निजगढ महिला साकोसका सदस्यले लिए लघु व्यवसाय खेल तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
निजगढ महिला साकोसका सदस्यले लिए लघु व्यवसाय खेल तालिम

बारा  । निजगढ महिला बचत तथा ऋण सहकारी संस्था लि. निजगढ बाराको आयोजना र जर्मन स्पार्कसेन्स्टिफ्टुङ्ग -German Sparkassenstiftung) को सहयोग तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहजीकरणमा पौष २५ देखि २७ सम्म ३ दिवसीय लघु व्यवसाय खेल तालिम निजगढ बारामा सम्पन्न भएको छ ।

साना तथा लघु व्यवसाय गर्ने उद्यमीले व्यवसाय गर्दा आवश्यक वित्तीय ज्ञान, व्यवसाय सञ्चालन सीप, लेखा व्यवस्थापन गर्ने विषयलाई खेलको माध्यमबाट प्रतिरुपण (SIMULATION) विधि अपनाइ यो तालीम सञ्चालन भएका हो । तालीमका विषयबस्तुहरुमा विक्री पूर्वानुमान, आपूर्तिकर्ता छनौट, आम्दानी खर्च विवरण राख्ने तरीका, नगद परिचालन, अनुमानित ग्राहक र वास्तविक ग्राहकबीचमा फरक, व्ववसाय गर्दा आइपर्ने घटना तथा त्यसले व्यवसायमा पार्ने प्रभाव, व्यवसाय सुधारका तरीकाहरु र लेखा व्यवस्थापन लगायत रहेका छन । तालीममा निजगढ महिला बचत तथा ऋण सहकारीका उद्यमी सदस्यहरु २५ जना भन्दा बढीको सहभागितामा सञ्चालन भएको थियो । 

तालीमका सहभागी सविता सापकोटा र सृष्टि खड्काले अभिनय तथा खेलका माध्यमबाट सञ्चालन भएको यस तालीम अत्यन्त प्रभावकारी रहेको तथा वित्तीय ज्ञान तथा लेखा व्यवस्थापनले व्यवसायिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने महसुस भएको बताउदै व्यवसाय सञ्चालनमा तालीमका सिकाइ कार्यान्वयन गर्ने प्रतिवद्धता गर्नुभयको थियो । यस तालीमका क्रममा सहभागीहरुले लघु व्यवसाय गर्दा हाल सम्म आफ्ना के कमजोरी रहेछन् र कसरी सुधार गर्ने भन्ने विषयमा मसिनो गरी बुझाउन र महसुस गराउन सफल भएको बताउनु भयो ।

तालिममा नेफ्स्कूनका सञ्चालक सदस्य शोभा राउतले जर्मन स्पार्कसेन्स्टिफ्टुङ्गको सहयोगमा व्यवसाय सञ्चालन सम्वन्धी ज्ञान र सीप विकास गर्ने उद्देश्यले फरक किसिमको तालिम निजगढ महिला सहकारीका लघु उद्यमी सदस्यले प्राप्त गरेको र तालीममा सिकेका ज्ञान सीपलाई प्रभावकारी रुपमा प्रयोगमा ल्याइ सफल व्यवसाय सञ्चालन गर्न तथा व्यवसाय विकास सेवामा आवद्ध हुन आव्हान गर्दै शुभकामना दिनुभयको थियो ।

तालीमका समापनका क्रममा मन्तव्य निजगढ नगरपालिकाका नगरप्रमुखले निजगढ महिला बचत तथा ऋण सहकारी संस्था निजगढमा नमूना संस्थाको रुपमा स्थापित भएको तथा संस्थाले सहकारी मार्फत सदस्यको व्यवसाय व्यवस्थापनमा सदस्यहरुलाई प्रशिक्षित गरेकोमा धन्यवाद दिदै नगरपालिकाले व्यवसाय शुरुवात तथा प्रर्वद्धन गर्न चाहने सदस्यलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता गर्नुभयको थियो । समापन समारोहका सञ्चालन साकोसका सचिव किरण श्रेष्ठले गर्नु भएको थियो भने सहजीकरण नेफ्स्कूनका अधिकृत रीता सुवेदी र सोविता मैनालीले गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप