्न र वित्तीय जोखिमहरू (Financial Risks) लाई कुशलतापूर्वक पहिचान गरी व्यवस्थापन गर्न व्यवस्थापकको क्षमता वृद्धि हुन्छ।                                                                                   

                                                                                                               राम प्रसाद तिमल्सिना
                                                                                                                         नेफ्स्कून

व्यवस्थापकहरूको भनाईलाई नै आधार मान्नि हो भने यो कोर्ष पूरा गरेका व्यवस्थापक/पदाधिकारीहरुले सहकारी संस्थामा सुशासन, वित्तीय नियन्त्रण, लेखा परीक्षण, जोखिम व्यवस्थापन, पारदर्शिता, दिगोपन जस्ता अभ्यासहरु लागू गर्न सक्छन् — जसले संस्थालाई मजबुत र विश्वासिलो बनाउँछ। दक्ष व्यवस्थापन भएका सहकारीहरुबाट पारदर्शी सेवा, सुरक्षित बचत तथा लगानी पाउने सम्भावना बृद्धि सदस्यहरुको विश्वास बढाउँछ, संस्थागत स्थिरता ल्याउँछ र सहकारी अभियानलाई दीर्घकालीन रूप दिन मद्दत गर्दछ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१५ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप