मोरगं स्थित सुगम साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 मोरगं स्थित सुगम साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

मोरगं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)  ले सुगम बचत तथा ऋण सहकारी संस्था लि. बिराटनगर ११, मोरगंको कव्र्स कार्यक्रमको स्थलगत सुपरिवेक्षण पौष १४ गते सम्पन्न भएको छ । 

संस्थाको स्तरीकरणका लागि  बिभिन्न बिषयहरु जस्तैः बचत, ऋण, ब्याजदर, बार्षिक योजना, सम्पति शुद्धिकरण निवारण, आन्तरिक नितिको पालना, नियामकिय निकायहरुबाट दिएको निर्देशनको परिपालना, संस्थाको भाखा नाघेको ऋण असुलीको प्रकृया , पूँजी प्रर्याप्तता अनुपात लगायत समग्र आर्थिक अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुविधाको बिषयमा सुपरिवेक्षण गरीएको थियो । 

कव्र्स कार्यक्रममा आबद्ध रहेको सुगम साकोसको समग्र कानुनी जोखिम, वित्तीय जोखिम, ऋण जोखिम, तरलता जोखिम र सञ्चालन तथा सुशासन जोखिममा केन्द्रीत रही संस्थाको जोखिम न्यूनीकरण गर्ने सुझाव पेश गरिएको छ । समग्र वित्तीय अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुविधाको विषयमा छलफल गरी सुधार गर्ने योजना सहित सुपरिवेक्षकबाट दिएका सुझाबहरूलाई संस्थाको पृष्ठपोषण मानी संचालक समितीको अर्को बैठकमा बृहत छलफल गरी कार्यान्वयनमा लैजाने निर्णय गरीएको छ ।

नेफ्स्कूनद्वारा सहकारी संस्थाहरुको पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितता, जोखिम न्यूनीकरण र सुशासन तथा दिगोपनामा अभिबृद्धिका लागी सहकारी संस्थाहरुमा स्थलगत अनुगमन प्रभाबकारी रुपमा अघि बढाइएको हो । बिगत चार वर्षदेखि जोखिममा आधारित साकोस सुपेरिवेक्षण कर्वस कार्यक्रमा निरन्तर अभ्यासरत साकोसको नियमित सुपेरिवेक्षण गर्न स्क्यान कार्यक्रम अन्तर्गत प्रोवेसन कार्यक्रममा भाग लिने सम्बन्धमा संचालक समिति बिच छलफल गरि सम्झौता गर्ने भनि निर्णय भैसकेको हुंदा संघसंग सम्झौता गर्ने सुझाव दिईएको छ । सुपरिवेक्षण कार्यमा सहभागि संस्थाका अध्यक्ष गणेश प्रसाद निरौला, व्यवस्थापक सिता भट्टराई सहित व्यवस्थापनका कर्मचारी र संघका तर्फबाट कार्यक्रम अधिकृत मुकेश दाहाल र सहजकर्ता बिन्दा भट्टराई को उपस्थिति रहेको थियो ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप