मकवानपुर । नेफ्स्कूनद्धारा जन जागृति साकोस मकवानपुरगढी गाउपालिका ७, सुकौरा मकवानपुरको स्क्यान अन्तर्गत पहिलो निरिक्षण तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण मंसिर १७ गते सम्पन्न भएको छ ।
संस्थाको वित्तिय अवस्था,नीतिगत अवस्था तथा कार्यान्वयन, नियामकीय व्यवस्थाको परिपालना र सुशासन व्यवस्थापनका आधारभूत पक्षहरुको स्थलगत सुपरिवेक्षण सम्पन्न गरिएको हो । संस्थाको व्यवस्थापक भगवती खतिवडाले संस्थामा आन्तरिक तथा नीतिगत सुधार सहित मार्गदर्शनका लागि स्क्यान कार्यक्रममा आवद्ध भएको बताउँदै कार्यक्रमबाट संस्थाको आन्तरिक सुदृढीकरणमा सहयोग पुगेको तथा निरन्तर सुपरिवेक्षण र मार्गदर्शनको अपेक्षा गरेको बताउनु भयो ।
संस्थाका अध्यक्ष हिरामाया स्याङतानले नेफ्स्कूनको नियमित सुपरिवेक्षणबाट संस्था सुधारमा मार्गदर्शन प्राप्त गरेको तथा संस्थाको निरन्तर विकासमा साकोसको सञ्चालक र व्यवस्थापन सक्रिय रहेको बताउनु भयो । स्थलगत सुपरिवेक्षण नेफ्स्कूनका कार्यक्रम अधिकृत सोविता मैनालीले गर्नु भएको थियो ।
८ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
१४ दिन अगाडि
१५ दिन अगाडि
१४ दिन अगाडि
१३ दिन अगाडि
११ दिन अगाडि
७५ दिन अगाडि
७४ दिन अगाडि
४८ दिन अगाडि