स्थिरीकरण कोषको चौथो वार्षिक परामर्श बैठक सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थिरीकरण कोषको चौथो वार्षिक परामर्श बैठक सम्पन्न

काठमाडौं । स्थिरीकरण कोषको चौथो वार्षिक परामर्श बैठक २०८२ नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा अल्फा हाउस, नयाँ बानेश्वरमा पुष ०५ गते सम्पन्न भएको छ । भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका महाशाखा प्रमुख तथा यस कार्यक्रमका प्रमुख व्यत्तित्व मदन कोइरालाले दिप प्रज्वलन साथै खुत्रुकेमा बचत गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । 

कार्यक्रममा सहकारी विभागका सहकारी रजिष्टार उमेश ढुगांना, पूर्व अध्यक्ष, स्थिरीकरण कोष सञ्चालन समिति,परितोष पौडेल स्थिरीकरण कोष सञ्चालन समिती पुर्व अध्यक्ष,डी.वी.बस्नेत,कोषको परिकल्पनाकार, ऋषिराज घिमिरे,नेफ्स्कूनका सल्लाहकार मिनराज कंडेल,  नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी लगाएत,कोष सञ्चालन समितिका सदस्य सचिव एवम् नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा, कोषमा योगदान गर्ने साकोसहरुका प्रतिनिधिहरु, नेफ्स्कून सञ्चालकहरु उच्च व्यवस्थापन लगायतको सहभागिता रहेको थियो ।

स्थिरीकरण कोष सञ्चालन समिति, सदस्य सचिव, डा शिवजी सापकोटाले, बचत तथा ऋण सहकारी क्षेत्रको जोखिम व्यवस्थापनमा स्थिरीकरण कोषको भूमिका,विषयमा प्रकाश पार्दै आबद्ध सस्थाको तरलता कायम राख्न सहयोग गर्नु,समस्याग्रस्त सहकारीको बचाउको लागि सापटी प्रदान गर्नु,समस्याग्रस्त भएको अवस्थामा व्यवस्थापन खर्च व्यहोर्नु,अग्रीम जोखिम सुपरिवेक्षण गरी स्तरीय सञ्चालनको प्रत्याभुती दिनु र स्तरीय सञ्चालनका मानकहरु कार्यान्वयन गर्न अभियानलाई सहजीकरण गर्नु नै स्थिरीकरण कोषको उद्धेश्य रहेको बताउनु भएको थियो । 

बैठकमा प्रगती समिक्षा, लेखापरीक्षण प्रतिवेदन,परामर्श बैठक,कोषको प्रतिवेदन तथा अनुगमन ढाँचाहरुको संशोधन र कार्यविधि संशोधन सम्बन्धमा छलफल भएको थियो ।  बैठकमा प्रस्तुत गरिएको आर्थिक वर्षको प्रगति विवरणहरु समेटिएको अध्यक्षको प्रतिवेदन, चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट, लेखा परिक्षण प्रतिवेदन र बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि २०७६ को संशोधन प्रस्ताव पारित गरिएको थियो । 

बैठकमा कोषमा योगदान गर्ने सँगै सम्भावित योगदानकर्ताहरुको उपस्थिति थियो । सााथै २१ वटा संस्थालाई सहभागीताको प्रमाणपत्र वितरण गरीएको थियो । स्थिरीकरण कोष सञ्चालन समिति सदस्य देवनारायण पौडेलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन स्थिरीकरण कोषका सञ्चालन समिति सदस्य  गोमा नेपालले गर्नु भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप