लामोसाँघु साकोसका सदस्यले खेल मार्फत पाए वित्तीय ज्ञान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लामोसाँघु साकोसका सदस्यले खेल मार्फत पाए वित्तीय ज्ञान

सिन्धुपाल्चोक । लामोसाँघु बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा बचत खेल तालिम पौष १४ गते सम्पन्न भएको छ ।

उपस्थित शेयर सदस्यहरुलाई पाँच भागमा बिभाजन गरि समुहगत कार्यलाई वित्तीय खेल मार्फत प्रशिक्षण गराइएको थियो बचत खेल तालिम लाई साकोसका सदस्यहरुमा वित्तीय साक्षरताको ज्ञान सँगै बचत अभियान मार्फत सुनिश्चित भविष्य निर्माण र गुणस्तर जीवन बृद्धिका लागि बहुउपयोगी तालिमको रुपमा लिईन्छ । खेलको माध्यमबाट सदस्यहरुमा आम्दानी र बचतबिचको सन्तुलन मिलाउन व्यवहारिक ज्ञानको विकासमा तालिमले जोड दिन्छ । नेफ्स्कूनले जर्मन बचत बैंकसँगको साझेदारीमा सदस्यहरुलाई निशुल्क उपलब्ध गराउँदै आएको यस तालिमले सदस्यहरुको समृद्ध र गुणस्तरयुक्त जीवन निर्माणका लागि लक्ष्य निर्धारण गर्न सिकाउँछ । 

संस्थाको अध्यक्ष पुर्णचन्द्र ढकालको संयोजनमा प्रारम्भ भएको उक्त खेल तालिमको प्रशिक्षण नेफ्स्कूनका अधिकृत राजन सुवेदी र रबिन्द्र श्रेष्ठले गर्नु भएको थियो । पौष १३ र १४ गते युथ स्पोर्टस क्लवको भवन लामोसाँघुमा सञ्चालन भएको उक्त तालिममा २५ जना शेयर सदस्यहरुको सहभागिता रहेको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप