नेफ्स्कूनको ३४औँ वार्षिक साधारणसभा सम्पन्न, साकोस अभियानको सञ्जालिकरण र बचत सुरक्षामा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३४औँ वार्षिक साधारणसभा सम्पन्न, साकोस अभियानको सञ्जालिकरण र बचत सुरक्षामा जोड

काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को ३४औँ वार्षिक साधारणसभा पौष ४ गते हेरिटेज गार्डेन, सानेपा हाइट, ललितपुरमा सम्पन्न भएको छ।

संघका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न साधारणसभामा आर्थिक वर्ष २०८१/८२ मा साकोस अभियानको नेतृत्व गर्दै सम्पादन गरिएका कार्यहरूको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ढकालले सहकारी ऐन संशोधन मार्फत बचत तथा ऋण सहकारीहरूको व्यवस्थापनमा नेपाल राष्ट्र बैंकले नियामक मापदण्ड दिन सक्षम भए पनि साकोस अभियानको अपेक्षा भने पूर्णरूपमा पूरा हुन नसकेको उल्लेख गर्नुभयो।

साकोस ऐन हाम्रो आवश्यकता भएकाले यसको प्राप्तिका लागि निरन्तर प्रयास जारी रहनेछ। साकोस अभियानको अबको गन्तव्यका रूपमा अभियानको सञ्जालिकरणलाई अघि बढाइएको छ।” सेवाहरूको स्तरीकरणमार्फत सदस्यहरूको बचत सुरक्षित गर्न अभियान सक्षम हुने विश्वास व्यक्त गर्दै उहाँले कानुनी वातावरण विकासका लागि नेफ्स्कून सधैँ संवेदनशील र सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो।

नेफ्स्कून सवैको साझा स्थल भएको नेफ्स्कूनले हरेक परिस्थितिमा आफ्ना सदस्यलाई मार्ग दर्शन गरेको छ र सदस्यको जीवन स्तर सुधारमा ल्याउनको लागि सधै क्रियाशिल रहेको कुरा नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले स्वागत मन्तव्य राख्दै व्यक्त गर्नुभयको थियो । 

आर्थिक वर्ष २०८१/र८२ को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। उहाँले बहस तथा पैरवी, साकोस अभियानको वित्तीय स्वस्थता, जोखिम व्यवस्थापन, कार्यक्रम तथा विकास, मानव स्रोत विकास र अभियान सुदृढीकरणका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको संघका महासचिव घनश्याम अधिकारीले जानकारी दिनुभयो।

कोषाध्यक्ष दीपक थापाले आर्थिक वर्ष २०८१/८२ को आय–व्यय विवरण प्रस्तुत गर्दै प्रारम्भिक संस्थाहरूको सुरक्षामार्फत मात्र सहकारी अभियान सुरक्षित हुने र आम सदस्यहरूको बचतको पूर्ण सुरक्षा सुनिश्चित गर्न सकिने धारणा व्यक्त गर्नुभयो। संघले ऋण लगानीको जोखिम व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर अघि बढिरहेको कुरा स्पष्ट पार्नुभयो।

साधारणसभापछि संघको नेतृत्वले भाखा नाघेका ऋणको असुलीलाई नीतिगत प्राथमिकतामा राखी सोहीअनुसार व्यवस्थापनलाई कार्यभार सुम्पिएको जानकारी गराइएको थियो।

सभामा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन समिति संयोजक दुर्गा तिवारी संजेलले प्रस्तुत गर्नुभयो। अध्यक्ष, महासचिव, कोषाध्यक्ष तथा लेखा सुपरिवेक्षण समितिका प्रतिवेदनहरूमाथि सदस्यहरूबीच घनिभूत छलफल गर्दै प्राप्त राय, सल्लाह र सुझाव समेटी सर्वसम्मत रूपमा पारित गरिएको थियो।

साधारणसभाले संघको विनियम संशोधन, आन्तरिक कार्यविधि, संकल्प प्रस्ताव लगायत पूर्वनिर्धारित ११ वटा एजेण्डामाथि छलफल गरी पारित गरेको छ । १४०० भन्दा बढि सदस्य संस्थाहरुको सहभागीतामा रहेको  कार्यक्रमको सञ्चालन संघका महासचिव घनश्याम अधिकारीले गर्नुभएको थियो।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४० दिन अगाडि

पाठकबाट थप