नेफ्स्कूनको स्क्यान कार्यक्रमसँग बजरंगबली साकोस आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको स्क्यान कार्यक्रमसँग बजरंगबली साकोस आबद्ध

भक्तपुर। भक्तपुरस्थित बजरंगबली बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सञ्चालनमा ल्याएको स्क्यान कार्यक्रममा पौष २४ गते आबद्ध भएको छ।

नेफ्स्कूनले विगतमा एक्सेस, प्रोबेशन तथा जोखिममा आधारित साकोस विकास कार्यक्रम (कर्ब्स) सञ्चालन गर्दै आएकोमा संघको ३८औँ स्थापना दिवसको अवसरमा स्क्यान कार्यक्रमको थालनी गरिएको हो। सहकारी ऐन, २०७४ को दफा २५ र दफा ९९ ले प्रदान गरेको कानुनी आधारअनुसार सम्पन्न सम्झौतामार्फत सहकारी संस्थाहरूले जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, गुणस्तरीय सेवा अभिवृद्धि तथा संस्थागत पृष्ठपोषणलाई प्राथमिक कार्यक्षेत्रका रूपमा अघि बढाउने व्यवस्था गरिएको छ।

सहकारी संस्थालाई थप व्यवस्थित बनाउन नियमनकारी निकायबाट जारी गरिएका निर्देशिकाअनुसार साकोसले पालना गर्नुपर्ने नीति तथा नियमको अवस्थाको विश्लेषण गर्न नेफ्स्कूनले नियमित सुपरिवेक्षण, वित्तीय सूचकाङ्क मूल्यांकन तथा आन्तरिक नियन्त्रण परीक्षणलाई स्क्यानका सूचकका आधारमा निरन्तर अनुगमन गर्नेछ।

स्क्यान कार्यक्रम मार्फत साकोसहरूको वित्तीय सुशासन प्रवर्द्धन, सम्पत्ति शुद्धीकरण सम्बन्धी कार्यान्वयन अधिकारीद्वारा सम्बन्धित निकायमा तोकिएबमोजिम रिपोर्टिङ, भाखा नाघेका ऋण असुलीमा प्रभावकारिता वृद्धि, जोखिम व्यवस्थापन तथा सक्षमता विकास गर्ने लक्ष्य राखिएको छ। साथै गुणस्तर सुनिश्चितता कार्यक्रममार्फत ब्रान्ड प्राप्ति, योजनाबद्ध रूपमा साकोस सञ्चालन, सहकारीमैत्री व्यवस्थापन, क्युरिमा ३६० अनुसार क्षेत्रगत जोखिम न्यूनीकरण तथा सदस्यहरूको बचत सुरक्षित र स्वस्थ बनाउने विशिष्ट उद्देश्यका साथ कार्यक्रम लागू गरिएको हो।

सम्झौता कार्यक्रममा नेफ्स्कूनका तर्फबाट कार्यक्रम अधिकृत सुमनराज घिमिरे र अनुगमन सहजकर्ता राजीव आचार्य तथा साकोसका तर्फबाट अध्यक्ष सुर्यमान मुस्यान र व्यवस्थापक सन्तकृष्ण हेक्का उपस्थित थिए। प्रथम पक्षका तर्फबाट नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एवं सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालको हस्ताक्षरमा सम्झौता सम्पन्न भएको हो।

साकोसका अध्यक्ष मुस्यानले स्क्यान कार्यक्रम अन्तर्गत नियमित निरीक्षणमा रही सूचकहरूको पालना गर्दै संस्थालाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप