उज्यालो संपद साकोसका कर्मचारीका लागि क्षमता विकास तालिम सञ्चालन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
उज्यालो संपद साकोसका कर्मचारीका लागि क्षमता विकास तालिम सञ्चालन 

काठमाडौं । कागेश्वरी मनोहरा ४, ब्रह्मखेल,काठमाडौं स्थित उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहजीकरणमा एक दिवशीय कर्मचारीहरुको क्षमता विकास तालिम स्मार्ट महल, धुम्बाराही काठमाडौंमा मंसिर २७ गते सम्पन्न भएको छ । 

तालिममा कर्मचारीहरुले सदस्यहरूसँग गर्ने व्यवहार, सेवाग्राहीमैत्री सेवा प्रवाह, कार्यालय व्यवस्थापन प्रणाली, कर्मचारी आचारसंहिता, कर्मचारीको काम, कर्तव्य तथा अधिकार, प्रचलित सहकारी ऐन, नियमावली तथा अन्य कानुनी प्रावधानहरूको बारेमा विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै, सहकारी संस्थामा बचत तथा ऋण व्यवस्थापन सम्बन्धी विषयमा गहिरो रूपमा छलफल भएको थियो।

नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत भरत प्रसाद न्यौपानेद्धारा भएको तालिमको सहजीकरणमा  सहकारी संस्थामा कर्मचारीको भूमिकालाई प्रभावकारी बनाउने, सदस्यको विश्वास अभिवृद्धि गर्ने , संस्थागत सुशासन कायम राख्ने तथा वित्तीय अनुशासनको महत्वबारे सहभागीहरूलाई व्यवहारिक उदाहरणसहित जानकारी गराउनुभएको थियो।

साकोसका २० कर्मचारीहरूको सहभागितामा सञ्चालित तालिममा सहभागीहरूले तालिमबाट दैनिक कार्यसम्पादनमा देखिने चुनौतीहरू समाधान गर्न, सदस्यसँगको सम्बन्ध सुधार गर्न तथा संस्थाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको प्रतिक्रिया दिएका थिए।

उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी संस्थाको दिगो विकासका लागि मानव स्रोतको क्षमता विकासलाई प्राथमिकतामा राख्दै यस्ता तालिम तथा अभिमुखीकरण कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै आएको छ। संस्थाका अनुसार यस प्रकारका तालिमले कर्मचारीहरूलाई जिम्मेवार, उत्तरदायी र दक्ष बनाउँदै सहकारीप्रति सदस्यहरूको विश्वास थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

पाठकबाट थप