नेपाल भुतपुर्व सैनिक साकोस नवलपरासी बर्दघाटको स्थलगत निरिक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 नेपाल भुतपुर्व सैनिक साकोस नवलपरासी बर्दघाटको स्थलगत निरिक्षण

नवलपरासी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सघं लिमिटेड (नेफ्स्कून) द्वारा नेपाल भुतपुर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दघाट न.पा., ९ नवलपरासीको  पौष १२ गते नियमित अनुगमन तथा निरिक्षणको स्थलगत सुपरिवेक्षण सम्पन्न भएको छ ।

नेफ्स्कूनद्वारा सहकारी संस्थाहरुको पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितता, जोखिम न्यूनीकरण र सुशासन तथा दिगोपनामा अभिबृद्धिका लागी सहकारी संस्थाहरुमा स्थलगत अनुगमन प्रभाबकारी रुपमा अघि बढाइएको हो  । संस्थाको स्तरीकरणका लागि  बिभिन्न बिषयहरु जस्तैः बचत, ऋण, ब्याजदर, बार्षिक योजना, सम्पति शुद्धिकरण निवारण नितिको पालना, नियामकिय निकायहरुबाट दिएको निर्देशनको परिपालना, संस्थाको भाखा नाघेको ऋण असुली, पूँजी प्रर्याप्तता अनुपात लगायत समग्र आर्थिक अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुविधाको बिषयमा सुपरिवेक्षण गरीएको थियो ।

स्क्यान कार्यक्रम अन्तर्गत रहेको नेपाल भुतपुर्व सैनिक साकोसको समग्र कानुनी जोखिम, वित्तीय जोखिम, ऋण जोखिम, तरलता जोखिम र सञ्चालन तथा सुशासन जोखिममा केन्द्रीत रही संस्थाको जोखिम न्यूनीकरण गर्ने सुझाव पेश गरिएको थियो ।

नेफ्स्कून बरिष्ठ अधिकृत कोमल राज अधिकारीद्धारा भएको स्थलगत सुपरिवेक्षणमा सुपरिवेक्षण पश्चात संस्थालाई सुधार गर्नुपर्ने बिषयहरुमा सुझाव प्रदान गरी उक्त सुझावहरुमा कार्ययोजना तय गरी कार्यान्वयन गर्ने प्रतिवद्धता संस्थाले गरेको छ । सुपरिवेक्षण कार्यमा सहभागि संस्थाका अध्यक्ष सहित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र व्यवस्थापक सहित उच्च व्यवस्थापनको सहभागिता रहेको थियो ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप