रुपन्देही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सघं लिमिटेड (नेफ्स्कून) द्वारा आफन्त बचत तथा ऋण सहकारी संस्था लिमिटेड देवदह न.पा., ११ रुपन्देहीको मंसिर १९ गते नियमित अनुगमन तथा निरिक्षणको स्थलगत सुपरिवेक्षण सम्पन्न भएको छ ।
नेफ्स्कूनद्वारा सहकारी संस्थाहरुको पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितता, जोखिम न्यूनीकरण र सुशासन तथा दिगोपनामा अभिबृद्धिका लागी सहकारी संस्थाहरुमा स्थलगत अनुगमन प्रभाबकारी रुपमा अघि बढाइएको हो । संस्थाको स्तरीकरणका लागि बिभिन्न बिषयहरु जस्तैः बचत, ऋण, ब्याजदर, बार्षिक योजना, सम्पति शुद्धिकरण निवारण नितिको पालना, नियामकिय निकायहरुबाट दिएको निर्देशनको परिपालना, संस्थाको भाखा नाघेको ऋण असुली, पुँजी प्रर्याप्तता अनुपात लगायत समग्र आर्थिक अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुविधाको बिषयमा सुपरिवेक्षण गरीएको थियो । स्क्यान कार्यक्रम अन्तरर्गत प्रोबेशनमा आबद्ध रहेको आफन्त साकोसको समग्र कानुनी जोखिम, वित्तीय जोखिम, ऋण जोखिम, तरलता जोखिम र सञ्चालन तथा सुशासन जोखिममा केन्द्रीत रही संस्थाको जोखिम न्यूनीकरण गर्ने सुझाव पेश गरिएको थियो ।
नेफ्स्कून बरिष्ठ अधिकृत कोमल राज अधिकारी र बरिष्ठ सहायक कल्पना भण्डारीद्धारा भएको स्थलगत सुपरिवेक्षणमा सुपरिवेक्षण पश्चात संस्थालाई सुधार गर्नुपर्ने बिषयहरुमा सुझाव प्रदान गरी उक्त सुझावहरुमा कार्ययोजना तय गरी कार्यान्वयन गर्ने प्रतिवद्धता संस्थाले गरेको छ । सुपरिवेक्षण कार्यमा सहभागि संस्थाका सञ्चालक समिति र व्यवस्थापनको सहभागिता रहेको थियो ।
१ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
२ दिन अगाडि
६ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
१४ दिन अगाडि
५ दिन अगाडि
३ दिन अगाडि
१२ दिन अगाडि