अखण्ड साकोसको आयोजनामा सञ्चालक क्षमता विकास तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अखण्ड साकोसको आयोजनामा सञ्चालक क्षमता विकास तालिम सम्पन्न

काठमाडौं । अखण्ड बचत तथा ऋण सहकारी संस्था लि. काठमाण्डौ महानगरपालिका वडा नं. १४ कलंकीको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहजीकरणमा सञ्चालकहरूको क्षमता विकास दुई दिवशीय तालिम पुष ११ गते पनौती काभ्रेपलाञ्चोकमा सम्पन्न भएको छ । 

संस्थाका अध्यक्ष दामोदर लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा साकोसका २२ जनाको उपस्थिति रहेको थियो । व्यवसाय अधिकृत उमेश कोइरालाले सहजीकरण गर्नुभएको  कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन भएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि चन्द्र प्रसाद ढकालले सहकारी क्षेत्रको दिगो विकास र व्यवसायीकरणका लागि संस्थाको सञ्चालकहरूको क्षमता अत्यन्तै महत्वपूर्ण भएको र सहकारीका सञ्चालकहरूले जोखिम व्यवस्थापन, वित्तीय पारदर्शिता र सदस्यहरूको हितमूलक नेतृत्व क्षमता हासिल गर्नुपर्ने आवश्यकतामा जोड दिदैँ आफ्ना सहकारी संस्थाका सदस्यहरूको आर्थिक सशक्तिकरण र सामुदायिक विकासको केन्द्रबिन्दुमा सञ्चालकहरूको भूमिका अझ प्रभावकारी बनाउन यस्ता तालिमहरू अपरिहार्य रहेको बताउँदै सहकारी आन्दोलनको सफलता सञ्चालक समितिको दक्षता, ईमान्दारी र दूरदृष्टिमा निर्भर छ । यसका लागि यो तालिमले आवश्यक ज्ञान, सिप र दक्षता प्रदान गर्ने कुरा राख्दै सञ्चालकहरूले नैतिकताको उच्च मापदण्ड कायम राख्दै, सदस्यहरूको विश्वास र समुदायको आकांक्षालाई केन्द्रमा राखेर नेतृत्व गर्नुपर्ने कुरा व्यक्त्त गर्नुभयो । सहकारी संस्थाहरूको सफलताको आधार सदस्यहरूको सन्तुष्टि र विश्वास रहेको बताउदै प्रमुख अतिथिले सञ्चालकहरूले प्रत्येक निर्णय गर्दा सदस्यहरूको आवश्यकता र सन्तुष्टिलाई राख्नुपर्छ । साथै गोपनीयताको सिद्धान्त अत्यन्त महत्त्वपूर्ण रहेको र सदस्यहरूको वित्तीय कारोवार, व्यक्तिगत जानकारीहरू र संस्थागत गोपनीयता कायम गर्नु सञ्चालकहरूको नैतिक जिम्मेवारी रहेको कुरा जानकारी गराउनु भयको थियो ।

विशिष्ट अतिथि संस्थाका संस्थापक अध्यक्ष प्रमोद अधिकारीको उपस्थिति रहेको कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले नेतृत्व विकासको विषयमा सहजीकरण गर्नुभएको थियो ।

तालिम कार्यक्रममा समितिको काम कर्तव्य र अधिकार, वित्तीय व्यवस्थापन, नियमनका पक्षहरू र नवीनतम सहकारी ऐनसम्बन्धी विषय समावेश गरिएको थियो ।  
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप