पनौती स्थित सामुदायिक साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पनौती स्थित सामुदायिक साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध 

काभ्रे । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती नगरपालिका,४ टौखाल,काभ्रे ले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) मा मंसिर १७ गते आबद्धता जनाएको छ । 

सहकारी ऐन २०७४ को व्यवस्था बमोजिम संघद्धारा यो कार्यक्रमको शुरुवात गरिएको थियो । संघको ३८ औं स्थापना दिवसको दिन सार्वजनिक भएको नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) ले संघका सबै सदस्य संघ संस्थाहरुलाई अनुगमन तथा निरिक्षण गरी आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ ।

नेफ्स्कूनले आफ्ना सदस्य संघ संस्थाहरुको गुणस्तर मापन गर्ने उद्धेश्यले स्क्यान कार्यक्रमको सुरुवात गरेको हो । स्क्यान कार्यक्रममा संस्थाको वित्तीय विवरण,शुसासनको अवस्था,कानूनी परिपालना र जोखीम को स्तर मापन गरी स्क्यान मार्फत सुपरिवेक्षण गरिरहेको छ ।  

सस्थाको मुख्य कार्यालयमा आयोजित सम्झौता कार्यक्रममा साकोसका अध्यक्ष मुकुन्द शर्मा वाग्ले, प्रमुख कार्यकारी अधिकृत मदन बस्नेत र अन्य व्यवस्थापन तहका कर्मचारीहरु नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल, कार्यक्रम अधिकृत राजन सुवेदि र बनेपा सदस्य सेवा कार्यालयका व्यवसाय सहायक दिनेश सत्याल र लक्ष्मी प्रसाद मानन्धरको उपस्थिति रहेको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप