नेफ्स्कूनद्वारा चितवनका दुई साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा चितवनका दुई साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले चितवन जिल्लास्थित अथर्व बचत तथा ऋण सहकारी संस्था लि. र खैरहनी नारी चेतना बचत तथा ऋण सहकारी संस्थामा स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ।

नेफ्स्कूनले पौष १४ गते अथर्व साकोस र पौष १५ गते खैरहनी नारी चेतना साकोसमा स्थलगत सुपरिवेक्षण गरेको हो। सहकारी संस्थाहरूमा पारदर्शिता, उत्तरदायित्व, सदस्य हितको सुनिश्चितता, जोखिम न्यूनीकरण, सुशासन तथा दिगोपनाको प्रवर्द्धन गर्ने उद्देश्यले देशभर निरन्तर रूपमा सुपरिवेक्षण कार्य सञ्चालन हुदै आएको  छ।

अनुगमनका क्रममा संस्थाको स्तरीकरणका लागि आवश्यक विभिन्न सूचकहरू—कर्जा तथा बचत व्यवस्थापन, ब्याजदर, वार्षिक योजना, सम्पत्ति शुद्धीकरण निवारण कार्यविधि, नियामक निकायका निर्देशनहरूको पालना, भाखा नाघेका ऋणको असुली, पूँजी पर्याप्तता अनुपात, सूचना प्रविधि व्यवस्थापन लगायतका विषयमा विस्तृत मूल्याङ्कन गरिएको थियो।

प्रोवेसन कार्यक्रममा आबद्ध अथर्व साकोस तथा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रममा आबद्ध खैरहनी नारी चेतना साकोसको कानुनी, वित्तीय, कर्जा, तरलता, सञ्चालन, सुशासन तथा प्रविधि सम्बन्धी जोखिमहरूमा केन्द्रित रही समग्र जोखिम न्यूनीकरणका लागि व्यावहारिक सुधारात्मक सुझावहरू प्रदान गरिएको थियो।

नेफ्स्कूनका अनुगमन अधिकृतहरू सन्दिप राज ढकाल र शौभाग्य भट्टराईद्वारा गरिएको सुपरिवेक्षणमा संस्थाका समिति, उपसमिति तथा व्यवस्थापनको सक्रिय सहभागिता रहेको थियो। सुपरिवेक्षण पश्चात सुधारात्मक विषयहरू समेटिएको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्षले सुझावहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप