नेफ्स्कूनको ३४औँ वार्षिक साधारणसभा सम्पन्न, साकोस अभियानको सञ्जालिकरण र बचत सुरक्षामा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३४औँ वार्षिक साधारणसभा सम्पन्न, साकोस अभियानको सञ्जालिकरण र बचत सुरक्षामा जोड

काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को ३४औँ वार्षिक साधारणसभा पौष ४ गते हेरिटेज गार्डेन, सानेपा हाइट, ललितपुरमा सम्पन्न भएको छ।

संघका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न साधारणसभामा आर्थिक वर्ष २०८१/८२ मा साकोस अभियानको नेतृत्व गर्दै सम्पादन गरिएका कार्यहरूको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ढकालले सहकारी ऐन संशोधन मार्फत बचत तथा ऋण सहकारीहरूको व्यवस्थापनमा नेपाल राष्ट्र बैंकले नियामक मापदण्ड दिन सक्षम भए पनि साकोस अभियानको अपेक्षा भने पूर्णरूपमा पूरा हुन नसकेको उल्लेख गर्नुभयो।

साकोस ऐन हाम्रो आवश्यकता भएकाले यसको प्राप्तिका लागि निरन्तर प्रयास जारी रहनेछ। साकोस अभियानको अबको गन्तव्यका रूपमा अभियानको सञ्जालिकरणलाई अघि बढाइएको छ।” सेवाहरूको स्तरीकरणमार्फत सदस्यहरूको बचत सुरक्षित गर्न अभियान सक्षम हुने विश्वास व्यक्त गर्दै उहाँले कानुनी वातावरण विकासका लागि नेफ्स्कून सधैँ संवेदनशील र सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो।

नेफ्स्कून सवैको साझा स्थल भएको नेफ्स्कूनले हरेक परिस्थितिमा आफ्ना सदस्यलाई मार्ग दर्शन गरेको छ र सदस्यको जीवन स्तर सुधारमा ल्याउनको लागि सधै क्रियाशिल रहेको कुरा नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले स्वागत मन्तव्य राख्दै व्यक्त गर्नुभयको थियो । 

आर्थिक वर्ष २०८१/र८२ को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। उहाँले बहस तथा पैरवी, साकोस अभियानको वित्तीय स्वस्थता, जोखिम व्यवस्थापन, कार्यक्रम तथा विकास, मानव स्रोत विकास र अभियान सुदृढीकरणका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको संघका महासचिव घनश्याम अधिकारीले जानकारी दिनुभयो।

कोषाध्यक्ष दीपक थापाले आर्थिक वर्ष २०८१/८२ को आय–व्यय विवरण प्रस्तुत गर्दै प्रारम्भिक संस्थाहरूको सुरक्षामार्फत मात्र सहकारी अभियान सुरक्षित हुने र आम सदस्यहरूको बचतको पूर्ण सुरक्षा सुनिश्चित गर्न सकिने धारणा व्यक्त गर्नुभयो। संघले ऋण लगानीको जोखिम व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर अघि बढिरहेको कुरा स्पष्ट पार्नुभयो।

साधारणसभापछि संघको नेतृत्वले भाखा नाघेका ऋणको असुलीलाई नीतिगत प्राथमिकतामा राखी सोहीअनुसार व्यवस्थापनलाई कार्यभार सुम्पिएको जानकारी गराइएको थियो।

सभामा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन समिति संयोजक दुर्गा तिवारी संजेलले प्रस्तुत गर्नुभयो। अध्यक्ष, महासचिव, कोषाध्यक्ष तथा लेखा सुपरिवेक्षण समितिका प्रतिवेदनहरूमाथि सदस्यहरूबीच घनिभूत छलफल गर्दै प्राप्त राय, सल्लाह र सुझाव समेटी सर्वसम्मत रूपमा पारित गरिएको थियो।

साधारणसभाले संघको विनियम संशोधन, आन्तरिक कार्यविधि, संकल्प प्रस्ताव लगायत पूर्वनिर्धारित ११ वटा एजेण्डामाथि छलफल गरी पारित गरेको छ । १४०० भन्दा बढि सदस्य संस्थाहरुको सहभागीतामा रहेको  कार्यक्रमको सञ्चालन संघका महासचिव घनश्याम अधिकारीले गर्नुभएको थियो।

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

२ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

३ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

५ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

६ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

६ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

६ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

Notice
Notice

१० दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२६ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२३ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप