काठमाडौं । कागेश्वरी मनोहरा ४, ब्रह्मखेल,काठमाडौं स्थित उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहजीकरणमा एक दिवशीय कर्मचारीहरुको क्षमता विकास तालिम स्मार्ट महल, धुम्बाराही काठमाडौंमा मंसिर २७ गते सम्पन्न भएको छ ।
तालिममा कर्मचारीहरुले सदस्यहरूसँग गर्ने व्यवहार, सेवाग्राहीमैत्री सेवा प्रवाह, कार्यालय व्यवस्थापन प्रणाली, कर्मचारी आचारसंहिता, कर्मचारीको काम, कर्तव्य तथा अधिकार, प्रचलित सहकारी ऐन, नियमावली तथा अन्य कानुनी प्रावधानहरूको बारेमा विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै, सहकारी संस्थामा बचत तथा ऋण व्यवस्थापन सम्बन्धी विषयमा गहिरो रूपमा छलफल भएको थियो।
नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत भरत प्रसाद न्यौपानेद्धारा भएको तालिमको सहजीकरणमा सहकारी संस्थामा कर्मचारीको भूमिकालाई प्रभावकारी बनाउने, सदस्यको विश्वास अभिवृद्धि गर्ने , संस्थागत सुशासन कायम राख्ने तथा वित्तीय अनुशासनको महत्वबारे सहभागीहरूलाई व्यवहारिक उदाहरणसहित जानकारी गराउनुभएको थियो।
साकोसका २० कर्मचारीहरूको सहभागितामा सञ्चालित तालिममा सहभागीहरूले तालिमबाट दैनिक कार्यसम्पादनमा देखिने चुनौतीहरू समाधान गर्न, सदस्यसँगको सम्बन्ध सुधार गर्न तथा संस्थाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको प्रतिक्रिया दिएका थिए।
उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी संस्थाको दिगो विकासका लागि मानव स्रोतको क्षमता विकासलाई प्राथमिकतामा राख्दै यस्ता तालिम तथा अभिमुखीकरण कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै आएको छ। संस्थाका अनुसार यस प्रकारका तालिमले कर्मचारीहरूलाई जिम्मेवार, उत्तरदायी र दक्ष बनाउँदै सहकारीप्रति सदस्यहरूको विश्वास थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ।
१३ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
३ दिन अगाडि
६ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
१४ दिन अगाडि
६ दिन अगाडि
४ दिन अगाडि
१३ दिन अगाडि