सप्तकोशी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सप्तकोशी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

सप्तकोशी । सप्तकोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, आरुघाट गाउँपालिका–१०, मंगलटार, को नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले एक्सेस कार्यक्रम अन्तर्गत स्थलगत सुपरिवेक्षण पुस १४ गते सम्पन्न गरेको छ ।

नेफ्स्कूनद्वारा सहकारी संस्थाहरुको पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितता, जोखिम न्यूनीकरण र सुशासन तथा दिगोपनामा अभिबृद्धिका लागी सहकारी संस्थाहरुमा स्थलगत अनुगमन प्रभाबकारी रुपमा अघि बढाइएको हो । 

संस्थाको स्तरीकरणका लागि  बिभिन्न बिषयहरु जस्तैः बचत, ऋण, ब्याजदर, बार्षिक योजना, सम्पति शुद्धिकरण निवारण, आन्तरिक नितिको पालना, नियामकिय निकायहरुबाट दिएको निर्देशनको परिपालना, संस्थाको भाखा नाघेको ऋण असुलीको प्रकृया , पूँजी प्रर्याप्तता अनुपात लगायत समग्र आर्थिक अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुविधाको बिषयमा सुपरिवेक्षण गरीएको थियो । 

समग्र वित्तीय अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुविधाको विषयमा छलफल गरी सुधार गर्ने योजना सहित सुपरिवेक्षकबाट दिएका सुझाबहरूलाई संस्थाको पृष्ठपोषण मानी संचालक समितीको अर्को बैठकमा बृहत छलफल गरी कार्यान्वयनमा लैजाने निर्णय गरीएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष, लेखा सुपरिवेक्षण समिति संयोजक, सञ्चालक समिति सदस्य तथा व्यवस्थापकको सक्रिय सहभागिता रहेको थियो । नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत दिपक अर्यालले स्थलगत रूपमा आवश्यक सुधारात्मक सुझावहरू प्रस्तुत गर्नुभएको थियो । संस्थाका पदाधिकारीहरूले नेफ्स्कूनबाट प्राप्त सुझावहरूलाई सुधारमुखी दृष्टिकोणका साथ कार्यान्वयन गर्दै संस्थागत सुशासन र दिगोपनामा थप मजबुती ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप