नेफ्स्कूनको प्राविधिक सहयोगमा आयाम साकोसद्वारा नेतृत्व विकास तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको प्राविधिक सहयोगमा आयाम साकोसद्वारा नेतृत्व विकास तालिम

काठमाडौं । आयाम बचत तथा ऋण सहकारी संस्था लि. चन्द्रागिरी थानकोटको अयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सघं लिमिटेड (नेफ्स्कून) को प्राविधिक सहयोगमा आयाम साकोसका नवनिर्वाचित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र व्यवस्थापनलाई यही पौष १८ र १९ गते दुई दिने नेतृत्व क्षमता विकास तालिम रोयल भिल्ला रिर्सोट बुढानिलकण्ठमा सम्पन्न भएको छ । 

नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिलाई लक्षित गरी सञ्चालन गरिएको तालिममा समिति, उपसमित र उच्च व्यवस्थापन गरी १४ जनाको सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष राममान गोपालीको अध्यक्षतामा सञ्चालन भएको तालिमको सहजिकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो ।

दुई दिनसम्म सञ्चालन भएको तालिममा सहकारीको अवधारणा, मुल्या, मान्यता र सिद्धान्तहरुको व्यवहारिक प्रयोग, साकोसमा समिति, उपसमिति र व्यवस्थापनको भुमिका, समितिको जिम्मेवारी , साकोसमा शुसासन अभ्यास , रणनीतिक व्यवसायिक योजनाको महत्व तथा आवस्यकता, क्षमतामा आधारित ऋण लगानी अभ्यास, भाखा नाघेको ऋण व्यवस्थापन र समसामयिक कानुनी प्रावधानहरुको विषयमा घटना अध्ययनका अभ्यास, प्रश्नोउत्तर, प्रस्तुतिकरणको माध्यमबाट सहजिकरण गरिएको थियो ।
  
तालिम समापन कार्यक्रममा तालिममा सहभागिहरुले तालिम निकै व्यवाहारिक रहेको हालको अवस्थामा सहकारीहरुमा देखिएको समस्या समाधानका लागि तालिममा सिकेको कुराहरु व्यवहारमा कार्यन्वयन गर्दा संस्थागत दिगोपना, र जोखिम न्यूनिकरण गर्दै संस्था सञ्चालन गर्न सकिने कुरा बुझिएको र सोही वमोजिम संस्थामा कार्यान्यवन गर्दै संस्थालाई व्यवस्थित र जोखिम रहित तरिकाबाट सञ्चालन गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभएको थियो भने तालिम व्यवस्थापन संस्थाको व्यवस्थापक लेमन श्रेष्ठ लगायतको व्यवस्थापन समुहले गरेको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप